Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड- १९) महामारीविरुद्ध लड्न सरकारभन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् । सात प्रदेशका मुख्यमन्त्रीहरुसँग शुनिबार भएको भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी र सफल रूपमा काम गरिरहेको बताए । दुष्प्रचार गर्नेहरूबाट प्रभावित नहुन नहुने भन्दै उनले भने, ‘१५ दिन घरमा बस्दै बीचबीचमा निर्देशन दिएजस्तो गर्ने कुनै संयन्त्र आवश्यकता छैन ।’ विहान साढे ११ देखि पौने चार बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले पालैपालो मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका थिए । कुराकानीका क्रममा उनले लकडाउन त्काल अन्त्य नहुने समेत बताएका छन् । संक्रमण फैलिन नदिन सबै सचेत हुनु पर्ने भन्दै उनले…
काठमाडौं: कोरोनाविरुद्धको लडाइँलाई जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै, यही विषम् अवस्थामा केही ठूला आयोजनासमेत सञ्चालन गर्ने निर्णय गरेको छ । यसै सन्दर्भमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग राष्ट्रिय समाचार समिति (रासस) ले विशेष अन्तर्वार्ता गरेको छ । राससका लागि सम्वाददाता रमेश लम्सालले मन्त्री पुनसँग गरेको अन्तर्वार्ताको सम्पादित अंशः सरकारले विशेषगरी विद्युत्को खपत बढाउने लक्ष्यका साथ महसुल…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई मुटुमा समस्या देखिएपछि बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारार्थ भर्ना हुनुभएको छ । गएराति मुटुमा अचानक समस्या देखिएपछि उहाँलाई आज सो अस्पतालमा भर्ना गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सल्लाहकार डा भट्टराईको कोरोनरी आर्टरीको प्राइमरी एन्जिओप्लास्टी गरिएको छ ।
काठमाडौं: विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अहिले विश्वभर सामाजिक दूरी कायम राख्न गरिएका प्रयास छिटै खुकुलो पार्दै जाने हो भने कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या उल्लेख्य मात्रामा बढ्न सक्ने चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेससले केही मुलुकले आर्थिक समस्याको सामना गर्नुपरेको भए पनि सामाजिक दूरी कायम राख्न गरिएका प्रयास खुकुलो पार्ने विषयमा भने सतर्क हुनुपर्ने बताए । बीबीसीका अनुसार यूरोपको सबैभन्दा प्रभावित मुलुकहरु स्पेन र इटालीले मुलुकमा लगाइएको केही प्रतिबन्ध खुकुलो पार्ने तयारी भइरहेको छ । तर, उनीहरुको लकडाउन भने जारी छ । अहिले विश्वभर संक्रमितको संख्या १६ लाख नाघिसकेको छ भने मृत्यु हुनेको संख्या…
काभ्रेपलाञ्चोक: कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोकका स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण कार्यलाई निरन्तरता दिनुभएको छ । बाँस्कोटाले १३ स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीका लागि हाल ठूलो परिमाणमा स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको हो । उहाँले १९५ पिपीइ (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट), २५० मिलीटिलरको २२९ स्यानिटाइजर तथा चार हजार सर्जिकल मास्क उपलब्ध गराउनुभएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सदस्य जेनिस लामाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका स्वास्थ्य संस्थामा पिपीइको निकै अभाव थियो । बाँस्कोटाले यसअघि छ स्थानीय तहका लागि ९८० स्यानिटाइजर र ८५० सर्जिकल मास्क उपलब्ध गराउनुभएको थियो । उहाँद्वारा जिल्लामा उपलब्ध स्वास्थ्य…
