Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: चालु आर्थिक वर्ष २०७७/७८ को दश महिना अर्थात बैशाख मसान्तसम्मा नेपालमा ८ खर्ब ०९ अर्ब ८९ करोड रुपैयाँ विप्रषण (रेमिट्यान्स) भित्रिएको छ । गत आवको यसै अवधिको तुलनामा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या ६० प्रतिशतले घटेपनि नेपालमा भित्रने रेमिट्यान्स भने बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । बैशाख मसान्तसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्क छ ।…
काठमाडौँ: निरन्तरको वृद्धिसँगै शेयर बजारको पूँजीकरणको आकार पनि अहिलेसम्मकै सबैभन्दा ठुलो भएको छ । सोमबार मात्र शेयर बजार परिसुचक नेप्से ४२.७२ अंकले उकालो लाग्दा ९४ कम्पनीको शेयर मूलय बढेको छ । यस दौरान समग्र बजार पूँजीकरण पूँजीकरण ६० अर्ब रुपैंयाले बढेको छ । वाणिज्य बैंक, होटल, उत्पादन, बीमा र वित्त कम्पनीको सूचक मापन गर्ने उपसमुहहरुमा आएको सुधारले बजार पूँजीकरणको आकार बढाएको हो । सोमबार समग्र बजार पूँजीकरण ४२ खर्ब १६ अर्ब रुपैंया कायम भएको छ । आइतबार ४१ खर्ब ५६ अर्ब रुपैंया बजार पूँजीकरण कायम भएको थियो । बजार पूँजीकरणको यो आकार इतिहासकै सबैभन्दा ठुलो आकार हो । गत मंगलबार…
काठमाडौँ: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ३० प्रतिशत कर्मचारीबाट केन्द्रीय कार्यालयबाट सेवा प्रवाह गर्न निर्देशन दिएको छ । यस अघि २० प्रतिशत कर्मचारीबाट मात्र सेवा प्रवाह गर्न दिइएको निर्देशनलाई परिमार्जजन गर्दै राष्ट्र बैंकले कर्मचारीको संख्या १० प्रतिशतले वृद्धि गर्न निर्देशन दिएको हो । इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै केन्द्रीय बैंकले केन्द्रीय कार्यालयको हकमा एक तिहाई र शाखा कार्यालयको हकमा न्यूनतम कर्मचारी राखेर सेवा सञ्चालन गर्न भनेको हो । यसअघि जेठ १९ गते राष्ट्र बैंकले बैंकहरुलाई केन्द्रीय कार्यालयमा बढीमा २० प्रतिशत र शाखा कार्यालयमा बढीमा २५ प्रतिशत कर्मचारी राखेर सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो…
काठमाडौँ: भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले लकडाउन खुल्नेबित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन् । मन्त्री नेम्वाङले पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्ने क्रममा रेल विभागलाई लकडाउन खुल्न वित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पुरा गर्न निर्देशन दिएका हुन् । नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराहरूको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा आउनुपर्ने उनले बताए । उनले भने– ‘रेल सञ्चालनका लागि अध्यादेश जारी गरिसकेका छौँ । यति हुँदाहुँदै पनि हामीले रेललाई समयमा सञ्चालन गर्न सकेका छैनौँ । कोभिड महामारीले बाधा पुर्याएको…
काठमाडौँ: एमाले उपाध्यक्ष वामदेव गौतम र उपप्रधानमन्त्री समेत रहेका नेता विष्णु पौडेलबीच लामो भेटवार्ता भएको छ । गौतमलाई भेट्न पौडेल सोमबार बिहान नौ बजे गौतम निवास पुगेका थिए । उनीहरुबीच नौ बजेदेखि १ बजेसम्म कुराकानी भएको बुझिएको छ । दुई नेताबीचको भेटवार्तालाई उपाध्यक्ष गौतमको सचिवालयले भने सामान्य कुराकानी भनेको छ । ‘सामान्य कुराकानी भन्ने कुरा छ तर त्यसक्रममा पार्टी विवाद र एकताबारे कुराकानी हुनु स्वभाविक हो’ गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीको भनाइ छ । सर्वोच्च अदालतले एमाले महाधिवेशन आयोजक कमिटीका नाममा भएका कारवाहीका निर्णयलाई मान्यता नदिने आदेश दिएपछि २०७५ जेठ २ कै अवस्थाकै संरचनामा पार्टी बैठक बोलाउने कि के…
