Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानसेनापति राजेन्द्र क्षत्रीले जंगी अड्डामा आयोजित समारोहमा कामु प्रधानसेनापतिको कार्यभार बलाधिकृतरथी पूर्णचन्द्र थापालाई आज हस्तान्तरण गरेका छन् । प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिनाअगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्पराअनुसार प्रधानसेनापति शुक्रबारदेखि बिदामा बस्नेछन् । नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरी देश, जनता र संविधानको रक्षाका लागि समर्पित भई करीब ४० वर्षसम्म अनवरत रुपमा सेवा गरी प्रधानसेनापतिको उच्च ओहदामा रहेका प्रधानसेनापति क्षत्रीले आगामी भदौ २४ गतेदेखि पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्ने नेपाली सेनाले जनाएको छ । सैनिक परम्परानुसार प्रधानसेनापति क्षत्रीले बलाधिकृत रथी थापालाई प्रधानसेनापतिको सम्पूर्ण कार्यभार बुझबुझारथ गरेका छन् । बलाधिकृत रथी थापालाई यही साउन १०…

Read More

काठमाडौँ: घाम लाग्दा धुलोे र पानी पर्दा हिलो । चाबहिल–साँखु सडकखण्डमा हिड्ने जोकोहीलाई हिलो र धुलोले सताएको धेरै भयो । तर, यो समस्याबाट भने अब छिट्टै छुट्कारा मिल्ने भएको छ । सरकारले आगामी भदौ १२ अगावै सो सडकको मर्मत सम्भार गर्ने भएकोले हिलो धुलोबाट राहत मिल्ने भएको हो । पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठलगायतको टोलीले आज सो सडकखण्डको स्थलगत निरीक्षण गरी तत्काल मर्मत सम्भार गर्ने प्रतिबद्धता जनाएपछि सो क्षेत्रमा यात्रा गर्ने जोकोहीलाई राहत मिल्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरोकारवाला निकायका…

Read More

काठमाडौँ: मलेसियामा हुने एशिया कप क्रिकेटका लागि प्रारम्भिक चरणमा १९ खेलाडी आज छनोट गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको टोलीले अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल, सुनिल धमला र सुशन भारीलाई छनोट गरेको हो । अघिल्लो साता नेदरल्याण्ड्समा सम्पन्न पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलका क्रममा घाइते शरद भेषवाकर प्रारम्भिक टोलीमा परेका छैनन् । नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय खेलमा नरहेका सुनिल धमला, सागर पुन, विनोद भण्डारी, सुसन भारी र किशोर महतो…

Read More

काठमाडौँ: विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गणेश लामालाई दोषी ठहर गरी एक वर्ष कैद र रु एक करोड बिगो बराबरको सम्पति जफत गर्ने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले आज लामालाई कैद र रु एक करोड ४० लाख ५० हजार सम्पति बराबरको बिगो जफत् गर्ने फैसला सुनाएको विशेष अदालतका रजिष्टार भीमकुमार श्रेष्ठले जानकारी दिए । नेपाली काँग्रेसबाट काभ्रे प्रदेशसभा क्षेत्र नम्बर १ को ‘ख’का उम्मेदवार लामाले आपराधिक गतिविधिबाट रु २७ करोड एक लाख सम्पति जोडेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले…

Read More

काठमाडौँ: पूँजी बजारमा यो साताभर कुनै सुधार देखिएन । साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक ६ दशमलब ६९ अंकले घटेर १ हजार १८० दशमलब ६३ अंकमा झरेको छ । आइतबार नेप्से एक दशमलब ४३ अंक, सोमबार शुन्य दशमलब २१ अंकले , मंगलबार एक दशमलब ४६ अंक र बुधबार शुन्य सशामलब ८९ अंकले घटेको थियो । ब्यापार बाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ । आजको कारोबारमा सबैभन्दा जीवन बीमा १०२ दशमलब ८३ अंक, निर्जिबन बीमा ७० दशमलब ०७ अंक र होटल समूह ३१ दशमलब ५२ अंकले घटेका छन् । नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार…

