Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
- वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
- बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
- अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा
- रसुवा बाढी : १६२ को शव फेला, हजारौं सम्पर्कविहीन
- रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै, जालान त शीर्ष दलका नेता ?
- भोटेकोसी बाढीको कहर : नुवाकोटको पछिल्लो अवस्था तस्बिरमा
- रसुवामा भीषण बाढी : प्रधानमन्त्री शाहले दिए ६ निर्देशन, बोलाए उच्च स्तरीय बैठक
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: जेनजी प्रतिनिधिहरूले यही (अक्टोबर ८, ९) असोज २२ र २३ गते आफूहरूको कुनै आन्दोलन नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्। मंगलबार दिउँसो जिल्ला प्रहरी परिसरअघि भेला भएका उनीहरूले आन्दोलनका नाममा भ्रममा नपर्न सबैसँग आग्रह गरेका हुन्। ‘भोलि र पर्सि कुनै आन्दोलन छैन। कसैले भड्काउन खोज्ला, कसैदले उक्साउन खोज्ला, कसैले तपाइँलाई बाटोमा ल्याउन खोज्छ भने होसियार हुनुस्। कसैको भ्रममा नभड्किनु’ एक जेनजी अगुवाले भने, ‘हामी नेपाली हो। हामी नेपालीलाई कसैले फुटाउन खोज्छ भने त्यो देशद्रोही हो। देशद्रोहीसँग बचेर सजग भएर बस्नुपर्छ।’ उनीहरूले सरकारलाई सघाउन र सफल बनाउन पनि सबैसँग आग्रह गरेका छन्। पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई…
काठमाडौँ: सरकारले बाढीपहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को मंगलबारको बैठकले मापदण्डअनुसार नै राहत वितरण गर्ने निर्णय गरेको हो । मापदण्डअनुसार मृतकका परिवारले दुई लाख रुपैयाँ राहत पाउनेछन् । बाढीपहिरोबाट विस्थापित भएकाहरुलाई अस्थायी आवास निर्माणको लागि ५० हजार रुपैयाँ दिने निर्णय पनि भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार अस्थायी आवास निर्माणका लागि तत्काल २५ हजार रुपैयाँ र आवासको संरचना निर्माण गरेपछि २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको बताए । उनले स्थायी आवास निर्माणका लागि भने हिमालमा ५ लाख, पहाडमा…
काठमाडौं । विभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन गरिएको जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै आज आयोगमै औपचारिक पत्र बुझाएको छ । समूहले हिजो मात्र प्रमुख आयुक्त राईलाई इमेलमार्फत स्वेच्छिक राजीनामाको आग्रह गरेको थियो । तर, आज उनीहरूले भौतिक उपस्थितिमै टंगालस्थित अख्तियार मुख्यालय पुगेर लिखित पत्र दर्ता गरेका हुन् । समूहका नेता रिजन राना (आदित्य)ले भने, ‘हामीले आज भौतिक उपस्थितिमै पत्र दर्ता गर्यौं । अब पनि राजीनामा नआए अन्य संघर्षका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । अहिले सल्लाह हुँदैछ ।’ यसअघि जारी गरिएको विज्ञप्तिमा जेनजी मुभमेन्ट अलायन्सले अख्तियार प्रमुख…
काठमाडौं । जेनजी युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग्दै प्रदर्शन गरेका छन् । उनीहरु आज बिहान टंगालस्थित अख्तियार मुख्यालय अगाडिको सडकमा प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो । प्रदर्शनमा सहभागी अमित खनाल ओझाले नैतिकताको आधारमा अख्तियार प्रमुख प्रेम कुमार राईले राजीनामा दिनुपर्ने बताए । जेनजी युवाहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीहरुको नियुक्ति खारेज हुनुपर्ने माग गर्दै आएका छन् । विभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन गरिएको ‘जेनजी मुभमेन्ट अलायन्स’ले अख्तियारका प्रमुख आयुक्त राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै आज आयोगमै औपचारिक पत्रसमेत…
