Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

सप्तरी: असार अन्तिम साता अविरल वर्षाका कारण आएको बाढीले सप्तरी र सिरहको करिब चार हजार हेक्टर धानबाली डुबानमा परेको छ । रोपाइँ सकिनै लाग्दा शुरु भएको वर्षा र बाढीले सप्तरी र सिरहामा करिब दुई/दुई हजार हेक्टरमा लगाइएको धानबाली डुबानमा परेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ । केन्द्रको अध्ययन परीक्षण तथा तथ्याङ्क शाखाका कृषि अर्थविज्ञ किसनदेव राउतले सप्तरी र सिरहामा ९० देखि ९५ प्रतिशत धान रोपाइँ भइसकेका बेला लगातारको वर्षासहित आएको बाढीले धानबाली डुबाएको बताए । सप्तरीको तिलाठी कोइलाडी, छिन्नमस्ता, राजगढ, विष्णुपुर, बलान बिहुल गाउँपालिका, हनुमाननगर कङ्कालिनी, डाकनेश्वरी, सप्तकोशी नगरपालिकामा लगाएको धानबाली डुबानमा परेको छ । सप्तकोशी, खाँडो, त्रियुगा, महुली,…

Read More

काठमाडौं : मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न ३४ जिल्लामा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जारी गरेको बिहान ५ बजेको सूचनामा पछिल्लो ६ घण्टामा प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, झापा, धनकुटा, खोटाङ, भोजपुर र उदयपुरमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । यस्तै सप्तरी, सिरहा, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला, धादिङ, मकवानपुर, नुवाकोट, नवलपरासी, तनहुँ, लमजुङ, गोरखा, कास्की, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, कैलाली, कञ्चनपुर,डोटी, डडेलधुरा, सुर्खेत र आसपास केहि स्थानमा मध्ययम देखि भारी वर्षा भईरहेको छ । ती जिल्लामा थप वर्षा हुने सम्भावना…

Read More

काठमाडौं:  कोरोना भाइरस संक्रमण दरभन्दा डिस्चार्ज हुनेको संख्या दोब्बरले बढेको छ । संक्रमण हुनेभन्दा डिस्चार्ज दर दोब्बर हुन थालेपछि कोरोनाको जोखिम न्यूनीकरणतर्फ जान थालेको पाइएको छ । पछिल्ला दुई साताको अवधिमा २ हजार १ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ भने सोही अवधिमा नै ५ हजार ४ सय ५० जना डिस्चार्ज भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २० असारदेखि हालसम्म दैनिक औसतमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको देखिन्छ । यस्तै, दुई साताको अवधिमा दैनिक ३ सय ८९ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ दिनको अवधिमा ६६ हजार…

Read More

काठमाडौं : सत्तारुढ नेकपा पार्टीभित्र जारी विवादको गोलचक्कर फेरि सचिवालयतिरै फर्किएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधव नेपालबीच बिहीबार सहमति जुट्न नसकेपछि पार्टीभित्रको विवादलाई केन्द्रीय कमिटीमा लगेर छलफल गर्ने सहमति भएको थियो। चौबिस घन्टा नबित्दै सो सहमति थन्क्याएर फेरि पार्टी सचिवालय बैठक बोलाउनेमा नेताहरू पुगेका छन्। आज प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भएको छलफलपछि  आज (शनिबार)  दिउँसो तीन बजे सचिवालय बैठक गर्ने निर्णयमा उनीहरू पुगेका हुन्। दुई नेताले शुक्रबार ११ बजेका लागि बोलाइएको स्थायी समिति बैठक पनि साउन ४ गतेका लागि सारेका छन्। सुरूमा उक्त बैठक शुक्रबारै तीन बजेका…

Read More

एजेन्सी: पाँच दिनअघि कोरोना संक्रमण पुष्टि भएकी बलिउड अभिनेत्री ऐश्वर्या राय र उनी छोरी आराध्यालाई अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना गरिएको हो । शनिबार राती बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई पुष्टि भएको भोलिपल्ट ऐश्वर्या र आराध्यालाई पनि संक्रमण पुष्टि भएको थियो । अमिताभ र अभिषेक शनिबारै नानावटी अस्पतालमा भर्ना भएका थिए । तर ऐश्वर्या र आराध्यालाई भने त्यसको एकदिन पछि आइतबार कोरोना संक्रमण पुटि भएको खबर बाहिरिएको थियो । उनीहरुमा कोरोना लक्षण नदेखिएका कारण घरमै क्वारेन्टिनमा राखिएको थियो ।…