वासिङ्टन डिसी, ३१ जेठ (रासस) : नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ । यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसङ्घको आगामी महासभाबाट पारित गर्ने तयारी रहेको छ । उक्त प्रस्ताव अनुमोदन गर्नका लागि राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्ले आगामी महासभामा पेश गर्न सैद्धान्तिक सहमतिसमेत प्रदान गरिसकेको छ । यस पटकको राष्ट्रसङ्घको महासभा सेप्टेम्बर महिनामा बस्दैछ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख अमृत राईका अनुसार संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हालै न्यूयोर्कमा सम्पन्न बैठकले समेत नेपाललाई कम आय भएको मुलुकबाट मध्यमस्तरको आय भएको मुलुकका रूपमा स्तरोन्नति गर्न नेपाल सक्षम…
काठमाडौँ: नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगले थलिएर ओछ्यानमै रहनुभएका अधिकारीलाई कोभिड सङ्क्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो । उहाँको आइतबार राति ११ बजे निधन भएको कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले राससलाई जानकारी दिनुभयो । विस १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मनुभएका अधिकारी विसं २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । स्व अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । –––
गण्डकी, ३१ जेठ (रासस) : गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्वमुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पार्नुभएको छ । मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि आइतबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले पूर्वमुख्यमन्त्रीको सुविधा थपेर आर्थिक बढाउन नखोजिएको उहाँले स्पष्ट गर्नुभयो । सुविधा थपेर आर्थिक भार बढाउन खोजिएको भन्ने विभिन्न सामाजिक सञ्जालमा प्रतिक्रिया आएपछि उहाँले भन्नुभयो, “जहाँसम्म नागरिकको चासो छ, हामी उहाँहरुको सम्मान गर्छौँ ।” प्रदेशमा बनेका हालसम्मका कानूनमा पूर्व मुख्यमन्त्रीका बारेमा कहीँकतै उल्लेख नभएकाले मर्यादाक्रम, सुरक्षा व्यवस्थालगायत विषयलाई कानून बनाएर व्यवस्थित बनाउन खोजिएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । बैठकमा…
काठमाडौँ: प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल–झलनाथ खनालसहितको स्थायी कमिटी बैठक बोलाउने तयारी गरिरहेका छन्। ओली पक्षका एक नेताका अनुसार अध्यक्ष ओलीले यसअघि नेपाल–खनाल पक्षलाई एकताका लागि राखेको ६ बुँदे प्रस्तावका आधारमा २०७५ जेठ २ गते कायम स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेका हुन्। ती नेताका अनुसार यस विषयमा ओली निचोडमै पुगिसकेका त छैनन्, तर तयारी गरिरहेका छन्। ओलीले नेपाल–खनाल पक्षको सहमति चाहिरहेका छन्। तर नेपाल–खनाल पक्षले ओलीले गरेको एकता आह्वानमा विभिन्न सर्त राख्दै अस्वीकार गरिसकेको छ।
काठमाडौं: विद्यालयहरुले विद्यार्थीको विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा आगामी असार २० गतेसम्म बुझाउनु पर्ने भएको छ । उक्त नतिजा उनीहरुले सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा बुझाउनुपर्ने भएको हो । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले सो अवधिभित्र विद्यार्थीको एसईईको नतिजा जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने निर्णय गरेको हो । ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गर्दै बोर्डले उक्त नतिजा असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने निर्णय गरेको हो । नयाँ कार्यविधि अनुसार एसईईमा विद्यार्थीको मूल्यांकनको मुख्य अधिकार विषय शिक्षकलाई हुने बोर्डले जनाएको छ । विषय शिक्षकलाई विद्यार्थीको क्षमता बढी थाहा हुने भएकोले उक्त अधिकार विषय शिक्षकलाई दिईएको…
