Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकमा सहमति खोज्न प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भएको हो । भेट अध्यक्ष ओलीको बालकोटस्थित निवासमा भएको हो । उहाँ केही दिनयता घरमै स्वास्थ्यलाभ गरिरहेकाले उनको निवासमा भेट भएको हो । उहाँहरुबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनसम्बन्धी ऐन, २०७१ को संशोधन विधेयक, संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा छलफल हुने…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अुनसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल सहित ९ जनाविरुद्धविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगले पौडेलविरुद्ध ६९ करोड ८ लाख विगो दाबी गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको हो। अख्तियारले ९ जनाविरुद्ध २ अर्ब ६९ करोड रुपैयाँ बराबरको बिगो माग गरेको छ । पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस एण्ड प्रेसराइज्ड फ्युल स्टोरेज ट्याङकको खरिद कार्यमा बदनियतपूर्वक मिलोमतो गरी कमिसन लिएर ठेक्का लिएर काम गरेको उनीहरुविरुद्ध अख्तियारको आरोप रहेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल, सि.डि.ई, इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रा.लि., मेपटेक विल्डिंग सर्भिसेस प्रा.लि, परामर्शदाता…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार ग्रहण गरेका छन् । ढकालले आज टेकुस्थित महासंघको कार्यालयमा पदभार ग्रहण गरेका हुन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष भएका हुन् । पदभार ग्रहण गर्दै ढकालले आफू सानो व्यवसाय सुरु गरी यहाँसम्म आएकाले अध्यक्षका रुपमा साना व्यवसायीहरुको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । महासंघको गत चैत २८ र २९ मा सम्पन्न भएको ५७औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका थिए । जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य निर्वाचित भए भने एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका थिए । निर्वाचित…

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएपछि मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री प्रचण्डलाई शनिबार साझ बुझाएका हुन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयलाई शपथको तयारी गर्न सूचना पठाइ सकेका छन् । आइतबार ३ बजे राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई शपथ खुवाउने छन्। बाँकी मन्त्रीको नाम भने कांग्रेसले उपनिर्वाचनपछि मात्र पठाउने तयारी गरेको छ । सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो। यसअघि कांग्रेसबाट चार जना मन्त्री बनिसकेका छन् ।

Read More

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् । नयाँ वर्ष २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले केवल क्यालेन्डर परिवर्तन नगरी नेपाल राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने संकल्प गरेका छन् । उनले भनेका छन्, ‘संकल्प गरौं, सिंगो राष्ट्रको साझा संघर्ष र संकल्पबाट यो वर्ष केवल क्यालेन्डर परिवर्तन गर्ने छैनौं, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौं ।’ परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा क्रमभङ्ग गर्न गइरहेको बताउँदै उनले त्यसका लागि सकारात्मक वातावरण बनिरहेको उल्लेख गरेका छन् ।

Read More

काठमाडौँ: आज विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने परम्परा छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट…

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको लगानी बोर्ड नेपालको बैठकले ५ जलविद्युत परियोजनाका लागि १ खर्ब ६७ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ । बोर्डको कार्यालयमा बिहीबार बसेको ५३औं बैठकले तल्लो अरुण, माथिल्लो मर्स्याङ्दी, दूधकोशी-२, सिम्बुवा खोला र अपर मादी परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो । लगानी बोर्डले तल्लो अरुण जलविद्युत परियोजनामा ९२ अर्ब ६८ करोड लगानी स्वीकृत गर्दै परियोजना विकासकर्ता भारतीय कम्पनीसँग वार्ता गरी परियोजना विकास सम्झौताको दस्तावेज तयार पारेर पेस गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । त्यसैगरी, १०२ मेगावटको माथिल्लो मर्स्याङ्दी १ परियोजनाको ३३ अर्ब १९ करोड, ७० मेगावाटको…

Read More

काठमाडौँ: कानुन र प्रक्रिया मिचेर राज्यकोषबाट खर्च भएको बेरुजु रकम ९ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । महालेखा परीक्षक टंकमणि शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेश गरेको ६० औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ सम्म ८ खर्ब २९ अर्ब रुपैयाँ थियो । आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब १९ अर्ब थप भएपछि हालसम्मको बेरुजु रकम ९ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । महालेखाले आर्थिक वर्ष २०७८/७९ मा संघीय मन्त्रालय तथा निकाय, प्रदेश, स्थानीय तह, समिति र अन्य संस्था तथा संगठित संस्थाका कुल ६ हजार ५४६ वटा निकायको लेखा परीक्षण गरेको थियो । यी निकायले राज्यकोषबाट गरेको आर्थिक…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आजसम्पन्न ५७औँ साधारणसभा मार्फत महासङ्घको २०औँ अध्यक्षमा उहाँ निर्वाचित हुनुभएको हो । अध्यक्ष शेखर गोल्छामार्फत् ढकालले आजै पद तथा गोपनीयताको शपथ लिनु भएको हो । शपथ ग्रहण लगत्तै नवनिर्वाचित अध्यक्ष ढकालले आफूले लामो समयदेखि जारी राखेको सर्वसम्मतीको प्रयास अन्तिममा सफल भएको बताउनुभयो । उहाँले यसका लागि उमेशलाल श्रेष्ठका साथै पूर्वअध्यक्षहरुको ठूलो भूमिका रहेको भन्दै अध्यक्षका रुपमा महासङ्घको छवीलाई आगामी दिनमा अझ उँचो बनाउनेमा विश्वास व्यक्त गर्नुभयो । महासंघको नव–निर्वाचित अध्यक्षको रुपमा ढकालले अबको कार्यकालमा पाँच वटा विषयहरु पहिलो–…

Read More

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन्। उनी उमेशलाल श्रेष्ठ समूहका हुन्। उनले ६१ मत पाएका छन्। अन्जन श्रेष्ठ समूहका मनिषलाल प्रधानले ५३ मत पाएका छन्। यस्तै रामचन्द्र संघई समूहका सकुन्तलाल हिराचनले ७ मत पाएका छन्। उमेशलाल समूहको कार्यसमिति सदस्यमा पनि ८ जना निर्वाचित भएका छन्। अन्जन समूहको ६ जना मात्रै कार्यसमिति सदस्य निर्वाचित भएका छन्।

Read More