Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : सहकारी क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा करीब पाँच प्रतिशत योगदान गरेको छ । सहकारी क्षेत्रले मुलुकमा ६४ हजारलाई रोजगारी प्रदान गर्नुका साथै वित्तीय क्षेत्रमा २१ प्रतिशत योगदान गरेको पाइएको छ । मुलुकमा ३४ हजार ५१२ सहकारी रहेकामा बचत तथा ऋण परिचालन गर्ने करीब १५ हजार सहकारी छन् । रिलायबल बचत तथा ऋण सहकारी संस्थाको २० औँ साधारणसभामा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालले हाल सहकारीमा ६४ लाख शेयर सदस्य रहेकामा ५१ प्रतिशत महिला प्रतिनिधित्व रहेको बताए । काठमाडौँमा कार्य क्षेत्र रहेको उक्त सहकारी संस्थाका अध्यक्ष ओमदेवी मल्लले साधारणसभामा संस्थाको चुक्ता पूँजी एक करोड ९७ लाख रुपैयाँ छ भने निक्षेप…

Read More

गौर: मधेशलाई छुटै राज्य बनाउने अभिव्यक्ति दिँदै आएका डा सिके राउत आज अपराह्न गौरमा पक्राउ परेका छन् । स्वतन्त्र मधेशको वकालत गर्दै आएका डा राउतलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो । जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको थियोे । राज्यविरुद्ध अभिव्यक्ति दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिनुभएको छ । अदालतमा डा राउत करीब १०० समर्थकसहित उपस्थित भएका थिए । राउतलाई राज्यविरूद्घको अपराधमा मुद्दा चलाइने बताइएको छ ।

Read More

काठमाडौँ: सरकारले कञ्चनपुरका १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ । गृह मन्त्रालयले आज साँझ सो प्रतिवेदन सार्वजनिक गरेको हो । गृहमन्त्री रामबहादुर थापाले मन्त्रिस्तरीय निर्णय गरी गत भदौ ७ गते पाँच सदस्यीय छानबिन समिति गठन गरेका थिए। समितिमा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित समितिमा प्रहरी नायब महानिरीक्षक रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी नायब महानिरीक्षक वसन्त बानियाँ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव वीरेन्द्र केसी सदस्य थिए। सार्वजनिक गरिएको प्रतिवेदनमा निर्मला हराएकै दिनमा प्रहरीलाई जानकारी गराएको भए पनि उदासिन रहेको…

Read More

काठमाडौँ: सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले पत्रकार तथा सञ्चार संस्थामा काम गर्ने सबै पत्रकार÷कर्मचारीको लागि २५ प्रतिशतका दरले पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो । आगामी काक्तिक १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गरिएको बैठकपछि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सञ्चारकर्मीलाई जानकारी दिए। श्रमजीवी पत्रकारले हाल न्यूनतम १९ हजार ५०० पारिश्रमिक पाउदैँ आएका थिए । मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थाको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । संस्थानका महाप्रवन्धक वसन्तप्रकाश उपाध्यायलाई तीन दिने स्पष्टिकरण सोधिएको र संस्थानका अध्यक्ष गोविन्द पोखरेलले दिएको राजिनामा बैठकले स्वीकृत गरेको सञ्चार…

Read More

काठमाडौँ: साताको पहिलो कारोवारको दिन आइतबार पूँजी बजारमा दोहोरो अंकको गिरावट आएको छ । सेयर बजार परिसूचक (नेप्से) १३ दशमलब ०१ अंकले घटेर एक हजार २१४ दशमलब ३६ अंकमा पुगेर बजार बन्द भएको छ । आजको कारोवारमा उत्पादन मूलक र अन्य समूहको परिसूचक बाहेक सबै समूहको परिसूचकमा गिरावट झरेको छ । सबै भन्दा बढी निर्जीवन बीमा सामूहको परिसूचक १०२ दशमलब २५ अंक र जीवन बीमा ५४ दशमलब २९ अंकले घटेको छ भने होटल ३७ दशमलब २२ अंक, विकास बैंक २१ दशमलब २२ अंक र बाणिज्य बैंक १३ दशमलब ५२ अंकले घटेको छ । त्यसैगरि, जलबिधुत दुई दशमलब ८३ अंक, बित्त…

Read More

काठमाडौँ: मलेसियामा जारी विश्व क्रिकेट टी-२० एसिया क्षेत्र ‘बी’ समूहको छनोट खेलमा आइतबार पनि नेपालका सन्दिप लामिछानेले व्यक्तिगत पांच विकेट लिएका छन्। शनिबार भएको अर्को खेलमा पनि उनले पांच विकेटनै लिएका थिए जसमा उनी म्याच अफ दि सेरिज प्लेएर घोषित भएका थिए। नेपालको पहिलो इनिङ्गमा करण केसीले १४ बलमा ४० रनको विस्फोटक पारी खेलेसँगै मलेसियामा जारी टी-२० विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्र बीको तेस्रो खेलमा नेपालले थाइल्याण्डलार्इ १ सय ७३ रनको लक्ष्य दिएको छ। अहिले थाइल्याण्ड ९ ओभरमा ९ विकेट गुमाउंदै जामा १८ रनमा खेलिरहेको छ भने अहिले खेल वर्षाले प्रभावित बनेको छ। मलेसियाको वायुमास ओभल मैदानमा जारी खेलमा टस…

