Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

सल्यान :लगातारको वर्षाका कारण सल्यान जिल्लामा ७०० भन्दा बढी घर पहिरोको जोखिममा रहेका छन् । लगातारको वर्षाले ठाउँठाउँमा पहिरो जाने क्रम शुरु भएसँगै जिल्लाका ७०० भन्दाबढी घर परिवार पहिरोको जोखिममा रहेको जिल्ला भू–संरक्षण कार्यालयले जनाएको छ । जोखिममा रहेका बस्तीमा कपुरकोट गाउँपालिकाको कपुरकोट बजार, बागचौर नगरपालिकाको बाँफुखोला र कोटबारा, बनगाड कुपिण्डे नगरपालिकाको ब्युरेनी, निगालचुलालगायतका रहेका छन् । ती बस्तीमा बसोबास गर्ने ७०० बढी घरपरिवार पहिरोको जोखिममा रहेको भू–संरक्षण कार्यालय प्रमुख वीरेन्द्रप्रसाद पटेलले जानकारी दिए । जंगल मासेर सडक निर्माण गर्नेक्रम पछिल्लो समय बढ्दै गएका कारण पहिरोको जोखिम बढेको उनको भनाइ छ । “चुरे क्षेत्र र पहाडी बस्ती भएकाले पहिरोको…

Read More

काठमाडौँ : सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’मनाउने घोषणा गरिरहेको बेला मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल भने पानी पर्दा हिलो तथा घाम लाग्दा धूलोका कारण समस्यामा छ । ठमेलका प्रमुख चोक तथा गल्लीमा ढल र मेलम्ची खानेपानी आयोजनाको लागि खनिएका खाल्डा नपूर्दा उक्त समस्या उत्पन्न भएको हो । समस्या समाधानका लागि स्थानीयवासीले पटक÷पटक सम्बन्धित निकायलाई आग्रह गरे पनि सुनुवाइ भएको छैन । पानी पर्दा हिलो र घाम लाग्दा धूलो उड्ने समस्याका कारण स्थानीयवासीसँगै नेपाल भ्रमणमा आएका पर्यटक नराम्रोसँग प्रभावित हुने गरेका छन् । गतवर्ष सडकमर्मत नभएको भन्दै ठमेलमा स्थानीय व्यवसायीले सडकमा नै धान रोपेर प्रतिकात्मक विरोध गरेका…

Read More

काठमाडौं: स्प्राइटको रिफ्रेश र रिचार्ज क्याम्पियनले बजारमा सनसनी मच्चाएको छ । जुलाई २३ बाट सुरु भएको यो क्याम्पेनमा पहिलो हफ्तामै २८,५०० भन्दा बढी उपोभोक्तहरुले भाग लिई ३,५०,००० बराबरको टकटाईम रिचार्ज जिती सकेकाछन् । यस क्याम्पियन अन्तर्गत उपोभोक्तहरुले १० देखि ५,००० रुपैया सम्मको रिचार्ज जित्न सक्नेछन् । ५,००० रुपैयाँको टकटाईम विजेता गोमा बुडाथोकी भनिन् , “मैले त्यो दिन २ वटा कोक किनेको थिए र लेबलमा अफरको बारेमा पढे र विश्वास नलागी नलागी लेबलको कोड एसएमएस गरे । मैले धेरै मा धेरै १० वा २० रुपैयाको टक टाईम जितिएला जस्तो लागेको थियो तर भाग्यले मैले ५,००० रुपैयाँको टक टाईम जिते । सुरुमा…

Read More

काठमाडौँ: साताको पहिलो दिन आइतबार पनि पूँजी बजारमा सकारात्मक अवस्था देखिएनन् । सेयर बजार परिसूचक नेप्से आज एक दशमलब ४३ अंकले घटेर १ हजार १८९ दशमलब ८८ अंकमा पुगेको छ । अघिल्लो साता सेयर बजारमा भारी गिरावट आएर ठुलो घाटा खाएका र यो साता पूँजी बजारमा सुधार हुने आशामा बसेका लगानीकर्ता फेरी चिन्तित भएका छन् । आजको कारोबारमा सबैभन्दा बढी निर्जीवन बीमा ३० दशमलब ९२ अंक, उत्पादन मूलक समुहको परिसूचक २० दशमलब ०६ अंक र जलबिधुत ५ दशमलब ६५ अंकले घटेको छ । त्यसैगरी, सेयर बजारमा सबैभन्द बढी हिस्स रहेको बाणिज्य बैंक समूहको परिसूचक तीन दशमलब ५१ अंकले घटेको छ…

