Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

सर्लाही: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग रहेको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको छैटाैँ सिन्धुली महोत्सवको आज उद्घाटन गर्दै उहाँले मुलुकको अस्वस्थ अर्थतन्त्र सुधारका लागि सरकारले विशेष योजना अघि सारेको बताउनुभयो । उहाँले उद्योगहरुको उत्पादन बढाउनका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो । आर्थिक नीति र मौद्रिक नीतिमा सुधारका लागि क्षमता अनुसार काम गर्ने उहाँको भनाइ छ । चालु आवको बजेटमार्फत् राष्ट्रिय उत्पादन र उपभोग बढाउने नीति लिइएको र सोही अन्तर्गत नेपाली उत्पादन र उपभोग कार्यक्रम १० वर्षे अभियान सुरु भएको उहाँले जानकारी दिनुभयो । उहाँले यस वर्ष…

Read More

काठमाडौँ: मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाले अधिकतम ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल उपलब्ध गराउने भएको छ । यसका लागि महानगरले महानगरपालिकाभित्र विद्युत् उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्ज र सिमरासँग वितरण केन्द्रसँग छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर गरी सो कार्य अघि बढाएको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो । नेपाल सरकारले २० युनिटसम्म प्रयोग गर्ने घरेलु प्रयोगकर्ताको विद्युत् महसुलमा शत प्रतिशत छुट दिने निर्णय गरेको थियो । महानगरपालिकाले जम्मा १० युनिटको प्रतियुनिट छ रुपैयाँ ५० पैसाको दरले रु ६५ र न्यूनतम शूल्क रु ५० गरी प्रतिपरिवार रु एक सय १५ का…

Read More

काठमाडौँ: चालु आर्थिक वर्षको ५ महिना अर्थात साउनदेखि मंसिरसम्ममा मुलुकको कूल व्यापार घाटा झण्डै ६ खर्ब रूपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत मंसिर मसान्तसम्मको विवरण अनुसार व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रूपैयाँ नाघेको छ । गत वर्षको सोही अवधिमा नेपालले ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको थियो । जुन १८.७७ प्रतिशतले कमी हो । पाँच महिनाको अवधिमा देशको कूल व्यापार ७ खर्ब ३२ अर्ब बराबर भएको विभागले जनाएको छ । यस्तै, सो अवधिमा कूल ६ खर्ब ६४ अर्बको आयात हुँदा ६७ अर्ब ३० करोड रूपैयाँ बराबरको मात्र…

Read More

काठमाडौँ: कुख्यात अपराधी चार्ल्स सोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट आज छुट्ने भएका छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी आज जेलमुक्त भएका हुन् । शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ । हिजो छुटन उनले नमानेपछि आज अध्यागमन लैजाइने भएको हो । सर्वोच्चले उनलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन भनेको छ । बुधबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै उनलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो । जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकेको अवस्थामा…

Read More

काठमाडौँ: हेफर इन्टरनेसनल नेपालले उन्नत जातका ४२ वटा बाच्छाबाच्छी नेपाल ल्याएको छ । कोरियाबाट एसियाना एयरलाइन्सको जहाजमा ल्याइएका बाच्छाबाच्छी आज साँझ ५ बजे काठमाडौँ आइपुगेको हेफर नेपालले जानकारी दिएको छ । हेफरले नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गर्ने १ सय २१ बाच्छा र बाच्छीमध्ये आज ४२ वटा काठमाडौँ आइपुगेका हुन् । आज आइपुगेकामध्ये ३६ बाच्छी र ६ बाच्छा रहेका छन् । निःशुल्क रूपमा उपलब्ध गराउने ती बाच्छी र बाच्छा सबै ६ देखि ९ महिनाका छन् । शुद्ध होलेस्टेन जातिका भनिएका ती बाच्छी डेढ वर्षपछि ब्याउन योग्य हुनेछन् र एउटा ब्याएको गाईले दैनिक ३० लिटर दूध दिने बताइएको छ । पहिलो चरणमा…

