Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले आफ्नो महानगरका कुनै पनि कर्मचारीले घुस मागेको प्रमाण वा सूचना भएको त्यसको प्रमाणसहित मेयरको निजी नम्बरमा पठाउन अनुरोध गरेको छ । सोमबार सामाजिक संजाल मार्फत एक पोस्ट गर्दै उनले लेखेका छन्, महानगर पालिकामा कुनै पनि कर्मचारीले पैसा मागेको कुनै प्रमाण वा सूचना भए त्यसको सप्रमाण आफ्नो मोबाइल नम्बर (९८६३५९२०११) मा सिधा सम्पर्क राख्न र सूचना दिनेको नाम गोप्य रहनेसमेत उनले बताएका छन् ।

Read More

काठमाडौँ, १ जेठ:नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको छ ।

Read More

काठमाडौँ, १ जेठ (रासस) :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित हुने बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल राष्ट्र बैंकद्वारा आज यहाँ आयोजित ‘अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा’ कार्यक्रममा उहाँले बढी प्रतिफल प्राप्त हुने आयोजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिने बताउनुभयो ।

Read More

काठमाडौँ, १ जेठ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको विषयमा सदनलाई जानकारी गराउनुभएको छ ।

Read More

काठमाडौँ, २ जेठ :नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको छ । लामो समयको तयारी पश्चात प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेका हो । प्राधिकरणको उक्त निर्णयानुसार आजदेखि नेपालमा दर्ता नभएका मोबाइल फोन सञ्चालनमा आउदैन् । यस्तै वैदेशिक रोजगारीमा छ महिना काम गरेर फर्किएका नेपालीले मात्रै दुई मोबाइल फोन ल्याउन पाउनेछन् । उहाँका अनुसार वैदेशिक रोजगारीबाट फर्किएको प्रमाणस्वरुप राहदानी देखाएपछि एक मिनेटमा नै काउन्टरमा रहेका भन्सारका कर्मचारीले प्रज्ञापनपत्र दिनेछन् । “एमडीएमएस आजदेखि लागू भएको छ, भिसा लागेको राहदानीका आधारमा हामीले दुई मोबाइल फिोन दर्ता गछौँ”, उहाँले भन्नुभयो ।…

Read More

काठमाडौँ: हाल देशमा पश्चिमी तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कर्णाली, गण्डकी, कोशी प्रदेशको माथिल्लो भूभागमा बदलीको अवस्था रहेको मौसमविद् समीर श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए। दिउँसोपख देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक मौसम सामान्यतया सफा रहने उनले बताए। त्यस्तै कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको उनको भनाइ छ। पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको संभावना रहेको पनि उनले बताए। बंगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक शक्तिशाली…

Read More

काठमाडौँ: पूर्व सांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको र प्रहरीले खोजि तिब्र पारेकाले उनले आत्मसमर्पण गरेका हुन् । शेर्पाले टेकु स्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन् । २०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । शरणार्थी प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग शेर्पाले हिरासतमा पुगेर भेट गरेका थिए । दुलाल र भण्डारी २०७९ चैत १२ देखि हिरासतमा छन् । सोही कारण शेर्पालाई प्रहरीले खोजी रहेको थियो । शनिबार काठमाडौँको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले…

Read More

काठमाडौँ: नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रमाथिको घात रहेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले शरणार्थी प्रकरण ठगी मात्र नभएर राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अपमान भएको बताउनुभयो । “नेपाल राष्ट्र आफैँ मानव तस्करीका लागि काम गर्दछ भन्ने जुन प्रकारको सन्देश गएको छ, त्यो राष्ट्रका लागि लज्जाको विषय भएको छ,” उहाँले भन्नुभयो । बदमासी एउटाले गर्ने सङ्केत अर्कोतिर देखाउने काम भइरहेको भन्दै उहाँले अपराधमा जो–जो संलग्न रहेका छन्, तिनीहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने धारणा राख्नुभयो । शरणार्थी प्रकरणसम्बन्धी घटनामाथि भइरहेको छानबिनलाई राजनीति नगर्नसमेत महासचिव पोखरेलले आग्रह गर्नुभयो ।…

Read More

काठमाडौं: मेलम्चीको पानी दुई हप्ता काठमाडौंमा नआउने भएको छ । मर्मतका लागि मेलम्चीको पानी आज जेठ १ गतेदेखि २ साता रोकिने भएको हो । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए । सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले बताए ।

Read More

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आज (सोमबार) देखि बयान हुने भएको छ। यसअघि सरकारी वकिल र प्रहरीले उनका निजी सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयान आइतबार सकेको छ। योसँगै खाँणअघि पक्राउ परेका ११ जनाको बयान सकिएको छ। तर सरकारी वकिल कार्यालय र प्रहरीले आवश्यक परे थप बयान लिन सक्नेछन्। अब आजदेखि नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाँणको बयान थालिने भएको हो। जिल्ला अदालत काठमाडौंले यो मुद्दा अनुसन्धानका लागि खाँणविरुद्ध थप चार दिन समय दिएको छ।

Read More