Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल चेम्वर अफ कमर्सले आगामी मौद्रिक नीतिबाट सम्वोधन गर्नु पर्ने ४० बुदे माग नेपाल राष्ट्र बैंकमा बुझाएको छ । चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल राष्ट्रवैंकका गभर्नर महा प्रसाद अधिकारीे समक्ष उक्त मागपत्र पेश गरेको हो। चेम्बरले विश्वव्यापी रुपमा अर्थतन्त्र नै तहसनहस भएकोे कारण समस्त आर्थिक गतिबिधिहरु ठप्प भएको उल्लेख गर्दै पर्यटनको क्षेत्र, खुद्रा तथा थोक व्यापार क्षेत्र, उद्योग क्षेत्र, निर्माण तथा यातायात क्षेत्र, घरजग्गा कृषि लगायत सवै क्षेत्रहरु ऋणात्मक भइसकेको जनाइएको छ। निजी क्षेत्रले वैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज र किस्ता, घर तथा गोदाम भाडा, आपूर्तिकर्ताको बाँकी भुक्तानीहरु, कर राजस्व तथा अन्य विविध निश्चित लागतहरु एकै पटक…

Read More

काठमाडौँ: नेकपा स्थायी कमिटी वैठक असार १० गते बस्ने भएको छ। असार १० गते स्थायी कमिटी वैठक बोलाइएको नेकपा महासचिव विष्णु पौडेलले बताए। ‘स्थायी कमिटी वैठक असार १० गते बस्छ’, उनले भने,’वैठकमा एमसिसी परियोजना लगायतका विषयमा छलफल हुन्छ।’ नेकपाभित्र एमसिसी परियोजना पेचिलो बन्दै गएको छ।एमसिसी परियोजनाबारे अध्ययन गर्न गठित वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले परिमार्जन नगरी एमसिसी पारित गर्न नुहने सुझाव दिएको थियो। कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सदस्य रहेका थिए। परराष्ट्र मन्त्री ज्ञवालीले भने १५ बुदें फरक मत राखेका छन्। बुधबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल…

Read More

भक्तपुर: भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो । चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सञ्चार कक्ष सिल गरी १२ प्रहरीलाई क्वारेन्टाइनमा राखिएको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । ‘सञ्चार कक्षलाई सिल गरेका छौँ, सो कक्षमा काम गर्ने १२ जनालाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको क्वारेन्टिनमा राखेका छौँ, परिसरका अन्य प्रहरीलाई उच्च सावधानीमा राखेका छौँ,’ उनले भने । क्वारेन्टाइनमा राखेकाको आज स्वाब सङ्कलन गरी पीसीआरका लागि पठाइने र सङ्क्रमितको…

Read More

पोखरा: मनाङको चामे गाउँपालिकाका एक कर्मचारीसहित गण्डकी प्रदेशमा ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार बिहान दिएको जानकारीअनुसार पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हिमाली जिल्ला मनाङमा कोरोना संक्रमण देखिएको पहिलो पटक हो । गण्डकी प्रदेशमा अब मुस्ताङबाहेक १० वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । ४२ जना थपिएपछि गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २८९ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार मनाङको चामे गाउँपालिकामा कार्यरत एक जना पुरुष कर्मचारीमा कोरोना पुष्टि भएको…

Read More

काठमाडौँ: कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि उत्पादनका लागि मलको अभाव नहुने बताएका छन् । विनियोजन विधेयक, २०७७ अन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालयलगायत विभिन्न शीर्षकमाथि राष्ट्रियसभामा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले गत वर्ष तीन लाख मेट्रिकटन मल ल्याएको र यस वर्ष एक लाख पाँच हजार मेट्रिक टन मल किन्ने तयारी गरेको जानकारी दिए । “कोरोना भाइरसका कारण १० हजार मेट्रिक टन मात्र मल ल्याएका छौँ, ११ लाख मेट्रिक टन बाटोमा छ”, मन्त्री भुसालले भने, “मलको अभाव भएको छैन, मलको हाहाकार भएको होइन, अभाव हुन दिन्नौँ ।” मन्त्री भुसालले कृषि क्षेत्रको कार्यक्रम ठीक ढङ्गले अगाडि बढेको जानकारी…

