Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
तनहुँ: अविरल वर्षासँगै आएको पहिरामा पुरिएर तनहुँमा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अञ्जनाको निधन भएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए। कमलाका २० वर्षीय छोरा राजेश भने बेपत्ता छन्। कमलाका पति केशरबहादुरलाई भने उद्धार गरी उपचारका लागि अस्पताल ल्याउने तयारी गरिएको छ। सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिराले पुरिएर मृत्यु…
काठमाडौं: सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा मुलुकका विभिन्न भागमा भएका बाढी र पहिरोका घटनाबाट १३४ घर पूर्णक्षति भएको गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने बताए । विसं २०७२ को भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक, गोरखा र रसुवालगायतका जिल्ला नै बाढी पहिरोबाट अति जोखिम क्षेत्रका रुपमा रहेको जानकारी दिँदै गृहमन्त्रालयले हालसम्मको अवस्था विश्लेषणबाट प्रदेश नं २ का जिल्लामध्ये रौतहट बढी प्रभावित पाइएको बताएको छ । बाढी पहिरोबाट १४ जिल्लाका ११ हजार घर उच्च जोखिमा रहेकामा ७०७ घर भने तत्काल स्थानान्तरण…
काठमाडौं: पछिल्लो २४ घण्टामा नेपालमा १४४ जना कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमित मध्ये ९ जना काठमाडौं उपत्यकाका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङका क्रममा भक्तपुरमा १, ललितपुरमा ५ र काठमाडौं ३ गरी उपत्याकामा ७ जना नयाँ संक्रमित थपिएका जानकारी दिएको छ। यो सँगै नेपालमा कूल संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले ५२५ जना रेडजोनमा रहेको बताए। सोमबार जम्मा २५ वटा प्रयोगशालामा ५ हजार ८०६ वटा पीसीआर परीक्षण गरिएको उनले बताए। आज एक हजार ७०५ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्। यो सँगै आजसम्म १० हजार २९४ जना डिस्चार्ज भएका…
काठमाडौं: दुई वर्षदेखि निक्षेपको ब्याज दरमा भद्र सहमति गरेको बैंकर्स संघले आजबाट ब्याज निर्धारण गर्ने जिम्मा बैंकहरुलाई छाडदिएको छ। २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिहरु बीच भएको छलफलमा ब्याज निर्धारण गर्ने जिम्मा बैंकहरुलाई छाडिएको हो। बैंकिङ प्रणालीमा अहिले तरलता फालाफाल भएका कारण लागत धान्न गाह्रो भएको भन्दै बैंकहरुले ब्याज दर घटाउनु पर्ने धारणा राखेका थिए। बैंकर्स संघले सर्वसाधारण निक्षेपकर्तालाई मार नपर्ने गरी ब्याज घटाउन बैंकहरुलाई नै छाडिदिएको हो। पछिल्लो भद्र सहमतिअनुसार अहिले संस्थागत मुद्दती निक्षेपको ब्याज दर ७ प्रतिशत छ। सर्वसाधारण मुद्दतीको साढे ८ प्रतिशत र बचतको साढे ५ प्रतिशत छ। अब बैंकहरुले साउन १ गतेबाट आफ्नो…
काठमाडौं: मयूर यातायातले काठमाडौंमा यात्रु सेवा थालेको छ । सरकारले तोकेको मापदण्डअनुसार सेवा सुरु गरिएको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए । यातायात समितिहरुलाई कम्पनीमा बदल्ने निर्णय भएका बेलामा पनि मयूरले समितिको सिन्डिकेट तोड्दै गाडी चलाएको थियो । अहिले पनि ठूला कम्पनीहरुले विभिन्न शर्त तेर्स्याएर बस नचलाउने निर्णय गरेका बेल मयूरले सोमबारबाट ६ वटा बसमार्फत सेवा थालेको हो । कम्पनीले काठमाडौं-धुलिखेल-पनौती रुटमा दुई वटा बस चलाएको छ भने रिंगरोडमा ४ वटा बस चलाउन थालेको छ । ‘गाडीको ब्याट्री राख्ने र मर्मतको काम भइरहेको छ,’ श्रेष्ले भने,’पर्सीसम्म हामी २०/२२ वटै बस निकालिसक्छौं ।’ कम्पनीसँग ४४ वटा बस छन् । तर, यात्रुको…
