Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
दार्चुला : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यहाँको व्यास, छांगरु र तिंकर गाउँमा खाद्यान्न अभाव हुन नदिन ‘ढुवानी बोलपत्र’ आह्वान गरेको छ । सो कम्पनीका कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख भीमबहादुर थापाले त्रिदेशीय सीमा क्षेत्र नजिकका ती गाउँमा खाद्यन्न ढुवानी गर्न बोलपत्र आह्वान गरिएको जानकारी दिनुभयो । उहाँले सुर्खेतदेखि हेलिकप्टरमार्फत २०० क्वीन्टल खाद्यान्न ढुवानी गर्न १५ दिने बोलपत्र आह्वान गरिएको बताउनुभयो । दार्चुलाका व्यासीहरु कुञ्चा सरेपछि सो क्षेत्रमा खाद्यान्न अभाव हुने जनाउँदै सांसद गणेशसिंह ठगुन्ना, प्रदेशसभा सदस्य गेल्बुसिह बोहरा लगायतले वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हालै भेटगरी खाद्यान्न ढुवानी गर्न माग गर्नुभएको बताइएको छ । विगतमा…
काठमाडौं : प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अङ्गीकृत नागरिकता विषयमा गरेको निर्णयका विषयलाई लिएर भइरहेको गलत प्रचारलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले आज राष्ट्रियसभाको बैकठमा आपत्ति प्रकट गरेका छन । नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेका विदेशी महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता दिने विषयमा नेपालको संविधानले नै प्रष्ट गरेको र सोही आधारमा कानून निर्माणको प्रक्रिया अगाडि बढाइए पनि केही राजनीतिक दलले गलत प्रचार गरेकामा नेकपाका वेदुराम भुसालले आपत्ति प्रकट गरे । अङ्गीकृत नागरिकलाई राजनीतिकबाहेक अन्य सबै प्रकारका अधिकार प्राप्त हुने भए पनि केही राजनीतिक दलले मुठभेट हुने जस्ता विषय उचालेर अनावश्यक हल्ला गरेकामा उहाँले गुनासो…
काठमाडौँ: पब्लिक लिमिटेड कम्पनीहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न पाउने भएको छ । पब्लिक लिमिटेड कम्पनीमा आम जनताको लगानी रहने गरेको छ । यसअघि सरकारको लगानी वा अनुदान पाएका पब्लिक कम्पनीहरुमा अनुसन्धान गर्न अधिकार पाएकोमा नयाँ विधेयकले सर्वसाधारणको सेयर लगानी भएका पब्लिक कम्पनीलाई पनि अख्तियारको दायरामा ल्याउन खोजेको हो । नेपाल स्टक एक्सचेन्जबाट सूचीकृत भएका बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, जलविद्यत, व्यापार र उत्पादनमुलक उद्योगमा आवश्यक परेको खण्डमा अख्तियारले भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न पाउने बाटो विधेयकले खुला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक विधायन समितिबाट पारित भइसकेको छ । सो विधेयक राष्ट्रियसभामा विचाराधीन छ ।…
काठमाडौं: सांसदहरुले कोरोना भाइरस परीक्षण बढाउन, क्वारेन्टीन व्यवस्थित पार्न तथा लकडाउनका कारण असहज भएको दैनिकीलाई सामान्य बनाउन विशेष प्याकेजको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले दैनिक कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेकाले पिसिआर परीक्षणको दायरा बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । त्यसैगरी क्वारेन्टीनलाई व्यवस्थित बनाउनुको साथै लकडाउन अवधि भरका लागि कर लगायतको छुट सहितको राहत प्याकेजको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद बिमला नेपालीले क्वारेन्टिनमा बलात्कार, गाइगोठमा क्वारन्टीन जस्ता कुराहरु सुनिनु दुःखद कुरा भएको भन्दै व्यवस्थिति क्वारेन्टीन बनाउनका लागि सरकारको ध्यानाकर्षण गराइन् । उनले स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएको छैन…
काठमाडौं: जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले देश संकटमा फस्दै गएको बताएका छन्। कोरोना महामारी र बेरोजगारी वृद्धि भइरहेकोतर्फ संकेत गर्दै भट्टराईले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा यी समस्या समाधानतिर भन्दा गुटको जालोमा फसेको उल्लेख गरेका छन्।ट्वीटमार्फत उनले भनेका छन्, ‘देश चौतर्फी संकटमा फस्दैछ । कोरोना चर्किंदैछ। अर्थतन्त्र थला पर्दैछ।’ उनले विदेशबाट फर्केका र स्वदेशमै रहेका लाखौं वेरोजगार युवाको ताती बढेको उनको भनाइ छ। ‘एमसिसिको टुंगो छैन। नागरिकता बल्झिँदैछ,’ उनले भनेका छन्, ‘सत्ताधारी दल गुटको जालोमा फसेको छ। प्रधानमन्त्री उखान टुक्का/छेडखानीमा व्यस्त छन्। संकटको निकास खोजौं।’
