Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026

    सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने

    November 24, 2026

    प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’

    November 24, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
    • सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने
    • प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
    • सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!
    • १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 25
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » एनपीएलको दोस्रो संस्करण आजदेखि सुरु हुँदै

    एनपीएलको दोस्रो संस्करण आजदेखि सुरु हुँदै

    पहिलोक्लिकपहिलोक्लिकNovember 17, 2025No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं: नेशनल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्दका अनुसार प्रतियोगिताको शुभारम्भ अपरान्ह २ बजे हुने छ भने पहिलो खेल ४ बजे खेलाइने छ ।
    मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, ३ वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् ।

    त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएका कारण दोस्रो संस्करण क्रिकेट प्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ । उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

    यस पटक रङ्गशालामा १० हजार जना अट्ने प्यारापिट निर्माण गरिएकोले दर्शकले सिटमै बसेर प्रतियोगिता हेर्न पाउने भएका छन् भने फ्लड लाइटका कारण खेलहरू अन्य देशका रङ्गशाला सरह रातिसमेत सञ्चालन हुनेछन् ।

    सहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत क्यानलाई पहिलो एनपीएलको पूर्व सन्ध्यामा आइतबार साँझ मात्र चरणका संरचना हस्तान्तरण गरेको थियो ।

    प्रतियोगिताका विजेता टोलीलाई पुरस्कार स्वरूप १ करोड १० लाख रुपैयाँ प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो ।

    त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले २५ लाख रुपैयाँ तथा चौथो हुनेले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

    एनपीएल दोस्रोका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यस पटक दैनिक ९ हजार ४५० टिकट बिक्री गर्ने जनाएको छ । पहिलो दिनको खेलको टिकट २ दिन अगाडि नै बिक्री भइसकेको छ ।

    उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ ५ सय रुपैयाँ र प्रिमियमतर्फ १ हजार ५०० रुपैयाँ राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य ५ सय रुपैयाँ र १ हजार रुपैयाँ तोकिएको छ ।

    प्लेअफपछिका खेलका लागि जनरलतर्फ १ हजार रुपैयाँ र प्रिमियरतर्फ २ हजार रुपैयाँ राखिएको छ । क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार तय गरेको छ । एनपीएलमा साबिक विजेता जनकपुरसँगै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स गरेर ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । यस पटक एनपीएलबाट ४० करोड रुपैयाँ आम्दानी गर्ने क्यानको लक्ष्य छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026

    सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने

    November 24, 2026

    प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’

    November 24, 2026

    सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!

    November 24, 2026

    १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’

    November 24, 2026

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.