Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: मनसुन सकिएपछि आएको भारी वर्षाका कारण बाढीपहिरोमा परी बुधबार थप ७२ सहित मृत्यु हुनेको संख्या ८८ पुगेको छ । सुदूरपश्चिमबाट सुरु भएको अविरल वर्षा मंगलबारदेखि पूर्वतर्फ सर्दा पूर्वी पहाडी जिल्लामा जनधनको क्षति बढी भएको छ । बुधबार पाँचथरमा २७, इलाममा १३, धनकुटामा ७, उदयपुरमा २ र मोरङमा १ जनाको मृत्यु भएको छ । त्यसैगरी पश्चिमका बझाङ र हुम्लामा ६/६, डोटीमा ५, कपिलवस्तु, प्यूठान, डडेलधुरा, बैतडी र कैलालीमा १/१ जनाको ज्यान गएको हो । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा मात्रै २१ जनाको मृत्यु भएको र ३ जना बेपत्ता रहेको पालिका अध्यक्ष अमर माखिमले बताए । मंगलबार राति पहिरोमा पर्दा पाँचथरको फिदिम–४ मा २, फाल्गुनन्दमा ३ र कुम्मायकमा…

Read More

काठमाडौँ: नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहीबार अपरान्ह ३ बजे बैठक बस्ने भएको हो। एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले स्थायी कमिटी बैठक बोलाइएको बताए। एमालेको विधान महाधिवेशनको समीक्षा तथा वडा र स्थानीय तहको अधिवेशनलगायत एजेन्डामा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको छ। राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाले भएका जनधनको क्षतिका सम्बन्धमा छलफल गर्ने पनि एजेन्डा छन्। एमालेले कात्तिक ६ गते देशैभर वडा अधिवेशन गर्ने र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने बताएको छ। एमालेको राष्ट्रिय महाविधेशन मंसिर १० देखि १३ गतेसम्म हुनेछ। महाधिवेशन कहाँ गर्ने भन्नेबारे पनि आज छलफल हुनेछ।

Read More

काठमाडौँ: देशका विभिन्न स्थानमा ठूलो मात्रामा जनधन क्षति हुनेगरी केही दिनदेखि जारी वर्षा आज (बिहीबार) देखि रोकिएको र मौसम सुधार भएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार बुधबार रातिदेखि नै धेरै स्थानमा पानी पर्न रोकिइसकेको छ। ‘आजदेखि मौसममा सुधार आइसकेको छ। हिजो (बुधबार) रातिदेखि धेरै ठाउँमा पानी पर्न रोकिइसकेको अवस्था छ। हिजो अस्ति ठूलो वर्षा गराउने प्रणाली बाहिरिसकेकाे छ’, माैसमविद् पाैडेलले बिहीबार भने ‘यद्यपि त्यो ठूलो प्रणाली भएकाले त्यसले छाडेका बादल र जलवाष्पले पहाडी भेगमा छिटफुट वर्षा गराउन सक्छ। तर ठूलो वर्षाको सम्भावना अब छैन।’ उनका अनुसार आज धेरै स्थानमा घाम लाग्ने सम्भावना छ। हेर्नुहोस् तीन…

Read More

काठमाडौँ:कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु गरेको छ । तातोपानी नाका हुँदै आजसम्म ३४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए । हिउँदेबालीका लागि कम्पनीले सिल्क ट्रान्सपोर्ट प्रालिमार्फत ३५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपीसहित ४० हजार मेट्रिक टन रासायनिक मल मगाएको थियो । तर चिनियाँ पक्षले समन्वयकारी भूमिका निर्वाह नगरेको हुँदा लामो समयसम्म सो मल खासा क्षेत्रमै रेकिएर रहेको सिल्क ट्रान्सपोर्ट प्रालिले आरोप लगाएको छ । किसानहरुले धानबाली भित्र्याई सकेपछि आलु तथा गुहँबाली सुरु गर्ने गर्दछन् । त्यसका…

