Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: कोरोना संक्रमणको जोखिम मूल्यांकन गरी सम्बन्धित क्षेत्र सिल गर्ने अख्तियारी प्रदेश सरकारलाई दिइएको छ। शुक्रबार सिंहदरबारमा बसेको कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमण बढ्दै गएपछि जोखिम मूल्यांकन गरी सम्बन्धित क्षेत्र वा जिल्लालाई सिल गर्ने अख्तियारी प्रदेश सरकारलाई दिइएको हो। यद्यपी सीसीएमसीसँग समन्वय गरेर मात्रै सिल गर्ने निर्णय प्रदेशले लिन पाउनेछ। यस्तै, सरकारले स्थानीय तहमा आइसोलेसन र क्वारेन्टिन निर्माणका लागि ३५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। बैठकले प्रदेश सरकार मार्फत स्थानीय तहहरुलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको हो। कोरोना संक्रमण बढ्दै गएको अवस्थामा थप क्वारेन्टिन र आइसोलेसन निर्माण गर्नुपर्ने भएकाले केन्द्रीय कोभिड—१९ कोषबाट ३५ करोड…

Read More

काठमाडौं: सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ । सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल हिड्न र सवारी सञ्चालनमा समेत राति रोक लगाएको हो । सुरक्षा मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले रातिको समयमा एक जिल्लाबाट अर्को जिल्लामा अनुमतिबिना प्रवेश गर्नेको संख्या बढेसँगै सुरक्षा जाँचमा थप कडाई गर्न निर्देशन दिएको छ । कोरोना संक्रमण विरुद्ध स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘हेल्थ प्रोटोकल’को पूर्ण रुपमा पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । जेठ २८ गतेको…

Read More

काठमाडौं: नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ८ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ८ हजार २७४पुगेको जानकारी दिएका हुन् । डा गौतमका अनुसार नयाँ थपिएका संक्रमितहरु मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् । डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा झापाका एकजना महिला, मोरङकी एकजना महिला र एकजना…

Read More

काठमाडौँ: बिश्वव्यापी कोरोनाको कारण बैंक तथा बित्तिय क्षेत्रमा देखिएको असहज परिस्थितीलाई दृष्टिगत गरि कृषि विकास बैंकले आफ्ना ऋणी एवं कर्जा ग्राहक र बिशेष लघु उद्यम र व्यवसायमा लगानी भई लामो समय देखि भाखा नाघेका समस्या ग्रस्त कर्जाका ग्राहकहरुलाई ब्याजमा अधिकतम राहत दिने उदेश्यले बिशेष छुट दिने योजना सार्वजनिक गरेको छ । कोरोना भाईरसको महामारीमा ऋणीहरुले गर्दै आएको उद्योग धन्दा, व्यापार, व्यवसाय बन्द गरेर बसेका ऋणीका लागि बैंकले राहत स्वरुप निर्देशिका नै जारी गरेर आसार मसान्त सम्मको एकमहिने विशेष छुटको प्याकेज ल्याएको बैंकले जनाएको छ । लामो समयदेखि असुलउपर नभएका, गम्भीर प्रकृतिका तथा विभिन्न कारबाहीबाट पनि असुलउपर नभएकालाई कर्जालाई…

Read More

कैलाली: बाजुराको क्वारेन्टिनमा आत्महत्या गरेका एक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषले जेठ ३० गते आत्महत्या गरेका थिए । अत्महत्या गरेकै दिन स्वाब संकलन गरिए पनि बिहीबार मात्र उनमा कोरोना रिपोर्ट पोजेटिभ आएको बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले बताए । बडिमालिका नगरपालिका–२ माझिगाउँका उनी ६ जनाको परिवारसहित २८ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । उनी दमको बिरामी रहेको मेयर बडुवालले बताए । बडुवालका अनुसार शुक्रबार साँझ साढे ८ बजेतिर डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो । ‘आर्थिक अवस्था निकै कमजोर थियो,’…

