Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: भारतले अतिक्रण गरेको पश्चिमी सिमानाको नेपाली भूमि फिर्ता ल्याउन संघीय संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ। प्रतिनिधिसभाका ६ जना सांसदहरुले आइतवार उक्त संकल्प प्रस्ताव दर्ता गराएका हुन् । संकल्प प्रस्ताव दर्ता गराउने सांसदहरुमा गणेश ठगुन्ना, डा. दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटी छन् । प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ८४ बमोजिम संकल्प प्रस्ताव दर्ता गरिएको उनीहरुले बताएका छन् । संकल्प प्रस्तावमा भारतले अतिक्रमण गरेको भूभाग ऐतिहासिक तथ्य, प्रमाण, विभिन्न समयमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्साहरुले प्रमाणित गरेको उल्लेख छ। आइतबारै सांसद खगराज अधिकारीले पनि सोही विषयमा छुट्टै संकल्प प्रस्ताव दर्ता…

Read More

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेकको सीमा विवादमा भारतसँगै चीन पनि सहभागी भएको भन्दै समस्या त्रिदेशीरुपमा हल गर्नुपर्ने बताएका छन् । लिपुलेकमा भारत–चीनबीच सम्झौता भएको हुनाले लिपुलेक प्रकरण त्रिदेशीय समस्या बन्न गएको यथार्थ रहेको बताउँदै उनले यो समस्यालाई दुई देशले मात्रै हल गर्न अप्ठ्यारो हुने तर्क गरे । सिंहदरबारमा आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्यसमेत रहेका प्रचण्डले सीमा विवाद तत्काल उब्जिएको नभइ दशकौँदेखिको समस्या भएको र सबै तथ्यहरुको विष्लेषण गरी एउटा ठोस निचोडमा जानुपर्ने आवश्यकता औँल्याए । लिपुलेकलगायत सीमा समस्यासम्बन्धी विषयमा आफू पूर्वप्रधानमन्त्रीको हैसियतमा विगतमा भारत र चीनसँग छलफल गरेको बताउँदै…

Read More

काठमाडौं: करिब चार महिनापछि चीन उत्पादन भएका वस्तु आयातका लागि बाटो खुलेको छ। केही दिन अघि फलफूल र तरकारीमात्रै भित्रिएको तातोपानी नाकाबाट व्यवसायिक सामान आयात गर्न पाउने भएका छन्। तातोपानी भन्सार, स्थानीय र गाउँपालिकाबीच भएको छलफलमा चीनबाट अरु व्यवसायिक सामान पनि आयात गर्न पाउने सहमति भएको छ। यो निर्णयपछि चीनबाट तयारी पोशाक, जुत्ताचप्पल, इलेक्ट्रोनिक्सका सामान, सौन्दर्य प्रसाधनका सामानहरु आयात गर्न पाउने छन्। तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले तातोपानीबाट आयात सहज बनाउने निर्णय भएको जानकारी दिए। उनका अनुसार नाका सहज बनाएर चीनबाट आवश्यक सबै सामान ल्याउन दिने सहमति भएको छ। सहमति अनुसार गाउँपालिका र स्थानीय हेल्थपोष्टले सामान लिन जाने चालक र…

Read More

काठमाडौँ: अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेटमा हाल संचालनमा रहेका रुपान्तरणकारी आयोजना र कार्यक्रमहरुलाई कार्यान्वयनका लागि साधनहरु कमी हुने नदिने बताएका छन्। आगामी बजेटका प्राथमकिता र सिद्धान्तहरु सार्वजनिक गर्दै उनले बजेटमा सडक निर्माणलाई प्राथमिकतामा राखेको जानकारी दिए। आइतबार दुवै सदनमा सम्बोधन गर्दै खतिवडाले द्रुतमार्ग मार्ग, व्यापारिक मार्ग, उच्च गतियुक्त राजमार्ग, रणनीति र स्थानीय तहको केन्द्र जोड्ने तथा शाखा सडकहरुलाई आवश्यक स्रोत व्यवस्थापन गरिने बताए। उनका अनुसार बजेटमा सुरुङमार्ग, रेलमार्ग, जलमार्ग कार्यान्वयनलाई तीव्रता दिइने छ। शहरी क्षेत्रमा विद्यमान सवारी चापलाई व्यवस्थित गरि सुविधाजनक परिवहन सेवा उपलब्ध गराउन सार्वजनिक यातायात संचालनलाई प्राथमिकतामा राखिने छ। सुरक्षित आवास, महत्वपूर्ण सार्वजनिक भवन र अन्य शहरी…