Read More

काठमाडौँ: यस सिजनको च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले पहिलो जित निकालेको छ । समूह चरण अन्तर्गत बुधबार राति युक्रेनी क्लब डायनामो किभविरूद्ध १-० को संघर्षपूर्ण जित निकाल्दै जारी सिजन बार्सिलोनाले पहिलो जित हात पारेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन जेरार्ड पिकेले ३६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै समूह ई को बार्सिलोनाको ३ खेलमा ३ अंक भएको छ । किभको ३ खेलमा १ अंक छ ।

Read More

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबानले निम्त्याएको क्षति निरीक्षणका लागि आज (बिहीबार) गृहप्रदेश सुदूरपश्चिम जाँदै छन्। मन्त्री र पूर्वमन्त्रीहरूका साथ प्रधानमन्त्री देउवा बिहीबार बिहान सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका क्षति निरीक्षणका लागि त्यसतर्फ जाने भएका हुन्। टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेतात्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर हुनेछन्। प्रधानमन्त्री देउवासहितको टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अहिले बिहान ८ बजे हेलिकोप्टरमार्फत सुदूरपश्चिम उड्नेछ। काठमाडौंबाट सुर्खेत हुँदै टोली पूर्वमन्त्री बलायरको गृहजिल्ला डोटी जाने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ। डोटी मन्त्री आलेको पनि गृहजिल्ला हो। डोटीमा बाढीपहिरोबाट हुन गएको क्षतिको निरीक्षणपछि उक्त टोली बझाङ हुँदै बैतडीको…

Read More

काठमाडौँ: देशभर भइरहेको मनसुनपछिको वर्षाले गर्दा ४ दिनमा ७७ जनाको मृत्यु भएको गृह मन्त्रालयले बुधबार जनाएको छ। यस्तै २७ जना अझै वेपत्ता रहेको र ३२ जना घाइत रहेका छन् । यस्तै वर्षा र बाढीले हालसम्म २७ वटा घरहरु पूर्णरुपले क्षती भएको जनाइएको छ । यो संख्या ५ बजे सम्मको हो।

Read More

काठमाडौँ: नेपालमा थप ६ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जनसंख्या मन्त्रालयका अनुसार बुधबार ६ सय ६२ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ८ हजार ४ सय २६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। सात हजार २२ जनाको पिसिआर परीक्षण र १४०४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ११ हजार ५७९ जना सक्रिय संक्रमित छन्। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार २७० पुगेको छ। ७५८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। त्यस्तै, काठमाडौं उपत्यकामा २५३ थपिएका छन्। जसमध्ये…

Read More

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानबाली नष्ट भएका किसानलाई राहत दिन सरकारसँग माग गरेका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले कृषि सहायता कोष खडा गरी किसानलाई राहत दिन माग गरेका हुन्। ‘धानबाली थन्काउने बेलामा आएको अबिरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीको ठूलो क्षति भएको छ,’ प्रचण्डको विज्ञप्तिमा भनिएको छ,‘ बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपुर्ति दिलाउन पनि म सरकारसँग जोडदार माग गर्दछु।’ विपदमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। ‘बाढीपहिरोमा परी बेपत्ता हुनभएकाहरुको यथाशीघ्र खोजीका लागि…

Read More

काठमाडौँ: सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाका परिवारलाई कम्तीमा दुई लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले एक जनाको मृत्यु भएको परिवारलाई २ लाख र सोही परिवारका थप सदस्यको मृत्यु भएमा मृतक प्रति सदस्य थप एक लाख रुपैयाँका दरले अतिरिक्त रकम दिने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए । सिंहदरबारमा बसेको बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि भएको छ । बैठकले राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय भएको बताउँदै श्रेष्ठले त्यसका लागि राज्यका सबै संयन्त्र परिचालन हुने बताए । यता गृहमन्त्री बालकृष्ण खाँणले बैठकको…

Read More