Read More

काठमाडौं: गृहमन्त्री राम बहादुर थापाले भक्तपुरमा भएको प्रहरी इन्काउण्टरको घटनाबारे सरकारले छानबिन गर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले घटनाबारे छानबिन गर्ने बताएका हुन् । सोमबार राजधानीको काँडाघारीका बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्नको आरोपित गोपाल तामाङ र अजय तामाङलाई नियन्त्रणमा लिएरपछि इन्काउन्टर गरेको समाचार सार्वजनिक भएपछि मन्त्रालयले छानबिनको तयारी गरेको हो । समितिको बैठकमा सांसदहरुले घटना शंकास्पद भएको भन्दै छानबिनको माग गरेपछि गृहमन्त्रीले छानबिनको प्रतिवद्धता जनाएका हुन् । सांसद देवेन्द्रराज कंडेलले प्रहरीले भनेको इन्काउण्टर शंकास्पद भएकाले इन्काउण्टरको अवस्था सिर्जना हुनुको कारणबारे सोधपुछ गर्न महानिरीक्षक र सम्बन्धित पदाधिकारीलाई समितिमा बोलाउन माग गरे ।

Read More

धनगढी: कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित देउती गुडका उद्योग परिसरमा आज बिहान अज्ञात समूहले बम विस्फोटन गराएको छ । विस्फोटनबाट उद्योगको बाहिरी पर्खाल र छानामा क्षति पुगेको लम्की प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताए । स्थानीयवासी यज्ञबहादुर ओलीको उक्त उद्योग परिसरमा सकेट बम विस्फोट गराइएको जनाइएको छ । यसअघि यही साउन २ गते उक्त उद्योग नजीक फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो । टीकापुर जाने सडकको भित्रपट्टिको सडक छेउस्थित उद्योग परिसरमा बम फेला परेपछि स्थानीयवासी त्रसित छन् ।

Read More

काठमाडौँ: आइएमई लाइफइन्स्योरेन्स कम्पनी र नेपाल बंगलादेश बैंक बीच बैंकास्योरेन्स सम्झौताभएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र नेपाल बंगलादेश बैंकका तर्फबाट नायब कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले हस्ताक्षर गरेका छन् । सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले नेपाल बंगलादेश बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने छन् । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले हाल ५० स्थानबाट बिभिन्न शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य…

Read More

सल्यान:सल्यानको कालीमाटी गाउँपालिकामा दुई महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको जिएसएम सेवामात्र सञ्चालन भएको गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएपछि गाउँपालिका सञ्चारविहीन भएको छ । कालीमाटी गाउँपालिकालाई जोड्ने सडक अवरुद्ध भएपछि गाउँपालिकाको बाहिरी सम्पर्कसमेत बिच्छेद भएको छ । यातायात सेवा तथा सञ्चार सेवा बन्द भएपछि यस क्षेत्रका बासिन्दा प्रभावित भएको स्थानीय कुलप्रसाद भण्डारीले जानकारी दिए । “गाउँपालिकामा नमस्तेबाहेक अरु टेलिफोनले काम गर्दैन त्यही नमस्ते पनि दुई महिनादेखि नियमित छैन यसले समस्या पारेको छ ।” भण्डारीले भने, “लगातारको वर्षाले सदरमुकाम जोड्ने सडक तथा दाङदेखि सुर्खेत सडक पनि बन्द छ ।” टेलिफोनको समस्याका बारे बारम्बार नेपाल टेलिकमलाई जानकारी गराउँदा पनि…

Read More

बाँके :परीक्षणका क्रममा पटकपटक मूल नहर भत्किन थालेपछि सिक्टा सिंचाइ आयोजनाको गुणस्तर छानविन गर्न माग गरिएको छ। परीक्षणका क्रममा दोस्रो पटक यही साउन ७ गते ढकेरी नजीकै नहर भत्किएपछि गुणस्तर छानबिन गर्न माग गरिएको हो । पटक पटक नहर भत्किन थालेपछि राप्तीसोनारी गाउँपालिकाले सिक्टा सिंचाइ आयोजनाको गुणस्तरमाथि प्रश्न उठाउँदै केन्द्र र प्रदेश सरकारसँग छानबिन गर्न माग गरेको छ । परीक्षणका क्रममा पहिलो पटक २०७३ असार १४ गते सोही स्थानमा नहर भत्किएको थियो । गाउँपालिका अध्यक्ष लाहुराम थारुले राष्ट्रिय गौरवको यस आयोजनाको अवस्था नाजुक हुन पुगेको निस्कर्षसहित गाउँ कार्यपालिकाको बैंठकले नै गुणस्तर छानबिन गर्नुपर्ने निर्णय गरेको जानकारी दिए । वडा नं.२…

Read More