Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : आगामी भदौ २ देखि १६ गतेसम्म इन्डोनेशियामा हुने १८औँ एशियाली खेलकूद प्रतियोगितामा सहभागी हुने १८१ खेलाडी अहिले बन्द प्रशिक्षणमा व्यस्त छन् । प्रतियोगिता शुरु हुन केही साता मात्र बाँकी रहँदा प्रतियोगिताका २८ खेलमा सहभागिता जनाउन लागेको नेपालका तर्फबाट १२५ पुरुष र ५६ महिला खेलाडी अहिले राजधानी र मोफसलका विभिन्न शहर तथा विदेशमा प्रशिक्षण लिइरहेका छन् । राष्ट्रिय खेलकूद परिषद्(राखेप)का अनुसार काठमाडौँमा धनुकाँड, सुटिङ, एथलेटिक्स, सेपाकताक्रो, क्लाइम्बिङ, कराते, गल्फ, उसु, बास्केटबल, पौडीलगायत खेलको प्रशिक्षण जारी छ । त्यस्तै ललितपुरमा साइक्लिङ, फुटबल, ब्याडमिन्टन, ट्रायथलन, लनटेनिसलगायतको प्रशिक्षण चल्दैछ भने पोखरामा पाराग्लाइडिङ र कबड्डी, भीमदत्तनगरमा भलिबल तथा नेपालगन्जमा भारोत्तोलन र कुस्तीको बन्द…

Read More

काठमाडौँ: सरकारले आजबाट उपरान्त मन्त्रिपरिषदका सम्पूर्ण निर्णय र काम कारवाही स्वचालित प्रणाली अनुसार गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा स्वचालित प्रणाली मन्त्रिपरिषद् बैठक (Cabinet Automation System) को उद्धघाटन भएसंगै यसको उपचारिक थालनी गरिएको हो । बैठकमा प्रधानमन्त्री र सबै मन्त्रीहरुले कागजको सट्टा म्याकबुक प्रयोग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा नेपालमा पहिलोपटक स्वचालित प्रणालीबाट पेपरलेस मन्त्रिपरिषद बैठक बसेको उनको सचिवालयले जनाएको छ ।

Read More

काठमाडौँ: सेयर बजार साताको अन्तिम कारोबारको दिन बिहाबार पनि घट्ने क्रम जारी रह्यो । आज नेप्से परिसूचक ३ दशमलब १५ अंकले घटेर १ हजार १९१ दशमलब २० अंकमा झरेको छ । होटल समूह बाहेक सबै समूहको परिशूचकमा गिरावट आएको छ । सबैभन्दा बढी जीवन बिमा ४८ दशमलब ०८ अंकले र निर्जीवन बीमा समुहको परिसूचक २७ दशमलब १७ अंकले घटेको छ । यधपी, होटल समूहको परिसूचक ४४ दशमलब ५४ अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३ हजार ४९१ कारोबारबाट १९ करोड ३० लाख २८ हजार १२४ रुपैयाँ बराबरका ७ लाख ९२…

Read More

काठमाडौँ:  नेपाल र भारतबीच नदी सिमाना रहेका ५७ स्थानमा सीमा स्तम्भ निर्माण गरिने भएको छ । दुई देशबीच विगत लामो समयदेखि नदी सीमा क्षेत्रमा स्थानीयस्तरमा समस्या रहँदै आएपछि उक्त समस्याको निराकरण दीर्घकालीन रुपमै गर्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको नापी विभागले गृहकार्य गरिरहेको छ । नेपालका २७ जिल्ला र भारतका चार प्रदेशका २० जिल्ला नेपाल–भारत अन्तर्राष्ट्रिय सीमासँग जोडिएका छन् । दुई देशबीच विगत लामो समयदेखि नै नदी सिमानाका विषयमा स्थानीयस्तरमा समस्या रहँदै आएको छ । आउँदो असोज महिनाको पहिलो साता काठमाडौँमा हुने बाउन्ड्री वर्किङ ग्रुप (बिडब्लुजी)को उच्चस्तरीय संयुक्त बैठकले त्यसको दीर्घकालीन समाधानका लागि थप पहल गर्ने नापी विभागका…

Read More

काठमाडौँ: तनहुँ हाइड्रोपावरले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यहरुको निर्माण कम्पनीहरु छनोट गरेको छ । आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना (हेड वोर्क्स) निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी सिएमसी छनोट भएको छ । कम्पनीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित)मा खरिद सम्झौता हुने छ । आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्न सबैभन्दा कम बोलकबोल गर्ने चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड छनोट भएको छ । कम्पनीसँग ११ करोड ४१ लाख ८९…

