Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

धुलिखेल: राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भौतिक पूर्वाधारको जगमा टेकेर शिक्षाको गुणस्तर बढाउन आवश्यक रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–५ चारकिल्लामा रहेको ग्रामोन्नति माध्यमिक विद्यालयको नवनिर्मित १२ कोठे विद्यालय भवन मङ्गलबार उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उनले भौतिक संरचनाको संरक्षण र सम्वद्र्धन गर्ने जिम्मा गाउँपालिकाको भएका बताए । शिक्षालाई गुणस्तरयुक्त बनाउन प्राप्त सूचना प्रविधिको सुविधालाई अवलम्बन गरेर अगाडि बढ्न आवश्यक रहेकोमा उनले जोड दिए । सो क्रममा उनले स्थानीय बासिन्दाको सक्रिय सहभागितामा निजी आवास पुनःनिर्माणको काम भइरहेकाले अब त्यसलाई सम्पन्न गर्न लाभग्राहीलाई आग्रह गरे । लाभग्राहीले नयाँ घर पनि बनाउने र पुराना घर पनि जस्ताको…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ कार्यान्वयन गर्न निर्देशन दिएको छ । सरकारले गत कात्तिक २७ गते स्वीकृत गरेको कार्यविधि कार्यान्वयन गराउन केन्द्रीय बैंकले निर्देशन दिएको हो। राष्ट्र बैंकले कोभिड– १९ को प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि‚ २०७७ कार्यान्वयन ल्याएको हो । यो कार्यविधि अनुसार कोरोना प्रभावित व्यवसायीलाई ५० अर्ब रूपैयाँ बराबरको सहुलियत कर्जा प्रदान गरिनेछ । कार्यविधि अनुसार बैंक तथा वित्तीय संस्थाहरुले कोभिडबाट प्रभावित भई श्रमिक र कर्मचारीको पारिश्रमिक भुत्तानी गर्न नसकी कर्जाको अभावमा उद्योग व्यवसाय संचालन गर्न समस्या परेका घरेलु, साना तथा मझौला…

Read More

काठमाडौँ: चन्द्रागिरी हिल्स लिमिटेडको साधारण शेयर (आईपीओ) मंसिर १७ गतेदेखि खुला हुने भएको छ । हिल्सले २०७७ मंसिर १७ गते देखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि प्रतिशेयर १०० रुपैयाँका दरले ३ लाख ६ हजार ८१९ कित्ता शेयर निष्काशन गर्ने भएको हो । यस आईपीओमा आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गा.वि.स.को वडा नं. ३, ४, ५, ६, ७, ८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० का नागरिकले मात्र आवेदन दिन पाउनेछन् । आईपीओमा पुस १ गतेसम्म…

Read More

काठमाडौँ: ६ वर्षीया बालिका गुलाप्सा खातुनको बलात्कारपछि हत्याको विरोधमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेका एक जनाको मृत्यु भएको छ । प्रहरीको गोलीबाट गम्भीर घाइते भएका बुद्धिराज न्यौपानेको मृत्यु भएको हो । उनको उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेका बर्दिवास १ का ४३ वर्षे न्यौपानेको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचार गर्न हिजै काठमाडौँ ल्याइएको थियो । काठमाडौँको ग्राण्डी अस्पतालमा उपचाररत उनको उपचारकै क्रममा मृत्यु भएको हो । तीघ्रामा गोली लागेका उनको अत्यधिक रक्तस्रावबाट मृत्यु भएको स्थानीयले बताएका छन् । प्रदर्शनमा प्रहरीको गोली लागेका अफताब आलम र श्याम कार्कीको अवस्था…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्माओलीले बुधबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा सुभकामना संदेश जारी गरेका छन् । आज एक संदेश जारी गर्दै उनले भनेका छन्, ” नेपालको संविधानले लैङ्गिक लगायत सम्पूर्ण क्षेत्रमा समानताको सिद्धान्त आत्मसात गरेको छ । सरकारले महिला बिरुद्ध हुने सबै किसिमका हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ । सरकारले हिंसा पीडितलाई क्षतिपूर्तिको व्यवस्था, शिक्षा, स्वस्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्रदान गर्ने व्यवस्था गरेको छ।” उनले भने, संविधानको धारा ३८ मा मौलिक हक अन्तर्गत महिलालाई लैंगिक भेदभावरहित समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी हक, पीडितलाई क्षतिपूर्ति पाउने हक,…

Read More

काठमाडौँ: महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको हत्याको विरोधका क्रममा भएको प्रदर्शनका क्रममा थप एक जनाको प्रहरीको गोली लागेर मृत्यु भएपछि हुनसक्ने सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले पूर्वमा रातुखोला, पश्चिममा बर्दिबास माइस्थान, उत्तरमा बर्दिबास ३ पाटु र दक्षिणमा रामानन्द चोक चार किल्ला कायम गरेर निषेधाज्ञा जारी गरिएको जानकारी दिए । प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को काठमाडौंमा उपचारको…

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टामा मंगलबार थप १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ८१ हजार २९९ परीक्षणहरु गरिएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १७ हजार ८५९ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६२७ जना रहेका छन् । २४ घण्टामा २ हजार ७९१ कोरोनामुक्त, २४ को मृत्यु मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ७९१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख ४…

Read More

बैतडी: बैतडीको दशरथचन्द नगरपालिका-१० बुड्डामा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दिउँसो साढे १ बजेतिर ना १ ज २१९६ नम्बरको जीप सडकबाट एक सय मिटर तल खस्दा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनामा परि बैतडीको दशरथचन्द नगरपालिका-५ बस्कोटकी पार्वती चन्द , पाटन नगरपालिका-५ की पार्वतीदेवी चन्द , पाटन नगरपालिका-५का भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका-२ देहिमाडौंका कृष्ण लावड र सुनर्या गाउँपालिका-४ की कलावती चन्दको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । मृतक र…

Read More

काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये महिला ७२१ र पुरुष १०६९ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमा प्रदेश १ मा २४९, प्रदेश २ मा ३७, बागमती प्रदेशमा १०७८, गण्डकी प्रदेशमा १४८, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा ७६ जना रहेका छन् । यस्तै काठमाडौं उपत्यकामा ९४७ संक्रमित थपिएका छन् । संक्रमितमा महिला ४१० र पुरुष ५३७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा २७९१ जना संक्रमणमुक्त हुँदा २४ जनाको ज्यान समेत गएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८…

Read More

काठमाडौँ: चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको क्रममा मंसिर १४ गते नेपाल आउँदैछन् । उनी नेपाल–चीन सम्बन्धको ६५औं वर्षगांठका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन नेपाल भ्रमणमा आउन लागेका हुन् । त्यो भन्दा अगाडि अर्थात मंसिर ११ गते भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुई दिने (मंसिर ११ र १२ गते) भ्रमणका लागि नेपाल आउने कार्यतालिका तय भएको छ । भ्रमणमा क्रममा श्रींगलाले नेपाली समकक्षी भरतराज पौडेलसँग औपचारिक वार्ता गर्नेछन् । त्यस्तै उनले अन्य राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । श्रृंगलाको भ्रमण नेपाल–भारतबीच उच्च स्तरीय भ्रमणको आदानप्रदानको निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । गत पुषमा भारतको विदेश सचिव…

Read More