Read More

काठमाडौं: नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएर सीमा मिचेपछि देशको पूर्ण नक्सा निकालेर यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न विज्ञले सरकारलाई सुझाव दिएका छन्। सीमा मिचिएपछि नेपालमा फेरि आफ्नो पूर्ण नक्साको चर्चा चलेको छ। नेपालले अहिलेसम्म लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको नक्सा बनाएर सार्वजनिकसम्म गर्न सकेको छैन। पटकपटक नेपालको सीमा मिचेको भारतले अटेर गरेर कुरासम्म नगरी महामारीको मौका छोपी सडक उद्घाटन गरेको हो। नेपालको कुरा भारतले नसुनेकाले अब यो विषय अन्तर्राष्ट्रियकरण गर्नुपर्ने पूर्वसचिव सूर्यनाथ उपाध्यायको सुझाव छ। उनले भने, ‘अब संयुक्त राष्ट्रसंघमा यो कुरा पु¥याउनुपर्छ। अन्तर्राष्ट्रियरुपमा यो विषय उठाउनुपर्छ।’ शान्ति र कूटनीतिबाट समस्या समाधान गर्ने नेपालको प्रयास भारतले नसुनेकाले अन्तर्राष्ट्रिय रुपमा…

Read More

गोरखा: जिल्लाको भीमसेन थापा गाउँपालिका–१ निवेलबाट रासायनिक मलमा कालोबजारी गरेको आरोपमा प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मल कालोबजारी गरेको आरोपमा हिमालयन गोरखा एग्रो फार्म प्रालिका सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । पक्राउ पर्नेमा फार्म सञ्चालक भक्तबहादुर श्रेष्ठ र फार्ममा काम गर्ने रेशम श्रेष्ठ रहेका छन् । मल बिक्रीको अनुमतिसमेत नभएको उक्त फार्मले किसानलाई प्रतिकिलो रु ३५ का दरले मल बिक्री गर्दै आएको प्रहरीले बताएको छ । सञ्चालक श्रेष्ठले फार्मको नामबाट मूल्यसूची टाँस नगरी अत्यधिक दरभाउ कायम गरी अनधिकृतरूपमा किसानलाई मल बेचेको भन्ने गुनासो आएपछि सदरमुकामबाट…

Read More

एजेन्सी: लियोनका अध्यक्ष जिन माइकल आउलासले च्याम्पियन्स लिगको अन्तिम १६ मा युभेन्टससँग आफ्नो टोलीको भिडन्त आगामी अगस्त ७ का लागि तय भएको बताएका छन् । कोरोनाभाइरसको महामारीका बीच सो खेल टुरिनभित्र खाली स्टेयिममा खेलाइने उनले जानकारी दिएका हुन् । फ्रेन्च पत्रिका आरटिएलसँग कुरा गर्दै आउलासले भने, ‘युभेन्टससँग हाम्रो खेल अगस्त ७ का लागि निश्चित भएको छ । यो टुरिनमा खाली स्टेडियममा खेलाइनेछ । लुकास टुसार्टको गोलको मद्दतले फ्रेन्च टोलीले पहिलो लेगमा अप्रत्यासित अग्रता लिएको छ । यता, आउलासले फ्रान्सको लिग वान रद्द गर्ने निर्णय विरुद्ध कानुनी कारवाहीमा जाने पनि बताएका छन् । लिगमा १० खेल खेल्न बाँकी…

Read More

काठमाडौं: संसदमा आजबाट विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सुरु हुँदै छ । ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्नेछन् । यसमा तीन दिनसम्म छलफल हुने छ । यो छलफललाई प्रिबजेट छलफल पनि भनिन्छ । नीति तथा कार्यक्रमपछि प्रिबजेट छलफल गर्नु उपयुक्त हुने भए पनि बजेट जेठ १५ मा पेश गर्नैपर्ने चापका कारण वैशाख २८ गतेबाटै पि्रबजेट छलफल गर्न लागिएको हो । सरकारको नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेश गर्ने कार्यक्रम छ । त्यसमा छलफल र छलफलमा उठेका जिज्ञासाको जवाफ दिने…

Read More

काठमाडौँ: विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (९ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो । यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ६, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १, बहराइन १, स्वीडेन १ जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक…

Read More

काठमाडौं: कानुनी रूपमा दर्ता नभए पनि सञ्चालनमा रहेका उद्योग व्यवसायले वार्षिक दुई खर्ब रुपियाँभन्दा बढी आम्दानी गर्ने पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७४ को प्रतिवेदनअनुसार त्यस्ता व्यवसायले दुई खर्ब ३३ अर्ब १५ करोड रुपियाँको आम्दानी गर्ने उल्लेख छ । त्यस्तै यी व्यवसायको वार्षिक खर्च एक खर्ब ६१ अर्ब १४ करोड रुपियाँ रहेको र नाफा करिब ७२ अर्ब रुपियाँ पुग्ने पनि प्रतिवेदनमा उल्लेख छ । विभागका अनुसार गणनाको क्रममा देशभर चार लाख ५८ हजार ८५७ त्यस्ता व्यवसाय दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ । सञ्चालनमा रहेका त्यस्ता प्रतिव्यवसायको आम्दानी औसतमा ५० करोड ८० लाख रुपियाँ…

Read More