काठमाडौँ: टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हँुदैछन् । कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अस्पतालका निर्देशक डा सागर राजभण्डारीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा उपचारको क्रममा रहेका कोभिड सङ्क्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ । दुई दिनभित्र अन्तिम रिपोर्ट आउनेछ, त्यो रिपोर्ट नेगेटिभ देखिएमा डिस्चार्ज गरिनेछ ।” टेकु अस्पतालमा अहिले कोभिड शङ्कास्पद नौ जनाको उपचार भइरहेको छ । यीमध्ये दुई जनामा कोभिड पोजेटिभ देखिएको छ भने बाँकी सात जनाको नेगेटिभ छ…
काठमाडौँ: नेपाल प्रहरीका १० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरिएका छन्। १० जनामा सुदूरपश्चिमका दुई जना परेका छन्। डीआईजी बढुवाका लागि सिफारिस हुनेमा तेश्रो नम्वरमा डडेल्धुराका बसन्तकुमार पन्त रहेका छन। उनी अहिले प्रहरी प्रधान कार्यालय तालिम महाशाखा नक्साल काठमाडौँमा कार्यरत छन्। उनी २०४९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए। यस्तै बैतडी पुर्चाैडीका रवीन्द्रबहादुर धानुक बढुवको आठौँ नम्वरमा छन्। उनी अहिले प्रहरी प्रधान कार्यालय कार्य विभाग महाशाखा नक्सालमा कार्यरत छन्। उनले पनि २०४९ सालमै प्रहरी सेवा सुरु गरेका थिए। गृह मन्त्रालयको बढुवा समितिले शुक्रबार १० जनालाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको…
काठमाडौं: सरकारले प्रहरी नायवमहानिरीक्षक (डिआइजी)को दरवन्दी कटौति गरेको छ। नेपाल प्रहरीको प्राविधक बाहेक २६ डिआइजीको दरवन्दी रहेकोमा त्यसलाई घटाएर १४ कायम गरेको छ। गृहमन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट विहिबार दिउसो नेपाल प्रहरीमा प्राविधिक बाहेकको डिआइजीको दरबन्दी १४ रहेको पत्र पुगेको हो। दरवन्दी कटौतिसँगै नेपाल प्रहरीभित्र असन्तुष्टि समेत बढेको छ। हाल ७५ हजारको संख्यामा रहेको प्रहरी संगठनभित्र प्रहरी महानीरिक्षक एक प्रशासनिक एआइजी ३ प्राविधिक एआइजी १ र प्रशासनिक डिआइजी २६ र प्राविधिक डिआइजीको दरवन्दी ८ रहेको थियो। यसअघि गृहमन्त्रालयले प्रहरी महानीरिक्षक ठाकुर ज्ञावालीसँग प्रहरी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) प्रस्ताव मागेको थियो। तर मन्त्रिपरिषद बैठकले सो प्रस्तावविनै दरवन्दी…
काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब नकाटिएको प्रस्ट पारेको छ । कोभिड-१९ बारे जानकारी दिन शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले मन्त्रिपरिषद्ले विभिन्न तहका कर्मचारीको तलब कट्टा गर्ने निर्णय गरे पनि मन्त्रालयले निर्देशन जारी नगरेको जानकारी दिएका हुन् । उनले तलब कट्टा नगरिएको भन्दै उच्च मनोबलका साथ काम गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे। ‘चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न तहका कर्मचारीहरुको ३ देखि ७ दिनसम्मको तलब कट्टा गरेर कोषमा राख्ने निर्णय गरेको थियो’, प्रवक्ता देवकोटाले भने, ‘स्वास्थ्य मन्त्रालयबाट चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका तलब कट्टी गर्ने निर्देशन जारी गरिएको छैन। र, हालसम्म कट्टी गरिएको पनि…
काठमाडौँ: लकडाउनको अवधिमा सीमामा रोकिएका नागरिकको हेरचाहको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन सम्वाद गरेका छन्। ओलीले शुक्रबार बिहान मोदीसँग कुरा गरेको ट्वीटरमार्फत जानकारी दिएका छन्। आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग @narendramodi टेलिफोन संवाद गरें । कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं । लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं । सम्वादमा सीमामा रहेका नागरिकलाई हेरचाह गर्ने र आपूर्ति व्यवस्ता सहज र सुचार बनाउने विषयमा कुरा भएको छ। यता भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री ओलीसँग टेलिफोन सम्बाद भएको जानकारी गराउँदै…