Read More

भीमदत्तनगर: प्रदेश नं.७ सुदूरपश्चिममा बैंकिङ कसुरअन्र्तगत ‘चेक अनादर’ मुद्दा बढ्न थालेपछि बाणिज्य इजलास महेन्द्रनगरले कारबाहीलाई तीव्रता दिएको छ । प्रदेश नं. ७ को उच्च अदालत दिपायल महेन्द्रनगर इजलास अन्तर्गत गठन भएको बाणिज्य इजलासले चेक अनादर सम्बन्धी परेका ४२ वटा मुद्दा मध्ये ३४ वटा गत आर्थिक बर्षमा फछ्र्यौट गरेको छ । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका शाखा अधिकृत प्रकाशदत्त भट्टले चेक अनादर मुद्दामा अधिकांश अभियोग माग दाबीबमोजिम फैसला भएको बताए । ‘थोरैले मात्रै सफाइ पाएको तथ्याङ्क छ ।’ उहाँले भन्नुभयो–‘ केहीले आशिंक सफाइ समेत पाएका छन ।’ उक्त मुद्दामा बाणिज्य अदालतले ३ महिनासम्म कैद वा बिगो बमोजिम जरिवानासमेत सजाय फैसला हुने…

Read More

काठमाडौँ: गत वर्ष नेपालमा मरिचको आयात अस्वाभाविक दरमा बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार गत आर्थिक वर्ष २०७४/७५ को प्रथम एघार महीनाको अवधिमा ६ अर्ब २५ करोड भन्दा बढीको मरिच आयात भएको छ । बिगतका केहि वर्षदेखि बार्षिक १ अर्ब ५० करोड भन्दा मुनि रहेको मरिचको आयात गत वर्षको एघार महिनामै झन्डै पाँच गुणाले आयात बढेको छ । गत वर्षको ११ महिनामा ६ अर्ब २५ करोड बराबरको १ करोड ५२ लाख किलोग्राम मरिच आयात भएको छ । आर्थिक वर्ष २०१२/१३ मा ९२ करोड बराबरको १४ लाख ७५ हजार किलोग्राम मरिच आयात भएकोमा आर्थिक वर्ष २०१३/१४…

Read More

इस्लामावाद: पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको जारी मतगणनाको प्रारम्भिक नतिजामा पूर्व क्रिकेटर इमरान खानको पार्टीलाई बहुमत प्राप्त हुने संकेत देखिएको छ । पूर्व प्रधानमन्त्री नवाज शरिफ नेतृत्वको सत्तारुढ दल पाकिस्तान मुस्लिम लीग–नवाजले मतदानमा सेनाको सहयोगमा व्यापक धाँधली भएको आरोप लगाउँदै हालसम्मका अनाधिकृत, अपूर्ण चुनावी परिणामहरुलाई स्वीकार गर्न नसकिने जनाएको छ । मतगणना जारी रहेपनि खानका समर्थकहरु सडकमा नाराबाजी गर्दैै खुशीयाली मनाउन थालेका छन् । विपक्षी दलहरुले भने सैनिकको सहयोगमा चुनावमा धाँधली भएको आरोप लगाएका छन् । स्थानीय सञ्चारमाध्यमले चुनाव सकिएको १३ घण्टाभन्दा बढीको अवधिमा आधाभन्दा कममात्र मतगणना भएको जनाएका छन् र यो अनपेक्षित ढिलाईले चुनावी नतिजाको वैधानिकतामा नै प्रश्न उब्जिने खतरा…

Read More

रसुवा: गएराति १२ बजे झरेको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे प्रवेशद्वारमा खसेको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गापा–५ का अन्दाजी ४२ वर्षीय श्याम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय विक्रम श्रेष्ठ, सोही ठाउँकै ४५ वर्षीय मंगल तामाङ र सोही गापा–४ का ३५ वर्षीय रमेश भनिने सुश खड्का रहेका छन् । पहिरोमा परी बेपत्ता भएका पाँच जनाको खोजीकार्य जारी रहेको र खोज उद्धारका लागि रसुवागढी हाइड्रोपावरका उपकरण तथा सुरक्षाकर्मी परिचालन गरिएको छ । उद्धारकार्य प्रभावकारी बनाउन प्रजिअ कृष्ण पौडेललको नेतृत्वमा सुरक्षा निकायसमेतको परिचालन गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ…

Read More

काठमाडौँ: नेपाल वायुसेवा निगमको ‘मकालु’ नाम दिइएको दोस्रो वाइडबडी जहाज आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोली विमानमा आएका छन् । विमानस्थलमा विमानलाई पानीको फोहोराले भव्य स्वागत गरिएको थियो । आज बिहान ९ बजेर २१ मिनेट जाँदा विमानस्थलमा अवतरण गरेको नयाँ विमानलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका सचिव कृष्णप्रसाद देवकोटा लगायत निगमका उच्च अधिकारीलगायतले स्वागत गरेका छन् । मकालु नाम दिइएको ए ३०३-२०० सिरिजको विमानको कल साइन ९ एनएलजेट छ । यसअघि गत असार २४ गते निगमले पहिलो…

Read More