Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं:काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २८, भक्तपुरमा २ र ललितपुरमा २ जना गरी ३२ जना संक्रमित थपिएको जानकारी दिएका हुन। काठमाडौं उपत्यकासहित पछिल्लो २४ घण्टामा देशभर थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको उनले जानकारी दिएका हुन् । आज थपिएकासहित कुल संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ६ सय ६४ जना…

Read More

काठमाडौं:नेपालमा विहीबार थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार विहीबार थप १०९ जना महिला र ३६४ जना पुरुष गरी जम्मा ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म १ हजार ८८३ जना महिला र १२ हजार ६३६ जना पुरुष गरी १४ हजार ५ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका…

Read More

काठमाडौं : संघीय संसदको चालु अधिवेशनको अन्त्य गर्ने सरकारको निर्णय र नेकपाभित्रको किचलोमाथि यतिवेला सामाजिक सञ्जालका भित्ताहरुमा वादविवाद चलेको छ । सरकार ढल्ने हुन कि नेकपा टुक्रिने भन्ने विषयमा नेता, पत्रकारपंक्ति लगायत राजनीतिमा रुचि देखाउने विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रधानमन्त्री केपी ओलीको पक्ष विपक्षमा आ आफ्नो मत जाहेर गरिरहेका छन । सामाजिक सञ्जाल यतिवेला कोरोना र सलहको कहरबाट बाहिर निस्किँदै राजनीतिक सरगर्मीमा भिजेको छ । राजनीतिक विश्लेषक मुमाराम खनाल लेख्छन, ‘सभामुखलाई सभामुखलाई समेत थाहा नदिई चालु संसद अधिवेशनको अन्त्यको अन्तर्यमा पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने तयारी हो भने ओलीले निम्त्याउने दुर्घटना उनको व्यवस्थापकीय कौशल भन्दा धेरै बाहिर जानेछ…

Read More

काठमाडौँ : काठमाडौँ उपत्यकामा बन्दाबन्दी केही खुकुलो भएसँगै कोभिड–१९ को जोखिम कम गर्न स्वास्थ्य सावधानी अपनाउनुका साथै भीडभाड पनि कम गरेर उपत्यकामा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा मनाउने तयारी गरिएको छ । बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेकोे जात्रा सञ्चालनका लागि रथ निर्माणको काम शुरु भएसँगै पाटन क्षेत्रमा रौनक शुरु भएको छ । पहिलेका वर्षजस्तै सहज नभए पनि रोकिएको जात्रा शुरु हुन लाग्दा यहाँका स्थानीयवासी भने खुशी देखिएका छन् । गुठी संस्थान ललितपुर शाखाले पनि आवश्यक सावधानीसहित जात्राको तयारी गर्न थालेको छ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्रा यस वर्ष रोक्नुहुन्न भन्दै पाटनवासीले…

Read More

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठकले विभिन्न विषयका दुई विधेयक पारित गरेको छ । प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पठाइएको ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७७ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव सदनमा सर्वसम्मतिबाट पारित भएको हो । त्यस्तै मन्त्री डा खतिवडाले प्रस्तुत गरेका राष्ट्रियसभाबाट पारित गरी प्रतिनिधिसभामा पठाइएको ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७६ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्’ भन्ने प्रस्ताव पनि सदनमा सर्वसम्मतिबाट पारित भएको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्बाङले…

Read More

काठमाडौं : सेयर बजार बिहीबारका लागि बन्द भएको छ । बिहीबार नेप्से ८०. ४१ अंकले घटेर १२५६.११ बिन्दुमा बन्द भएको छ। ठूला कम्पनीको मापक सुचक सेन्सेटिभ इन्डेक्स् ६.२७ प्रतिशतले घटेर २६९.०३ अंकमा झरेको छ। तेस्रो सर्किट ब्रेकसम्म १४२ कम्पनीका १० लाख ६१ हजार ८९० कित्ता शेयर ८ हजार ४०९ पटक खरीद बिक्री गर्दा हुँदा ४७ करोड ६६ लाख ५४ हजार ९७१ रुपैयाँमा कारोबार भएको छ। नेप्से ६% ले घटेपछि बिहीबार दिनभरका लागि कारोबार रोकिएको हो । अब बजार आइतबार बिहान ११ बजे खुल्नेछ । मंगलबार र बुधबार सकारात्मक सर्किट लागेर बन्द भएको बजार बिहीबार त्यसको ठीक विपरीत ६% ले नकारात्मक…

Read More

काठमाडौं:सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ । सरकारले चार महिनापछि श्रम स्वीकृति दिने प्रक्रिया आजबाट पुनः सुरु गरेको हो। सरकारले कोरोना महामारीका कारण गत फागुन ३० देखि वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति दिन बन्द गरेको थियो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार विदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालेको हो । यस्तै करार अवधि समाप्त भई पुन करार निविकरण गरेका र भिसाको म्याद समेत थप भएका व्यत्तिले पनि आवश्यक कागजात सहित आवेदन गरेमा कोरोना परिक्षण र स्वास्थ्य सुरक्षा सम्बन्धि प्रोटोकलको आधारमा श्रम स्वीकृति दिने भएको हो।…

Read More

काठमाडौं: नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । बालुवाटारमा पार्टीको आन्तरिक छलफलबाट उठेर प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् । बिहानमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई भेटेकोमा प्रचण्ड पनि छुट्टै भेट्न पुगेका हुन् । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको वर्षे अधिवेशन अन्त्य गरेसँगै असन्तुष्ट बनेका प्रचण्डले यस विषयमा कुरा गर्ने बताइएको छ ।

Read More

काठमाडौं:सरकारले संघीय संसदको अधिवेशन चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि मुख्य विपक्षी दल नेपाली कांग्रेस रूष्ट भएको छ । कांग्रेसले सरकारको निर्णय अस्वाभाविक र खेदजनक भनेको छ । सत्तारुढ नेकपाको आन्तरिक विवादका कारण संसद अधिवेशन अन्त्य गरिएको भन्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले भने,‘नेकपाको आन्तरिक द्वन्द्वको व्यवस्थापन त्यही पार्टीका नेताहरुले गर्ने हो । पार्टीभित्रको द्वन्द्वका कारणले प्रधानमन्त्रीले सदन नै अवरोध गरिदिनुभयो । यो अनुचित र एक हिसाबले संसदीय मूल्य पद्धतिको बर्खिलाप पनि हो ।’ संघीय सदनमा कांग्रेसले जनतासँगको जोडिएका विषयहरु उठाइरहेको र त्यसैअन्तर्गत जरुरी सार्वजनिक महत्व प्रस्ताव र ध्यानाकर्षण प्रस्तावसमेत सदनमा दर्ता भएको अवस्थामा संसद अधिवेशन…

Read More

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् । राष्ट्रपति कार्यालय शीतलनिवासले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएको छ । राष्ट्रपति कार्यालयले अधिवेशन अन्त्यको पत्र सचिवालयमा २ बजेअघि नै पठाएको हो। जबकी मन्त्रिपरिषद्को १२ बजेका लागि डाकिएको बैठक साढे १२ बजे सुरू भएको थियो। उक्त बैठकले राष्ट्रपति समक्ष संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। सामान्यतया: संसदको अधिवेशन अन्त्य गर्ने राष्ट्रपतिको कार्यालयको पत्र संसदमा पढेर सुनाउने गरिएको थियो। त्यस्तो पत्रमा राति १२ बजेटबाट अधिवेशन अन्त्य भएको उल्लेख हुन्थ्यो। तर यसपटक मन्त्रिपरिषद्ले नै साँझ ५…

Read More