Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद पदबाट समेत पदमुक्त भएकी छन् । पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसैअनुसार कारबाहीको निर्णय भएको समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले अटेर गरेकी थिइन् ।
काठमाडौं: काठमाडौं। संसदीय समितिले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका कर्मचारीलाई साधारण सेयरमा आवेदन दिनसमेत रोक लगाउने निर्णय गरेको छ। अर्थ समितिले गठन गरेको एक उपसमितिले बैंकलाई ब्रोकर लाइसेन्स दिने निर्णय गर्दै कर्मचारीलाई साधारण सेयर भर्न समेत रोक लगाएको हो। उपसमितिले बुझाएको प्रतिवेदनमाथि अर्थ समितिमा छलफल हुन्छ। अर्थ समितिले के गर्ने भन्ने निर्णय गर्छ। उपसमितिले बुझाएको प्रतिवेदनअनुसार अर्थ समितिले निर्णय गरे नियामकका कर्मचारीले सेयर भर्न पाउँदैनन्। बोर्ड र नेप्सेका कर्मचारीले सेयर भरेर चलखेर गर्ने गरेको आरोप उप समितिले लगाएको छ। यसअघि भरेर परेको साधारण सेयर अहिले नै बिक्री गर्न वाध्य भने हुने छैनन्। अब नियामकका कर्मचारीहरुले आफूसँग के कति सेयर…
काठमाडौं: मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। उक्त बैठकले प्रहरी महानिरीक्षक नियुक्त गर्ने सम्भावना रहेको स्रोतले बतायो। अहिलेका आइजिपी ठाकुर ज्ञवाली भोलि बुधबारबाट अवकास पाउँदैछन्। उनी ३० वर्षे सेवा अवधिका कारणले नियमित अवकासमा बस्न लागेका हुन्। सरकारले एआइजीहरूमध्येबाट नयाँ आइजिपी नियुक्त गर्दैछ। एआइजीद्वय शैलेश थापा क्षेत्री र हरिबहादुर पालमध्ये एक जना आइजिपी हुनेछन्।
काठमाडौं: पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका युवकमा कोरोना भाइरसको संक्रमण देखिएको छ। मृत्युपछि परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले सेतोपाटीलाई जानकारी दिए। भीमसेनथापा गाउँपालिका-२ तान्द्राङका २६ वर्षीय युवकलाई झुन्डिएको अवस्थामा परिवारले फेला पारेका थिए। लगत्तै परिवारले डोरी काटेर उनलाई गोरखाको एक निजी अस्पताल पुर्याएका थिए। अस्पतालले अवस्था गम्भीर रहेको भन्दै पाटन अस्पताल ‘रिफर’ गरेको थियो। ‘उहाँलाई भर्ना गर्दै अवस्था गम्भीर थियो। हिजो मृत्यु भएपछि कोरोना परीक्षण गर्दा संक्रमण पोजेटिभ देखियो,’ डा. शर्माले भने। उनले अहिले युवकको शव व्यवस्थापन गर्ने काम भइरहेको जनाए। गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले मृतक युवकमा मानसिक समस्या रहेको जानकारी दिए।
काठमाडौं: सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद चुलिएका बेला उत्तरी छिमेक चीनकी नेपालस्थित राजदूतको सक्रियता बढेको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएकी छन्। दुई दिनअघि बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेकी राजदूत यान्छीले मंगलबार अर्का बरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छन्। स्रोतका अनुसार खनाललाई भेट्न राजदूत यान्छी उनको डल्लुस्थित निवासमा पुगेकी थिइन्। उनीहरूबीच बिहान ९ देखि पौने १० बजेसम्म कुराकानी भएको स्रोतले जानकारी दिएको छ।
काठमाडौं: नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९० हजार ४६० रुपैयाँमा कारोबार भएको छ । यसैगरी तोलामा ९५० रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदी तोलामा ९४० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो ।