काठमाडौं: विश्वभर कोरोना कोरोना भाइरस संक्रमितको संख्या ९१ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९१ लाख ८७ हजार २५८ पुगेको छ । हालसम्म कोरोना भाइरस संक्रमणबाट विश्वभर चार लाख ७४ हजार ३०७ जनाको ज्यान गइसकेको छ । अहिले सम्म विश्वमा ४९ लाख ३७ हजार १८१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिका कोरोनाको सबैभन्दा धेरै प्रभावित देश बनेको छ । अमेरिकामा २२ लाख ९१ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् भने त्यहाँ एक लाख २० हजारभन्दा बढीको मृत्यु भएको छ । ब्राजिलमा कोरोनाका १० लाख ८३ हजार बढी संक्रमित छन् त्यहाँ मृतकको संख्या ५० हजार…
काठमाडौं: निरन्तर उकालो चढिरहेको सुनको मूल्यमा मंगलबार ब्रेक लागेको छ। मंगलबार सुन तोलाको ९० हजार ६ सय रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा घटेको कारण सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ । सोमबार सुनको मूल्य ९१ हजार पुगेको थियो । लकडाउनपछि सुनको भाउ घटेको यो पहिलोपटक हो । आज चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन।
काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले कोरोना महामारीका बीच सरकारले प्रधानमन्त्रीका लागि गाडी खरिद प्रक्रिया अगाडि बढाएकोमा गृहमन्त्रीको जवाफ मागेका छन्। मंगलबार प्रतिनिधिसभा संसद बैठकमा धारणा राख्दै सांसद रिजालले प्रधानमन्त्रीका लागि सुरक्षा सर्भिलेन्ससहित ५ करोड मूल्यको गाडी खरिद प्रक्रिया अगाडि बढेकोमा गृहमन्त्रीको जवाफ मागेका हुन्। गाडी खरिद प्रक्रिया फागुनदेखि रोकिएकोमा हालै नेपाल प्रहरीले अगाडि बढाएको खबर सञ्चारमाध्यममा आएको सांसद रिजालको भनाइ छ। ‘असार ३ देखि नेपाल प्रहरीले गाडी खरिद प्रक्रिया अगाडि बढाएको खबर एक राष्ट्रिय दैनिकमा आएको छ, गृहमन्त्रीजी के यो साँचो हो?,’ सांसद रिजालले प्रश्न गरे। रिजालले बजेट खर्च गर्ने ठाउँ नपाएर गाडि खरिद गर्न लागेको हो…
काठमाडौँ:नेपालबाट भारत निर्यात गर्न लागिएका वस्तुको भारत प्रवेशमा भएको केहि दिनको अवरोध सहज भई सुचारु भएको छ। भारततर्फ जान लागेका वस्तुमा नेपालको पूर्वी नाकामा भारतले पास नदिएका कारण निर्यातमा अवरोध हुँदै आएको थियो। मेची नाकामा नेपालको चिया, अलैँची, अम्रिसोलगायतका वस्तु रोकिएकोमा आइतबार देखि निर्यात हुन थालेको छ। भन्सार विभागका अनुसार त्यस्ता सामान रहेका ३० वटा कन्टेर रोकिएको थियो। ती सामान करिव एक हप्ता रोकिएपछि अहिले प्रवेश खुला गरिएको छ। आइतबारदेखि भारत प्रवेशमा समस्या हटेको व्यवसायीले बताएका छन्। लकडाउनको समयदेखि नै भारतले नेपाली वस्तु आयातमा आनाकानी गर्दै आएको छ। विशेषगरी पूर्वी नाकामा अवरोध गर्दै आएको भारतले आइतबारदेखि भने अवरोध गरेको छैन।…
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारी लगानी वा अनुदान नभएको पब्लिक कम्पनीको पनि अनुसन्धान गर्ने अधिकार पाउने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकमार्फत यस्तो व्यवस्था गर्न लागिएको हो । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सोमबार राष्ट्रिय सभामा पेश गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदनमा ‘सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक लिमिटेड कम्पनी’ लाई सार्वजनिक संस्थाको परिभाषामा पारिएको छ । यो परिभाषाअनुसार सार्वजनिक रुपमा शेयर जारी गर्ने निजी कम्पनी समेत अख्तियारको छानविनको दायरामा पर्ने जानकारहरू बताउँछन् । तर प्राइभेट कम्पनीहरूमा हुने अनियमितता भने यो विधेयक अनुसार अख्तियारको छानविन क्षेत्राधिकारमा पर्दैन । विधायन…