Read More

काठमाडौँ: सरकारले विभिन्न विषयका सात विधेयक संघीय ससंद्मा पेश गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक र भुक्तानी तथा फछ्र्योट विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । बैठकले उपभोक्ता संरक्षणसम्बन्धी कानून संशोधन गर्न बनेको विधेयक, अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेकोे विधेयक, नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता…

Read More

काठमाडौँ : सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशको हैसियलतले कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आजदेखि काम शुरु गरेका छ्न । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि वरिष्ठतम् न्यायाधीश मिश्र कामु प्रधानन्यायाधीशकोे हैसियतले आज मुद्दाको पेशी तोकेर काम शुरु गरेका हुन् । जोशीलाई प्रधानन्यायाधीश हुन समितिले अयोग्य ठहर गरेपछि उनि आजबाट छुट्टीमा बसेकाले मिश्रले कामुका प्रधानन्यायाधीशको हैसियतमा काम शुरु गरेको सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिए । न्याय सम्पादनका क्रममा अदालतमा बसेर स्वतन्त्र, सक्षम र विकृतिहीन न्यायपालिका बनाउन उचित भूमिका निर्वाह गर्न नसेको भन्ने प्रश्न उठेपछि जोशीलाई न्यायाधीशका रुपमा काम गर्न पनि नैतिक संकट परेकाले…

Read More

वालिङ: नेपाली काँग्रेस स्याङजाका सभापति एवं पूर्वसभासद कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन भएको छ । स्वास्थ्यमा अकस्मात समस्या आएपछि आज बिहान ६.०० बजे स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा उपचारार्थ लगिएकोमा उपचारकै क्रममा ६.३० बजे उनको निधन भएको हो । नेपाली काँग्रेस स्याङजाको तीन कार्यकालसम्म सभापति बन्नुभएका पूर्वसभासद पंगेनीको ५६ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस स्याङजाका नेता एवं प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले जानकारी दिए । एक श्रीमती, एक छोरा र एक छोरीका अभिभावक पंगेनीको शवलाई श्रद्धाञ्जलिका लागि आज नेपाली काँग्रेस स्याङजाको पार्टी कार्यालयमा राखिने र भोलि अन्येष्टि गरिने काँग्रेस स्याङजाले जनाएको छ ।

Read More

जाजरकोट: जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । सदरमुकामको मुख्यबजार रहेको ठाँटीबजारदेखि तल रहेका घर पुरिएपछि अहिले उद्धारकार्य चलिरहेको प्रहरीले जनाएको छ । घरभित्र मानिस रहेको अनुमान गरिएको छ । घटनास्थलमा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्षद्वारा पहिरो पीडितलाई सहयोग यसैगरी जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले पहिरोमा ज्यान गुमाएका आफन्तलाई सहयोग गरेका छन् । जिल्लाको जुनिचाँदे गाउँपालिका छिर्कमा पुगेर अध्यक्ष केसीले उपचारका लागि व्यक्तिगत रकम उपलव्ध गराएका हुन् । अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाँउपालिका–६ गर्खाकोट छिर्कमा साउन ३ गते घरमा सुतिरहेका एकै…

Read More

काठमाडौँ :नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २५ वस्तुलाई नेपाल गुणस्तर चिन्ह (एनएस) प्रदान गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा विभागले भारत र चीनमा उत्पादित २० उद्योगबाट उत्पादित २५ वस्तुलाई एनएस चिन्ह प्रदान गरेको हो । जसमा आठ उद्योगका १३ सिमेन्ट, कम्पोजिट सिलिण्डर दुई, एलपीजी सिलिण्डर तीन, एलपीजी भल्व तीन, आइरन बार तीन र एलपीजी रेगुलेटर एक उद्योग रहेका छन् । विदेशी मुलुकले लामो समयदेखि नेपालमा उत्पादित वस्तु तथा उद्योगलाई आफ्नो देशको गुणस्तर चिन्ह प्रदान गरे पनि नेपालले भने विदेशी वस्तुलाई गत वर्षदेखि नेपाल गुणस्तर चिन्ह प्रदान गर्न शुरु गरेको हो । विभागले स्टार सिमेन्ट, जेपी रेवा…

Read More

काठमाडौँ: शनिबार रातिदेखि शुरु भएको वर्षा आगामी तीन दिनसम्म जारी रहने  मौसम विज्ञान विभागले जनाएको छ । विभागलेले आजदेखि तीन दिनसम्म मौसम पूर्वानुमानबारे सूचना जारी गर्दै  देशका धेरै भागमा भारि वर्षा हुने अनुमान गरेको छ । आइतबार दिउँसोदेखि रातिसम्म पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति पश्चिमी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आइतबार र सोमबार भरि र मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने विभागले जनाएको छ ।

Read More