काठमाडौँ: जेनाजीको सोमबार राति र अहिले दिनहुँ जसो बढिरहेको उनीहरुको क्रियाकलापलाई लिएर पूर्व राज परिवारकि बुहारी हिमानी राज्य लक्ष्मी शाहले देशको स्थायी शक्ति राजसंस्था जोगाउन सबै नेपाली जनता लागौं भनेर प्रतिक्रिया पोस्ट गरेकी छिन। उनले मंगलबार फेसबुकमा एक पोस्ट गर्दै लेखेकी छिन्, “यो विदेशी सरकारको विश्वास नगरौं। जय जननी।”यस्तो छ उनको पोस्टकाठमाडौँबासीलाई हाम्रो अनुरोध सबै नेपाली जनता मिलेर राजपरिवारलाई चौबिसै घण्टा सुरक्षा दिउँ,विदेशीको हस्तक्षेप बढ्यो राजपरिवारलाई मध्यरातमा गएर हप्काउने दप्काउने र भनेको मान्ने बनाउन खोजिरहेकाले देशको स्थायी शक्ति राजसंस्था जोगाउन सबै नेपाली जनता लागौं, यो विदेशी सरकारको विश्वास नगरौं। जय जननी।
काठमाडौं । इलामको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ । इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला पछि मृतकको संख्या ३९ पुगेको हो । सन्दकपुर–५ इङलाका वडा सदस्य कुमार गुरुङका अनुसार प्रवेश अस्तिदेखि बेपत्ता भएका थिए । उनकोको स्वीटर र हाइनेक मात्र भेटिएको थियो । त्यस स्थानबाट करिब ४०० मिटर तल आज उनको शव फेला परेको वडा सदस्य गुरुङले जानकारी दिए । योसँगै इलाममा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । एक जना बेपत्ता छन् । इलाम नगरपालका–६ का महेन्द्र लिम्बु बेपत्ता भएका हुन् । उनलाई पहिरोले घरसहित बगाएको थियो ।
काठमाडौँ:केही दिनदेखि निरन्तर परिरहेको अविरल वर्षा र प्रतिकूल मौसमका कारण असामान्य बनेको काठमाडौं उपत्यकाको जनजीवन आइतबार वर्षा रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । अहिले यहाँका सडक, यातायात, व्यवसाय र सर्वसाधारणको दैनिकी क्रमशः सामान्य स्थितिमा फर्किन थालेको छ । उपत्यकामा लगातारको झरीका कारण जनजीवन प्रभावित भएको थियो । मुख्य सडकदेखि गल्लीसम्म पानी जम्ने, ट्राफिक जाम बढ्ने, पैदल हिँड्नसमेत गाह्रो हुने अवस्था थियो । आइतबार बिहानदेखि मौसममा सुधार आएपछि काठमाडौंका सडकमा गाडीको चाप बढेको छ भने सर्वसाधारणको चहलपहल पनि पुनः बढेको छ । शुक्रबारदेखि परेको लगातारको वर्षाले केही दिन काठमाडौंको सडक नेटवर्क प्रभावित भए पनि हाल काठमाडौंका सबै प्रमुख सडक सञ्चालनमा…
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीले मंगलबार बिहान साढे ११ बजे बस्ने गरी राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी हुन् । प्रधानमन्त्री कार्कीले बैठक आह्वान गरेकी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिए । राष्ट्रिय परिषद् बैठकले राहतका कार्यलाई प्रभावकारी बनाउने, बाढी पहिरोका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायत विषयमा महत्त्वपूर्ण निर्णय हुने उनले बताए । भट्टले अविरल वर्षापछिको बाढी र पहिरोका कारण ४५ जनाको मृत्यु भएको, ६ जना बेपत्ता भएको र २४ जना घाइतेको उपचार…
काठमाडौँ । प्रतिकूल मौसमका कारण तिब्बततर्फ सगरमाथा क्षेत्रमा फसेका ३०० भन्दा बढी पर्वतारोहीको उद्धार गरिएको छ । तिब्बततर्फको मोहडाबाट सगरमाथा क्षेत्रमा पुगेका पर्वतारोही भारी हिमपात तथा प्रतिकूल मौसमका कारण शिविरमै फसेका हुन् । शुक्रबार रातिदेखि शनिबारसम्म भएको हिमपातका कारण करिब एक हजार पर्वतारोही फसेको समाचार प्रकाशमा आएको थियो । चिनियाँ सरकारी सञ्चारमाध्यमले ३५० जनाभन्दा बढी पर्वतारोहीलाई उद्धार गरेको र अन्य दुई सयभन्दा बढी पर्वतारोहीसँग सम्पर्क स्थापित गरेको जनाएका छन् । चीनमा राष्ट्रिय दिवसका अवसरमा साताव्यापी बिदा चलिरहेको छ । सोही कारण ठुलो संख्यामा मानिस घुम्न निस्किने गरेका हुन् । बिदा मनाउने क्रममा सगरमाथा क्षेत्रमा पुगेका पर्यटक प्रतिकूल मौसमका कारण फसेको…
काठमाडौँ । इलामको पहिरोमा परी घाइते भएका एक बालिकासहित चार जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत झापा लगिएको छ । पछिल्लो अविरल वर्षाका कारण इलामको सन्दकपुर नगरपालिका–४ माबु इलाकामा पहिरोमा परी घाइते भएकालाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि हेलिकप्टरद्वारा झापा अस्पताल पुर्याइएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते हुनेमा एक बालिकासहित तीन महिला र एक पुरुष छन् । झापा मिलनबस्ती इलाकामा सेनासहितका सुरक्षा फौजकै सहयोगमा गएराति मोटर बोटबाट ४८, डुङ्गाबाट ३१ र पैदलबाट १२ जना गरी ९१ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।