वासिङ्टन: सिनेट न्यायिक समितिमा भएको सुनुवाइमा सहमति नभएपछि विपक्षी डेमोक्रेटिक पार्टीका सांसदको अनुरोधमा क्याभानामाथि लागेका आरोप बारे छानबिन गर्न अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) लाई जिम्मा दिइएको थियो ।
न्यायाधीश क्याभानाको विषयमा अमेरिकी समाज नै दुई कित्तामा बाँडिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायाधीश क्याभानालाई सर्वोच्च अदालतमा नियुक्तिका लागि मनोनयन गर्नुभएको थियो । उहाँले क्याभाना एक इमान्दार र सक्षम व्यक्ति रहेको बताउँदै आउनुभएको थियो । राष्ट्रपति ट्रम्पले क्याभानाको अनुमोदन लगत्तै चुनावी सभामा सम्बोधन गर्दैै “यो अमेरिकी जनताको जीत भएको” बताउनुभयो ।
अनुदारवादी भनेर चिनिएका क्याभानाको नियुक्तिसँगै अमेरिकी सर्वोच्च अदालतमा अनुदारवादी न्यायाधीशको बहुमत पुगेको छ । अमेरिकी सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीशहरु आजीवन सो पदमा रहन पाउँछन् ।
न्यायाधीश क्याभानाको पक्षमा भएको यो मतदानले आगामी नोभेम्बरमा हुने अमेरिकी सिनेटको मध्यावधि चुनावमा रिपब्लिकन पार्टीलाई थप मद्दत पुग्ने अपेक्षा समेत गरिएको छ ।
केन्टुकी राज्यबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन सिनेटर मिच म्याककोनेलले यो विजयले रिपब्लिकनको मत बढेको दाबी गर्नुभयो । तर डेमोक्रेटिक पार्टीका नेता चुक शुमरले न्यूयोर्कमा भन्नुभयोः “जनताले परिवर्तन चाहेका छन्, र त्यो मतदानका दिन देखिने छ ।”