Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: मधेश समुदायको एक प्रमुख चाढमध्यको एक महापर्व छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको कार्यक्रम गर्दैन छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा-अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय-खाय’ सम्पन्न गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवता र छठीदेवीलाई चढाई बर्तालुले त्यही खिर खाने गर्दछन् । यो विधिलाई ‘खरना’ भनिएको हो । श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठपर्वको ‘खरना’का दिन दिनभर उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध…

Read More

काठमाडौं: वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति मंगलबार घोषणा हुने कार्यक्रम रहेको छ । संघको अध्यक्षमा यसअघि नै नेपाल कृषि विकास बैंकका अनिल उपाध्याय सर्वसम्मत चयन भइसकेका छन् । अध्यक्षका लागि उम्मेदवारी दिने निर्धारित मितिसम्म उपाध्यायको मात्रै उम्मेदवारी परेको थियो । एक साता अघि नै उपाध्याय नै अध्यक्ष हुने पक्का भए पनि औपचारिक घोषणा भने आज हुने छ । आज दिउँसो ४ बजे होटल र्‍याडिसनमा संघको साधारणसभाबाट सो को छिनोफानो हुनेछ । साधारणसभामा अध्यक्षसहितको कार्यसमिति घोषणा गरिने संघका कार्यकारी निर्देशक अनिल शर्माले पहिलोक्लिकलाई बताए। अनिल शर्मा यसअघि संघको उपाध्यक्ष थिए । …

Read More

काठमाडौँ: प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मङ्गलबार नयाँ दिल्ली जाने भएका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका लागि जान लागेका हुन् । महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि सोमबार नै विदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ । उनलाई यही कात्तिक २४ गते बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ ।…

Read More

काठमाडौँ: नेपाली राष्ट्रियतालाई चुनौति दिँदै भारतले पश्चिम नवलपरासीको सुस्तामा नेपाली भूमिमै प्रवेश गरेर ड्रोन उडाएको छ। अन्तर्राष्ट्रिय कानुन विपरित आइतबार दिउँसो भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपालको ‘एयर स्पेस’ भित्र प्रवेश गरेर ड्रोन उडाएको हो। बिनाअनुमति अर्को देशको एयर स्पेसमा पसेर हेलिकोप्टर, ड्रोन वा अरू कुनै हवाइ उडान गर्न नपाइने अन्तर्राष्ट्रिय नियम छ। एसएसबीले नवलपरासी (बर्दघाट पश्चिम) मा पर्ने सुस्ता गाउँपालिका–५ स्थित गण्डक ब्यारेज क्षेत्रको नेपाली भूभागमाथिको आकाशमा ड्रोन उडाएर तस्बिरहरु लिएपछि स्थानीय प्रशासनले पनि आपत्ति जनाएको छ। गएको साउन १५ गते एसएसबीका जबानले तुइनको डोरी छिनाइदिँदा दार्चुलाको मालघाटस्थित महाकाली नदीमा बगेर बेपत्ता भएका नेपाली युवा जयसिंह धामीको…

Read More

काठमाडौँ: नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीका सदस्य कुमार थापालाई पत्नी गुमाएको १२ दिनमा पुत्रीशोक परेको छ। राष्ट्र बैंकमा कार्यरत ३० वर्षीया छोरी कृति थापा राजभण्डारीको यही कात्तिक १५ गते उपचारका क्रममा निधन भएको एमाले जिल्ला सचिवालय सदस्य नारायण भट्टराईले जानकारी दिए। यसअघि ४ मात्र थापाकी ४२ वर्षीया पत्नी खुमा बुढामगरको निधन भएको थियो। खुमा कृतिकी कान्छी आमा हुन्। जेठी श्रीमती अन्जुको २०६६ सालमा निधन भएपछि केही वर्ष अघि मात्रै थापाले खुमासँग विवाह गरेका थिए। हाल परराष्ट्र मन्त्रालयमा अधिकृतको रुपमा कार्यरत रवीन्द्र राजभण्डारीसँग कृतिको ११ महिना अघि मात्रै विवाह भएको थियो । रवीन्द्र यसै साता ब्राजिल जाने तयारीमा थिए। आठ…

Read More

काठमाडौँ: बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज संसद्बाट विश्वासको मत लिने भएका छन् । गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले सोमबार ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ । नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेतासमेत रहेका पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि आज बस्ने प्रदेशसभा बैठकमा छलफल हुने जनाइएको छ । पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको समर्थन छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठका अनुसार बैठकमा समय रहेसम्म…