Read More

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण नफैलिएको दाबी गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत काठमाडौं उपत्यकाको समुदायमा कोरोना संक्रमण नफैलिएको बताएका हुन् । डा गौतमका अनुसार काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था हेर्न स्वास्थ्य मन्त्रालयले उपत्यकाका विभिन्न स्थानमा ४ हजार ८ सय जनाको नमुना परीक्षण गरेको जनाएको छ । उक्त परीक्षणको नतिजाले काठमाडौंमा समुदायमा कोरोना संक्रमण नफैलिएको देखिएको प्रवक्ता गौतमले बताए । ‘काठमाडौं उपत्यका भित्र गरिएको समुदायस्तरको भीडभाड हुने विभिन्न स्थानहरुमा परीक्षणका क्रममा ४ हजार ८ सय जनाको नमुना संकलन गरिएकोमा आजको नतिजाहरुले काठमाडौंमा समुदायस्तरमा कोरोना संक्रमण देखिएको छैन…

Read More

काठमाडौं: नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आर्थिक वर्ष २०७७७८ को मौद्रिक नीतिले अटोमोवाइल क्षेत्रलाई सम्बोधन नगरेको बताएको छ। नाडाले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै सरकारले लगाएको झण्डै ३ महिना लामो पूर्ण बन्दाबन्दी र हालको आशिंक बन्दाबन्दीको कारण झण्डै धरासायीको अवस्थामा पुगेको अटोमोवाइल व्यवसायको उत्थानका लागि नाडाबाट प्रस्तुत सुझावहरुप्रति पूर्नविचार गर्न आग्रह गरेको छ। ‘नेपाल राष्ट्र बैंकले अटो लोनलाई जोखिमयुक्त वस्तुको रुपमा वर्गीकरण गरी मूल्यको ५० प्रतिशतसम्म मात्र कर्जा दिने नीतिलाई आजको मोद्रिक नीतिले पनि निरन्तरता दिएको छ। त्यसैगरी, हालसम्म पनि कायम रहेको र हायर पर्चेज लोन को सम्बन्धमा कर योग्य आयको कूल मासिक आम्दानीको ५० प्रतिशत मात्र…

Read More

काठमाडौं: नेपालमा शुक्रबार थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ४ हजार ६८८ जनाको पीसीआर परीक्षण भएकोमा १०१ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८७१ रहेको छ भने ११ हजार ५३४ जना निको भएका छन् ।

Read More

काठमाडौं: बैंकहरुले कृषि क्षेत्रमा थप लगानी बढाउनुपर्ने भएको छ।  राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै २०८० असार मसान्तसम्म कृषि क्षेत्रमा कुल कर्जाको १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको हो। २०८० असार मसान्तसम्म कुल १ खर्ब ऋण लगानी गरेका बैंककाे कृषि क्षेत्रमा १५ अर्ब लगानी हुनुपर्नेछ। हाल बैंकहरुले कृषि क्षेत्रमा १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था रहँदै आएको छ। त्यस्तै कृषि विकास बैंकलाई कृषि क्षेत्रको अगुवा बैंकको रुपमा विकास गरिने गर्भनर महाप्रसाद अधिकारीले घोषणा गरे। सो बैंकले कृषि ऋणपत्र पनि जारी गर्न सक्नेछ। जुन रकमबाट कृषि क्षेत्रमै लगानी बढ्ने राष्ट्र बैंकको भनाइ छ। किसानलाई वित्तीय साधन तथा सूचना…

Read More

नेपाल राष्ट्र बैंङ्कले आर्थिक वर्ष २०७७७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार यो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् । अधिकारीले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी मौद्रिक नीति तर्जुमा गरिएको बताएका छन् । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले बजेटले निर्धारित गरेको ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न वित्तीय उपकरणहरुलाई परिचालन गर्नेगरी मौद्रिक नीति तर्जुमा गरिएको बताएका हुन् । यस्तै मौद्रिक नीतिले मूल्य वृद्धि ७ प्रतिशत भित्र कायम राख्ने लक्ष्य राखेको छ । गभर्नर अधिकारीले कोभिड १९ का कारण थलिएको अर्थतन्त्रलाई जोगाउने प्रयास मौद्रिक नीतिमार्फत…

Read More