Read More

काठमाडौं: त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) को डिनमा प्रा डा.दिव्यासिंह शाह नियुक्त भएकी छिन् । त्रिवि कार्यकारी परिषद्को बैठकले सिफारिस भएका तीन जनामध्ये उनलाई डिनमा नियुक्ति गरेको हो । यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकका रुपमा कार्यरत रहेकी थिइन् । डा.शाहले सञ्चारकर्मीहरुसँग कुरा गर्दै बिहीबारदेखि कार्यभार सम्हाल्ने जानकारी दिइन् । यसअघिका डिन प्रा डा जगदीशप्रसाद अग्रवालले उमेरहदका कारण जेठ २१ मा अवकाश पाएपछि उक्त पद रिक्त थियो ।

Read More

काठमाडौं: नेपालमा बुधबार थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ७ हजार १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ७ हजार १७७ पुगेको जानकारी दिएका हुन् ।

Read More

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोरोना प्रभावका कारण मन्त्रालयको बजेट कटौती भए पनि थप रकम माग गरेर पनि राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री नेम्वाङले ठूला राष्ट्रिय गौरवका आयोजना विसं २०७९/८० सम्ममा सम्पन्न हुने विश्वास व्यक्त गरे । हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग, फास्ट ट्र्याक लगायतका सडक आयोजनालाई सरकारले महत्व दिएर बजेट विनियोजन गरेको उनको भनाइ थियो । सडकको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कस्ता आयोजना आवश्यक छ भनी पहिचान गरिएको उनको भनाइ थियो । उनले भने– ‘सडकका नयाँनयाँ क्षेत्रका पहिचान गरेर बजेट विनियोजन गरिएको…

Read More

काठमाडौँ: प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा पाँच दिनभित्र सहमति कायम गर्न सरकारलाई निर्देशन दिएको छ। २०७५ साल भदौ ५ गतेदेखि विधेयक समितिमा विचाराधीन छ। समितिले अंगीकृत नागरिकता दिने विषयमा सहमति कायम गर्न सकेको छैन। समितिमा पछिल्लोपटक नेपाली पुरूषसँग विवाह गर्ने महिलाले त्यसको ७ वर्षपछि मात्र नागरिकता पाउने प्रस्तावमा छलफल भएको थियो। तर समिति सहमति जुटाउन असफल रह्यो। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नागरिकताको विषय संवदेनशील भएकाले सहमतिमा टुङ्ग्याउन समय आवश्यक रहेको बताए। गृहमन्त्रीले समय माग गरेपछि नागरिकता विधेयकको छलफल पुन: लम्बिएको छ। समिति सभापति शशि श्रेष्ठले सहमति कसरी जुट्छ? भनेर प्रश्न उठाएकी थिइन्। जवाफमा समितिमा रहेका नेकपा सांसद जनार्दन…

Read More

काठमाडौँ : सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले धानको मूल्य तोकेको हो । आर्थिक वर्ष ०७७/७८ को लागि मोटा धान प्रतिक्विन्टल २७ सय ३५ र मध्यम २८ सय ८५ रुपैयाँ मूल्य तोकिएको हो । धान उत्पादनको लागतमा किसानले घरबाट बजारसम्म ढुवानी गर्न लाग्ने खर्च १० प्रतिशत र बाँकी २० प्रतिशत मुनाफा सुनिश्चित गरेर मूल्य सिफारिस गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयका प्रवक्ता हरि बहादुर के.सीले जानकारी दिए । कृषि मन्त्रालयको सिफारिसमा उद्योग मन्त्रालयले गत बिहीबार धानको प्रस्तावित समर्थन मूल्य मन्त्रिपरिषदमा पेश गरेको थियो । चैते धान भत्राउने तथा बर्खे धान रोप्ने बेलामा नेपालमा पहिलो पटक…

Read More