काठमाडौं: सोमबार सुनको मूल्य तोलाको ९२ हजार ३ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिनका तुलनामा सोमबार सुन २ सय रुपैयाँले बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तोलाको ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी पनि थोरै बढेको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी तोलाको ९ सय ८० रुपैयाँ थियो।
काठमाडौं: केही भारतीय सञ्चार माध्यममा नेपालबारे आएका समाचारलाई ‘झूटो, आधारहिन र असंवेदनशील’ भन्दै नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस सम्बन्धमा भारतलाई कूटनीतिक नोट पठाउँदै परराष्ट्र मन्त्रालयले ‘ती समाचार सामग्रीले नेपाल र यसको नेतृत्वको अपमान गरेको’ उल्लेख गरेको छ। ‘त्यस्ता समाचार सामग्रीले गलत सूचना दिएर भ्रम छर्नुका साथै सभ्य समाजमा अपेक्षा गरिने न्यूनतम सार्वजनिक शिष्टता र मर्यादा उल्लंघन गरेको छ,’ नेपालले पठाएको कूटनीतिक नोटमा उल्लिखित विवरण उद्धृत गर्दै परराष्ट्र स्रोतले भन्यो, ‘केही भारतीय मिडियाले चलाएको यस्तो दुष्प्रचारले नेपाली जनता र नेपाली नेतृत्वको भावनामा गहिरो चोट पुगेको छ।’ परराष्ट्रले नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत् आइतबार उक्त कूटनीतिक नोट भारत सरकारलाई पठाएको…
काठमाडौं: सरोकारवाला सङ्घसंस्थाले आगामी कात्तिक ८ गतेदेखि लागू हुने भनिएको विज्ञापनरहित क्लिन फिड नीति आगामी साउन १ गतेदेखि नै कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । नेपाल मिडिया सोसाइटी, नेपाल विज्ञापन सङ्घ, ब्रोडकाष्टिङ एसोशिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक सङ्घले सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै देश र जनताका हितमा रहेको सो नीति विलम्ब नगरी कार्यान्वयन गर्न माग गरेका हुन् । धेरै वर्षदेखि नेपाली मिडियाले नेपाल सरकारसँग क्लिन फिड नीति लागू गर्न माग गर्दै आइरहेको सन्दर्भमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०७३ साउन ७ गतेकोे बैठकद्वारा नेपालमा वितरण भइरहेका विदेशी टिभी च्यानलमा क्लिन फिड लागू गर्ने नीति पारित गरेको थियो…
तनहुँ: अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ। ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ। घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। यसैगरी व्यास नगरपालिका–७ कलेस्तीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। त्यस्तै ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा घर पुरिँदा पाँच जना बेपत्ता भएको प्रहरीले…
काठमाडौं: नेपाल आयाल निगमले नयाँ पेट्रोल पम्पका लागि खोलेको नयाँ आवेदन खारेज गरेको छ । निगमले नयाँ बिक्रेता नियुक्तिका लागि गत वर्ष २०७६ बैशाख १० गते आह्वान गरेको सार्वजनिक सूचना खारेज गरेको हो । आइतबार निगमकै केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै निगमले सोबारे जानकारी दिएको छ । पत्रकार सम्मेलन मार्फत निगमले चाहेको र राखेको मापदण्ड विपरित अधिकतम एक हजार २५ वटा सम्म आवेदन परेपछि आवेदन खारेज गर्नुपरेको बताएको छ । नयाँ लाइसेन्सका लागि परेका आवेदनहरु जनसंख्या, भूगोल, सवारी साधनको संख्या एवम् सडक घनत्वका आधारमा नपरेको तर एक्कै स्थान विशेषमा नै एकिकृत हुने गरी आएकाले सबै आवेदन रद्द गर्नुपरेको निगमका…
