Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं:आन्तरिक विवादका कारण दुर्घटनाको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार निर्णायक वार्ता सुरु भएको छ । पछिल्लो समय पार्टीभित्र बढ्दै गएको असन्तुष्टिका कारण पार्टी नै फुटको संघारमा पुुगेको भन्दै नेताहरुबाट गम्भीर चिन्ता र चासो प्रकट भएपछि पार्टी एकतालाई जोगाउन ओली र प्रचण्डबीच केही समयअघिबाट निर्णायक वार्ता सुरु भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली प्रचण्ड बाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा सहभागी छन् । गत वैशाखमा सरकारले दुई अध्यादेश ल्याएपछि नेकपामा बढेको विवाद साम्य नहुँदै बिहीबार फेरि सरकारले पार्टीमा कुनै छलफल…

Read More

काठमाडौं: कुवेतबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा चरा ठोक्किएपछि जहाज ग्राउन्डेड भएको छ । जहाजमा बिहीबार बिहान ८ः३० बजे अवतरणका क्रममा चरा ठोक्किएको थियो । त्यसक्रममा जहाजको पछिल्लो इन्जिनमा सामान्य क्षति पुगेको विमानस्थल कार्यालय स्रोतले जानकारी दिएको छ । यसको मर्मत गरी पुनः उडानयोग्य बनाउन अझै ४–५ दिन लाग्ने नेपाल एयरलाइन्सका एक अधिकारीले जानकारी दिए । उक्त जहाज ग्राउन्डेड भए पनि अहिले निर्धारित उडान भने प्रभावित नहुने ती अधिकारीको भनाइ छ ।

Read More

काठमाडौ: नेपालीहरूको प्रतिव्यक्ति आय बृद्धि भएको छ । विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको छ । सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर रहेकोमा सन् २०२० को जुलाई १ सम्म एक हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ । योसँगै नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा परेको हो । विश्व बैंकले संसारभरका देशहरुलाई उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न आय भएको मुलुकमा वर्गीकरण गर्दै आएको छ ।

Read More

म्याड्रिड: कप्तान सर्जियो रामोसले खेलको अन्त्यतिर पेनाल्टीमा गोल गोल गर्दै बिहीबार रियल म्याड्रिडलाई गेटाफेमाथि १–० को जित दिलाएका छन् । घरमा प्राप्त यो जितपछि रियलले उपाधि होडमा रहेको बार्सिलोनामाथि चार अंकको स्पष्ट अग्रता लिएको छ । स्पेनी ला लिगामा रियलको यो लगातार छैटौं जित पनि हो । खेलको ७९औं मिनेटमा रामोसले पेनाल्टीलाई गोलमा परिणत गरे । गटोफेले पूरा खेल अवधिमा राम्रा अवसर सिर्जना गरे पनि हार टार्न सकेन । बार्सिलोनाले आफ्नो पछिल्लो खेलमा एटलेटिको म्याड्रिडसँग बराबरी खेलेको थियो । रियल अहिलेको जितपछि त्यसको भरपूर फाइदा लिन पनि सफल रह्यो । सन् २०१७ यता लिग जित्न नसकेको रियल यसपल्ट पाँच चरणको…

Read More

धनगढी: बिहीबार एकै दिन ३३३ जना कोरोना सङ्क्रमित थपिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९३३ पुगेको छ । प्रदेशको कैलाली जिल्लामा एकै दिन १३८ जना नयाँ सङ्क्रमित थपिएपछि यो जिल्लामा सङ्क्रमितको सङ्ख्या ८७४पुगेको छ । योसँगै कैलाली जिल्ला देशभरमै सबैभन्दा बढी कोरोना सङ्क्रमित जिल्लाको रुपमा देखिएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार बिहीबारसम्म कञ्चनपुरमा ३५१, डोटीमा ४७३, डडेलधुरामा २३०, बाजुरामा ३३७ बैतडीमा २३६, बझाङमा १२७, अछाममा २८८ र दार्चुलामा १७ जना सङ्क्रमित पुगेको बताउनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, सेती प्रादेशिक अस्पताल र वीरअस्पतालमा गरिएको नमूनाको परीक्षणमा बिहीबार एकै दिन सुदूरपश्चिम प्रदेशका ३३३ जनामा…

Read More

काठमाडौं: गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ । शुक्रबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) १९ जना, तनहुँमा ९, पर्वतमा ३ र बाग्लुङका १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमित संख्या १ हजार ६३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित ४ महिला छन् भने बाँकी १ बालकसहित २८ जना पुरूष छन् । भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) कावासोतीका १९ देखि ४९ वर्ष उमेर समूहका ११ जना पुरूष र २३ देखि ४० वर्षका ३ जना महिला छन् । यस्तै मध्यविन्दुका १० वर्षीय बालक, २४, २८ र ३३ वर्षका…

Read More

काठमाडौं: आगामी तीन दिन देशभर बदली हुने र केही स्थानमा वर्षासमेत हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार शुक्रबार देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ । मौसमविद गंगा नगरकोटीका अनुसार शुत्रबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । ‘कर्णाली प्रदेशमा भने आज भारी वर्षाको सम्भावना छैन तर हल्कादेखि मध्यम खालको वर्षा भने हुनसक्छ,’ मौसमविद नगरकोटीले भनिन् । शुक्रबारको वर्षासँगै नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा…

Read More

तम्घास: गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी ढाँटफाँट भन्ने स्थानमा पहिरो जाँदा दुई जना वेपत्ता भएका छन् । दुई जनालाई उद्धार गरिएको छ । इश्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्टले अनलाइनखबरसँग भने, ‘एक जना महिला र एक जना पुरुषलाई स्थानीयवासीले उद्धार गरे । अर्का एकजना महिला र एकजना पुरुष वेपत्ता छन् ।’ गाउँपालिका अध्यक्ष विष्टका अनुसार गएरातिदेखि परेको पानी कारण पहिरो जाँदा सो स्थानमा १५–२० घर जोखिममा समेत परेका छन् । उद्धारका लागि सदरमुकाम तम्घासबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीलाई बोलाइएको अध्यक्ष विष्टले बताए । घटनास्थल सदरमुकाम तम्घासबाट करिब तीन घण्टा पैदल दुरीमा पर्दछ । पहिरोले इश्मा गाउँपालिकाका अन्य वडाहरुमा…

Read More

काठमाडौं: सरकारले आगामी साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने र अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले असार १५ सम्मका लागि जारी गरिएको सो प्रावधान साउन ७ गतेसम्मका लागि बढाएको हो । अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले भारतसँगको सीमा बन्द गरिएपनि खाद्यबस्तु तथा मालवाहक ढुवानीलाई भने सहज गरिने जानकारी गराएका छन् । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावत बन्द गर्दै आएको छ ।

Read More

काठमाडौं: सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । सरकारले संघीय संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेपछि रोकिएर फेरि सुरू भएको बैठक करिब आधा घण्टा बसेर स्थगित भएको स्थायी कमिटी सदस्य बेदुराम भुषालले जानकारी दिए । झन्डै तीन घन्टा रोकिएर सुरू भएको बैठककाबीचमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग गरेको संवाद तथा राष्ट्रपतिसँग गरेको परामर्शबारे जानकारी गराएपछि शनिबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको भुषालले जानकारी दिए । बिहान बैठक स्थगित भएपछि ओलीसँग पनि छलफल गरेका प्रचण्ड राष्ट्रपतिलाई पनि भेट्न शीतल निवास पुगेका थिए । उक्त भेटमा उनले पार्टीको एउटा खेमामा नलागी अभिभावकीय भूमिका निर्वाह…

Read More