काठमाडौं; सत्तारुढ दल नेकपाको आन्तरिक द्वन्द्व समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आज पनि वार्तामा बस्दैछन् । पार्टी एकताको मर्मअनुसार अघि बढ्ने समझदारीका साथ वार्ता गरिरहेका दुई अध्यक्षले स्थायी कमिटी बैठकअघि नै आन्तरिक विवाद टुंग्याउने प्रयासमा बैठक स्थगित गरेर अध्यक्षद्वय वार्तामा जुटेका हुन् । अध्यक्ष द्वयको वार्ता सकारात्मक भनिए पनि ठोस समाधान निस्किएको छैन । आज हुने वार्ताको समय टुङ्गो लाग्न बाँकी रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनले भने, ‘अध्यक्षद्वय आज पनि वार्तामा जुट्नु हुनेछ । कति बेला भन्ने समय नतोकिए पनि वार्ता अघि बढ्नेछ ।’ आज सहमति कायम गरी भोलि…
काठमाडौः काठमाडौँ उपत्यकाभित्र कोरोना संक्रमितको संकट थपिँदै जाँदा गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको छ। सडकमा गुड्ने सवारीदेखि मानिसले सङ्क्रमणबाट जोखिन सामाजिक दुरीदेखि मास्कसमेत लगाएको नलगाएको हेर्न गृहले प्रहरीलाई निर्देशन दिइसकेको छ। गृह मन्त्रालयले सोमवार नै प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गर्दै ७७ वटै जिल्लामा मास्क नलगाई घरबाहिर निस्कनेलाई नियन्त्रणमा लिई कारबाही गर्न निर्देशन दिएको हो। त्यस्तै काठमाडौँ उपत्यकाभित्र सरकारले परिवर्तन गरेको मोडालिटी विपरीत सवारी साधन चलेकाले थप कडा गर्न निर्देशन दिएको हो। सरकारले निजी सवारी साधनलाई जोर बिजोरको आधारमा सञ्चालन गर्न दिइरहेको छ। तर अहिले धेरैले जोरबिजोर प्रणालीको बेवास्ता गरेर सवारी चलाएको पाइएपछि थप कडाइ गर्न लागेको…
काठमाडौं: लकडाउनका कारण स्थगित भएका परीक्षा सञ्चालनबारे त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी दुई साताभित्र निर्णय गर्ने जनाएको छ। विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षाबारे दुई साताभित्र निर्णय हुने जानकारी दिएका छन्। उनले भने, ‘परीक्षा सञ्चालन सम्बन्धी गठित समितिले अहिले छलफल गरिरहेको छ, अबको दुई हप्ताभित्रमा परीक्षा कहिले गराउने वा नगराउने विषयमा निर्णय हुन्छ।’ उनका अनुसार अनलाइनबाट परीक्षा गराउने भन्ने बाहिर हल्ना सुनिए पनि त्यो निराधार रहेको र यस विषयमा अहिलेसम्म त्रिविले केही निर्णय नगरेको स्पष्ट पारेका छन् । अनलाइनबाटै गर्नुपर्ने अवस्था आएपनि त्रिविले अग्रिम सूचना जारी गर्ने जानकारी दिए ।
काठमाडौं: नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिका परिमार्जन गरि फागुनको पहिलो साता १४ औँ महाधिवेशन निर्णय गरेको छ । कोरोना महामारीका कारण तीन महिना ठप्प भएको महाधिवेशनको कार्यक्रम असार २५ गतेबाट सुरु गर्ने र केन्द्रीय महाधिवेशन यसअघि तोकिएकै मितिमा गर्ने बैठकले निर्णय लिएको हो । असार १६ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले सोमबार उक्त निर्णय लिएको हो । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पदाधिकारी बैठकमा परिमार्जित तालिका प्रस्तुत गरेका थिए । पदाधिकारी बैठकले पारित गरेर अनुमोदनका लागि केन्द्रीय समितिलाई जिम्मेवारी दिएको थियो । सोही प्रस्ताव १६ गतेको केन्द्रीय समिति बैठकमा महामन्त्री खड्काले प्रस्तुत गरेका थिए ।बैठकले समायोजनको काम साउन १०…