Read More

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बन्ने बताएका छन्। सांसदको शपथ लिएपछि आज नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले अहिलेकै गठबन्धनले नयाँ सरकार बनाउने बताए। ‘यही गठबन्धनबाट सरकार बन्छ। को प्रधानमन्त्री बन्ने सल्लाह हुँदैछ,’ प्रचण्डले भने। गठबन्धनमा पहिले को प्रधानमन्त्री बन्छ भन्ने प्रश्नमा उनले सल्लाह भइरहेको प्रतिक्रिया दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन पुस १० गतेसम्मको समय दिएकी छन्।

Read More

काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बङ्गलादेशका उद्योगी एवम् व्यवसायीसँग आज छलफल गरेको छ । नेपाल भ्रमणमा रहेको बङ्गलादेशको उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकासमार्फत व्यावसायिक गतिविधि बढाउने सहमति भएको हो । नेपाल बङ्गलादेश बीचको कूटनीतिक सम्बन्ध ५० वर्ष पूरा भएको सम्बन्धमा दुई राष्ट्र बीचका व्यावसायिक प्रतिनिधिबीच, ऊर्जा, पर्यटन, उद्योगलगायत क्षेत्रमा सहकार्य गर्ने सहमति भएको हो । अध्यक्ष मल्लले भने, ‘नेपाल, भारत र बङ्गलादेशबीच ऊर्जा व्यापारका लागि त्रिपक्षीय सम्झौता भएको छ । यसको प्रभावकारी कार्यान्वयनसँगै लगानीका लागि हामी आह्वान गर्दछौँ ।’ बङ्गलादेशमा सडक सञ्जालसँगै हवाई सम्पर्क विस्तार गरेर नागरिकको तवरबाट पनि सम्बन्ध विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले…

Read More

काठमाडौँ: नेपालमा छिमेकी मुलुकमा देखिएका कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले छिमेकी मुलुकमा देखिएको वी.एफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट नेपालमा फेला नपरेको जानकारी दिए। उनका अनुसार एक महिनामा देशका विभिन्न ठाउँबाट संकलन गरिएका नमुनाको ‘जिन सिक्वेन्सिन’ गर्दा वीएफ ७ नामक प्रजातिको भेरियन्ट फेला नपरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ४८ नमुना परीक्षण गर्दा सबैमा ओमिक्रोन भेरियन्ट फेला परेको उनले बताए । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले केही देशमा सङ्क्रमणको नयाँ भेरियन्ट पुष्टि हुँदै फैलिँदै गरेको अवस्थामा मन्त्रालयले निगरानी बढाउने एवम् सम्बन्धित देशसँग समन्वय गर्ने कार्य भइरहेको जानकारी दिए । नेपालमा…

Read More

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले म्याग्दी जिल्लाको अन्नपूर्ण गाँउपालिका वडा नं ६, पोखरेबगरमा बैंकको ५२औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक बेनी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यस एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९२ शाखा, २७१ एटिएम, २८३ शाखा रहित बैंकिङ्ग सेवा, ५२…

Read More

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनमा अब ढिलाइ नहुने बताएका छन्। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महेन्द्रराय यादवसँगको कुराकानी देउवाले सरकार गठनमा विलम्ब नहुने बताएका हुन्। बिहीबार बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनमा रहेका सबै दलको सम्मान हुनेगरी सरकार निर्माण हुने बताए। ‘गठबन्धनभित्रका सबै दलको सम्मान हुनेगरी सरकार बन्छ। नयाँ सरकार गठनमा अब ढिलाइ हुँदैन। सबैको सम्मान हुनेगरी शक्ति बाँडफाँट हुन्छ,’ देउवाको भनाइ उद्धृत गर्दै यादवले सेतोपाटीसँग भने। नेपाल समाजवादी पार्टीले नयाँ संसदबाट नागरिकताको विषय टुंग्याउनुपर्ने र अब गठन हुने सरकारले जनतालाई सुशासनको अनुभूति दिलाउनुपर्ने सुझाव प्रधानमन्त्री देउवालाई दिएको छ। भट्टराई र यादवले नेपाली कांग्रेसको…

Read More