Read More

सोल,दक्षिण कोरिया: दक्षिण कोरियाली सरकारले कोरोना महामारीका कारण २० महिनादेखि रोकिइरहेका रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतका कामदारलाई नोभेम्बरको अन्तिम सातादेखि लैजाने भएको छ । यहाँको श्रम मन्त्रालयले शुक्रबार जारी गरेको नयाँ निर्णय अनुसार ईपीएसमार्फत कोरिया आउने १६ वटै देशबाट कामदार ल्याउन लागिएको हो । लामो समयदेखि कोरियामा ईपीएस अन्तर्गत नयाँ कामदार आएका छैनन् । नेपाल लगायतका केही देशबाट कमिटेड कामदार नगन्य मात्रामा आएको भएपनि लामो समयदेखि विदेशी कामदार नआउँदा यहाँको कृषि र उत्पादनमूलक क्षेत्रमा कामदारको अभाव रहँदै आएको छ । प्रत्येक वर्ष ५० हजारभन्दा बढी ईपीएस प्रणाली अन्तर्गत नयाँ तथा कमिटेड कामदार आउने कोरियामा कोरोना संक्रमण बढेसँगै विदेशी कामदार…

Read More

नयाँ दिल्ली: भारतको दिल्ली क्षेत्रमा भएको प्रदूषणले बालबालिका बढी प्रभावित भएको पाइएको छ । विज्ञ तथा सरोकारवालाले प्रदूषणबाट बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । वायु प्रदूषणको असर बालबालिकामा अहिलेभन्दा पछि बढी देखिने सर गङ्गाराम अस्पतालका डा. धीरेन गुप्ताको भनाइ छ । बालबालिकामा प्रदूषणको असर अहिले के देखिएको छ र ? त्योभन्दा बढी असर त पछि देखिन्छ, त्यसैले यो धेरै गम्भीर र दुरगामी समस्या हो,’ उनले भने । पटकाकाे धुवाँले दिल्लीमा घातक वायु प्रदूषण बालबालिकामा यसले पार्ने असरका बारेमा चिन्ता, चासो र गाम्भीर्यता अधिकांशमा नदेखिनु अर्को चिन्ताको विषय भएको उनको टिप्पणी छ । विशेष गरेर बालबालिकामा श्वासप्रश्वाससँगै मानसिक…

Read More

एजेन्सी: भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध आन्दोलनरत केही किसानले पन्जाबको होसियारपुरमा अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ प्रदर्शनमा रोक लगाएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार प्रदर्शनकारीले त्यहाँका पाँच फिल्म हलमा टाँसिएका ‘सूर्यवंशी’का पोस्टर च्यात्दै याे चलचित्र प्रदर्शन गर्न नदिएका हुन्। आफ्नो आन्दोलनलाई समर्थन नगरेको भन्दै आन्दोलित किसानले अभिनेता अक्षय कुमारको विरोध गरेको बताइएको छ। भारतीय किसान युनियन (कादियान) का कार्यकर्ताले संगठनका जिल्ला एकाइ अध्यक्ष स्वर्ण ढुग्गाको नेतृत्वमा विरोध प्रदर्शन गरेका थिए। चलचित्र ‘सूर्यवंशी’को विरोधमा संगठनका कार्यकर्ताले सहरको सहिद उधमसिंह पार्कदेखि स्वर्ण सिनेमा हलसम्म र्‍यालीसमेत निकालेका थिए। प्रदर्शनकारीले फिल्म हल सञ्चालकलाई ‘सूर्यवंशी’ देखाउन प्रतिबन्ध लगाएका छन्। आन्दोलित किसानले जबसम्म भारतको केन्द्रीय सरकारले कृषि…

Read More

काठमाडौँ:  नेकपा माओवादी केन्द्रले प्रदेश २ को पार्टी जिल्ला समन्वय समितिको संयोजक र केही जिल्लामा सह इन्चार्ज तोकिएको छ ।  माओवादी केन्द्र प्रदेश २ समितिको पदाधिकारी बैठकले प्रदेशमा रहेको आठवटै जिल्लाको संयोजक तथा दुईवटा जिल्लाको सह इन्चार्ज तोकेको हो । धनुषाको प्रदेश पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सप्तरीको संयोजकमा उमेश कुमार यादव, सिरहाको संयोजकमा रामकुमार यादव, धनुषाको संयोजकमा दीपक यादव, महोत्तरीको संयोजकमा तुलसी ढुंगाना, सर्लाहीको संयोजकमा कमल बुढाथोकी, रौतहटको संयोजकमा देवेन्द्र पटेल, बाराको संयोजकमा अनिल श्रेष्ठ र पर्साको संयोजकमा रामदरेश कुशवाहलाई तोकेको छ । पर्सा जिल्लाको हकमा पूर्व पदाधिकारी (सचिव) इन्चार्ज भएकाले जिल्ला नेतृत्वसँग परामर्श गरी रामदरेश कुशवाहलाई संयोजक तोकिएको…

Read More