Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अध्यक्षता गर्नुभएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अोली शीतलनिवासबाट भर्खरै बालुवाटार फर्किनुभएको उहाँको सचिवालयले जानकारी गराएको छ । लगत्तै मन्त्रिपरिषद बैठक बस्ने भएपछि आजको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा अोली केहीबेरपछि मात्र सहभागी हुनुहुनेछ । दिउँसो १ बजेका लागि राष्ट्रिय सभाको बैठक पनि आव्हान गरिएकाले केही स्थायी कमिटीका सदस्यहरू बैठक छाडेर केहीबेरमा संसद भवनतिर लाग्नुहुनेछ । नेकपा स्थायी कमिटी सदस्य तथा संसदीय दलका प्रमुख सचेतक देव गुरुङका अनुसार बैठकमा नेताहरूले धारणा राख्ने क्रम…
काठमाडौं: केहीबेर अघी बसेको मन्त्रिपरिषदको बैठकले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले साँझ ५ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
काठमाडौं: नेपाली सेनाको जंगीअड्डाले केही जर्नेलहरुको काज सरुवा गरेको छ । सेनाको गुप्तचरी निकाय सैनिक इन्टलिजेन्सका महानिर्देशक पनि फेरिएका छन् । इन्टलिजेन्सको जिम्मेवारी जंगीअड्डाले उपरथी सरुवा सरोज प्रताप राणालाई दिएको छ । हाल इन्टलिजेन्समा रहेका झंकर कडायतले १५ साउनमा अवकाश पाउँदैछन् । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख सहायक रथी विज्ञानदेव पाण्डेको पनि सरुवा भएको छ । उनलाई मध्यपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको छ । पाण्डे कडायतको अवकाशपछि उपरथीमा बढुवा हुने लाइनमा छन् । निर्देशनालयका नयाँ प्रमुखमा सन्तोष वल्लव पौडेल आउँदैछन् । उनी १५ नम्बर बाहिनी अड्डाका बाहिनीपति हुन् । पौडेलको ठाउँमा सहायक रथी…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास पुगेका छन् । मध्याह्न १२ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका प्रधानमन्त्री ओली त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् । प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
इलाम:मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौंको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म पुर्याउन सकेनन् भने अर्कातिर उद्योगमा प्रशोधन गरिएको चिया पनि बजारमा पुर्याउन नसक्दा समस्या भएको छ । विशेषगरी चैतको दोस्रो साताबाट चियाको ‘पहिलो टिपाइ’ शुरु हुन्छ । यो चियाको अन्य सिजनको भन्दा गुणस्तरीय हुने भएकाले महँगोमा बिक्री हुन्छ तर यस वर्ष भने सोही समयमा बन्दाबन्दी भएपछि गुणस्तरीय चिया टिप्न सकिएन । गुणस्तरीय चिया नै प्रशोधन गर्न नसकिएपछि लाखौंको घाटा व्यहोर्नु परेको इलाम नगरपालिका–४ को जसवीरे चिया प्रशोधन केन्द्रका सञ्चालक सरद सुब्बा बताए ।…
काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका अनुसार अहिले बिहान पनि सातै प्रदेशका केही स्थानमा पानी परिरहेको छ। आज दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने देखिएको छ। प्रदेश १, २, गण्डकी र प्रदेश ५ का एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ। यस्तै राति सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहीबार बिहान ६ बजे…
काठमाडौं: नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ । सैनिक अदालतले आचरण विपरीत गतिविधि गरेको कसुरमा सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै अधिकृतलाई बर्खास्त गरिएको पुष्टि गरे । उनले भने, ‘दुवै अधिकृतमाथि माथिल्लो तहबाट भएको आदेश पालना नगरेको, नीति निर्देशन अवज्ञा गरेको, सैनिक अनुशासन उल्लंघन गरेको लगायतका आचरण विपरित कसुरमा जनरल सैनिक समरी अदालतले दोषी ठहर गरेको छ ।’ बर्खास्त भएका सहायक रथी रावल अमेरिकाबाट भर्खर मात्रै वार कलेज सकेर फर्किएका थिए । महासेनानी खड्का वार कलेजका लागि मनोनयनमा परेका थिए ।
काठमाडौं: गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेका छन्। गृहमन्त्री भएदेखि नै प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएका थापा अहिलेसम्म अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालको भेलामा सहभागी थिएनन्। बुधबार भने झम्सिखेलस्थित एक होटलमा भएको प्रचण्ड-नेपालनिकट नेताहरूको भेलामा थापा सहभागी भए। उक्त भेलामा ३० जनाभन्दा बढी स्थायी समिति सदस्य सहभागी भएको स्थायी समिति सदस्य भीम रावलले जानकारी दिए। यसअघि वैशाख १७ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग हुँदा थापाले त्यसको विरोध गरेका थिए। दल विभाजनका लागि प्रक्रिया खुकुलो बनाउने अध्यादेश ल्याउँदा समेत उनले प्रधानमन्त्रीको कदमको बचाउ…
काठमाडौँ: पेप्सिकोलामा बस्दै आएका एक जोडीको झुण्डिएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार उनीहरुले एउटै पासोमा झुण्डिएर आत्महत्या गरेका हुन् । बानेश्वरका डीएसपी दक्ष कुमार बस्नेतले पाँच महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएको उक्त जोडीले आफ्नै फ्ल्याटमा एउटै पासोमा झुन्डिएर आत्महत्या गरेको बताए । ३६ वर्षीय आदम मोहम्मद मुसलमान र २६ वर्षीय अस्मिता थापा आफू बस्दै आएको फ्ल्याटमा एउटै पासोमा झुन्डिएको अवस्थामा फेला परेको डीएसपी बस्नेतको दावी छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: उपत्यका बाहिरका जिल्लाबाट विभिन्न नाका भएर बुधबार काठमाडौं आउन लागेका ३९० वटा सवारी साधनलाई प्रहरीले फिर्ता पठाइदिएको छ। ७२ वटा सवारी साधन प्रहरी नियन्त्रणमा रहेका छन्। प्रहरीले काठमाडौं उपत्यका आगमनमा कडाई गर्दै ति सवारी साधन फिर्ता पठाएको हो। मन्त्रालयका अनुसार जगाती नाकाबाट १२३ वटा चार पाङ्ग्रे र १३० वटा दुई पाङ्ग्रे गरी २५३ वटा सवारी साधनलाई प्रहरीले फर्कादिएको छ भने ७२ वटा नियन्त्रणमा लिएको छ। यस्तै, फर्पिङ नाकाबाट ६ वटा चार पाङ्ग्रे र २० वटा दुई पाङ्ग्रे गरी २६ वटा नियन्त्रणमा लिएको छ भने नागढुंगा नाकाबाट ४६ वटा चार पाङ्ग्रे र ६५ वटा दुई पाङ्ग्रे गरी १११ वटा सवारी…