Read More

काठमाडौं: आइएमई लिमिटेड र भेनस अस्पतालवीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूर आइएमईमा कार्यरत कर्मचारीहरूले भेनस अस्पतालको सेवामा क्रमशः१० र १५ प्रतिशत छुट पाउने आइएमईले जनाएको छ । यो छुटसुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुने छ भने अस्पतालको फार्मेसी सेवामा सेवाग्राहीहरू र कर्मचारीहरू दुवैले जम्मा १० प्रतिशतछुट प्राप्त गर्न सक्ने छन् । सेवाग्राहीहरू हकमा यो सुविधालिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड र कर्मचारीहरूले आइएमई केन्द्रीय कार्यालयले जारी गरेको परिचयपत्र अस्पतालको ओपीडी शाखामा देखाउनु पर्ने छ । सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट बजार अधिकृत अविनाश श्रेष्ठर भेनस अस्पतालको तर्फबाट अध्यक्ष राम ढकालले…

Read More

वासिङ्टन: सिनेट न्यायिक समितिमा भएको सुनुवाइमा सहमति नभएपछि विपक्षी डेमोक्रेटिक पार्टीका सांसदको अनुरोधमा क्याभानामाथि लागेका आरोप बारे छानबिन गर्न अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) लाई जिम्मा दिइएको थियो । न्यायाधीश क्याभानाको विषयमा अमेरिकी समाज नै दुई कित्तामा बाँडिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायाधीश क्याभानालाई सर्वोच्च अदालतमा नियुक्तिका लागि मनोनयन गर्नुभएको थियो । उहाँले क्याभाना एक इमान्दार र सक्षम व्यक्ति रहेको बताउँदै आउनुभएको थियो । राष्ट्रपति ट्रम्पले क्याभानाको अनुमोदन लगत्तै चुनावी सभामा सम्बोधन गर्दैै “यो अमेरिकी जनताको जीत भएको” बताउनुभयो । अनुदारवादी भनेर चिनिएका क्याभानाको नियुक्तिसँगै अमेरिकी सर्वोच्च अदालतमा अनुदारवादी न्यायाधीशको बहुमत पुगेको छ । अमेरिकी सर्वोच्च अदालतमा नियुक्त…

Read More

बागलुङ: एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक-सर्जकले निश्चित रोयल्टी पाउथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले एकाएक युट्युबमा केन्द्रित छ । प्रविधिको फड्कोले सङ्गीत बजारकोस्वरुप बदलेको हो । श्रव्य क्यासेट त इतिहास भइसक्यो । सिडीको चलन नगन्य छ । सूचना प्रविधिको द्रुत विकासले सङ्गीत उद्योग अहिले इन्टरनेट प्रविधिमा निर्भर हुँदै गएको छ । विसं २०५८ मा एक लाख बढी बिकेको गीति एल्बम ‘जम्मु कश्मिरमा’ का सर्जक÷गायक विष्णु खत्रीको अहिले आफ्नै युट्युब च्यानल छ । खत्रीले आफ्ना पछिल्ला सिर्जना युट्युबबाटै सार्वजनिक गर्दै…

Read More

काठमाडौं: एनआइसी एसिया बैंकले अष्ट्रेलियन डलरको सटही सुविधा सुरु गरेको छ। बैंकले विभिन्न कामका विदेश जाने नेपालीहरूका लागि सम्बन्धित देशको मुद्रा सरल सटही सुविधा उपलब्ध गराएको हो। अष्ट्रेलियन डलरको सटहीले पढाईका लागि अष्ट्रेलिया जाने नेपालीलाई सहज हुने बैंकको विश्वास छ। बैंकका अनुसार अध्ययन तथा भ्रमण लगायतका अन्य कामका अष्ट्रेलिया जाने ग्राहकहरूले डलर खरिदका लागि आफ्नो म्याद नसकिएको भिसा र प्लेन टिकट लिएर सम्पर्क गर्नुपर्नेछ। प्रक्रिया पुर्याएका ग्राहकले भिसा युएसडी प्रिपेड कार्डसमेत खरिद गर्न सक्नेछन् । बैंकले काठमाडौं उपत्यकाका सबै शाखाहरूमा प्रशस्त मात्रामा अष्ट्रेलियन लगायत अन्य विदेशी मुद्राहरु उपलब्ध गराएको छ । हालका लागि काठमाडौं उपत्यका भित्रका सम्पूर्ण शाखा कार्यालयहरूबाट सहज…

Read More