Read More

भक्तपुर: कोरोना जोखिमका बीच यहाँ किसानलाई रोपाइँको चटारो परेको छ । हरेक वर्ष असारको पहिलो सातापछि रोपाइँ शुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै रोपाइँको अन्तिम चरणमा पुग्ने भएको छ । यस वर्ष मनसुन सक्रिय हुनुअघि नै पर्याप्त वर्षा भएपछि कोरोनाको त्रास र लकडाउनबीच गत जेठ १५ देखि नै शुरु भएको रोपाइँ अन्तिम चरणमा पुगेको छ । विगतका वर्षझैँ रोपाइँ ढिलो हुने सोचले ढिलो बीउ राखेका किसानले खेतमा पानी भरिएपछि छोटो बीउसमेत रोप्न थालेका छन् । सूर्यविनायक नगरपालिका–१० चित्तपोलका राजेन्द्र थापाले यस वर्ष चित्तपोल, भङ्गाल क्षेत्रको रोपाइँ सकिन लागेको बताए । जेठमै पर्याप्त पानी वर्षा भएपछि लकडाउनकै बेलामा…

Read More

काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा भारतको पूर्वी उत्तर प्रदेशको भूभागमा निम्न चापीय प्रणाली अवस्थित छ। यसैगरी, हाल देशभर सामान्यतया बदली रही थोरै स्थानहरुमा हल्कादेखी मध्यम वर्षा भइरहेको पूर्वानुमानमा उल्लेख छ । शुक्रबार दिउँसोदेशभर सामान्यतया बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै,…

Read More

काठमाडौं: नेपाल धितोपत्र बोर्डले अनलाइन प्रणालीलाई लगानीकर्ता मैत्री बनाउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ । धितोपत्रको दोस्रो बजारको कारोबार पूर्णतया यान्त्रीकरण हुन नसकेको भन्दै यस प्रणालीमा सुधार गर्न निर्देशन दिएको छ । बोर्डले बैंक खाता र डिम्याट खातालाई प्रणालीमा नै आवद्ध गर्न समेत निर्देशन दिएको छ । बोर्डले धितोपत्र बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा आईपीएस वा विद्युतीय माध्यम मार्फत गर्नुपर्ने र धितोपत्र खरीद गर्दा आईपीएस वा विद्युतीय माध्यम मार्फत गर्न प्रोत्साहित गर्ने तर आगामी साउन १ गतेदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र रकम प्राप्त गर्ने र भुक्तानी दिने व्यवस्था गरी सो बमोजिम ब्रोकरले खाता अद्यावधिक गर्ने गराउने व्यवस्था…

Read More

काठमाडौं: बैंकहरु सरकारलाई असार ७ भित्रै कर तिर्न तयार भएका छन् । आन्तरिक राजश्व विभागको निर्देशन अनुसार नेपाल बैंकर्स संघमा आवद्ध वाणिज्य बैंकहरु सरकारलाई कर तिर्न तयार भएका हुन् । अर्थ मन्त्रालयको आग्रहमा बैंकर्स बैंकहरुले सरकारलाई तेस्रो त्रैमासको आयकरको किस्ता तिर्ने निर्णय गरेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए । ‘सरकारले असार ७ गतेसम्म कर तिर्न भनेको थियो । हामीले हाम्रो क्षेत्रभित्र रहेका बैंकहरुलाई त्यही समयभित्रै कर तिरिदिऔं भनेर आग्रह गरेका हौं’ शर्माले भने, ‘यो निर्णय होइन, आग्रह मात्रै हो ।’ बैंकर्स संघको आग्रह बमोजिम सबै बैंकहरु कर तिर्न तयार भएका छन् । ‘जहिले तिरे पनि…

Read More

काठमाडौं: काभ्रेको पाँचखाललाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। बिहिबार साँझ ७ बजेर १ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत वाग्मती प्रदेशमा महसुस गरिएको थियो।

Read More