Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू अब एक्लिदै जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओ जीवनको अन्तिम कालमा एक्लिएको दृष्टान्ट पेश गर्दै आफूलाई पनि कहिलेकाँही १/२ वर्षपछि यस्तै हुने होकि भन्ने चिन्ता लाग्ने गरेको बताए। आइतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको बिमोचन कार्यक्रममा बोल्दै उनले आफ्नो दिमागमा कहिलेकाँही त्यस्तो खालको चिन्तन आउने गरेको उल्लेख गर्दै त्यसबारे मनन गरिदिन पनि बाम बुद्धिजीविहरुलाई आग्रह गरे। ‘कहिलेकाँही मलाई पनि यस्तै हुँदो रहेछ। १/२ वर्ष जतिमा एक्लो पो हुने हो कि? माओले भनेजस्तै ‘म एक्लो हुँ,’ भन्नुपर्ने हो…
काठमाडौँ:अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको १० महिनामा बजेट खर्च गर्ने गरि संयन्त्र बनाएर अघि बढ्ने बताएका छन् । अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री शर्माले प्रत्येक महिना १० प्रतिशतका दरले बजेट खर्च गर्ने गरी संयन्त्र बनाउने बताएका हुन् । प्रत्येक महिना १० प्रतिशतका दरले बजेट खर्च गर्नका लागि संयन्त्र बनाउने र आवश्यक जनशक्ति थप गर्ने बताएका हुन् । आयोजनाहरुको निर्माणको सुक्ष निगरानी तथा अनुगमन गर्दै प्रभावकारी काम गरेर बजेट खर्चिने मन्त्री शर्माको भनाई थियो । यस दौरान निर्माण व्यवसायीले काम गरे नगरेकोदेखि प्रशासनिक कामहरुका सम्बन्धमा शुक्ष्म रुपमा अनुगमन गरिने मन्त्री शर्माले बताए । बजेटको आकार घटाए पनि बजेट…
काठमाडौँ: अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारले एमसीसी कम्प्याक्ट अनुमोदनमा ढिलाइ नगर्न सुझाब दिएकी छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले सम्झौता अनुमोदनमा ढिला भइसकेको भन्दै अब ढिलाइ गर्ने समय नरहेको बताइन् । एमसीसी र नेपाल सरकारबीच भएको सम्झौता एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन हुन नसकिरहेका बेला गत विहीबार एमसीसीको उच्चस्तरीय प्रतिनिधिमण्डल काठमाडौँ आइपुग्यो । नेपालमा एमसीसीबारे थरीथरी धारणा बनिरहेका बेला एमसीसी उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौँमा उत्रिँदा सडक प्रदर्शनले पनि तिब्रता पायो । एमसीसीबारे पक्ष र विपक्षमा बहसहरु भए । बिहीबार काठमाडौँ पुगेपछि एमसीसी प्रतिनिधिमण्डलले आफ्नो भेटवार्तालाई तिब्रता दियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका…
काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) पार्टी बागमती प्रदेशको संसदीय दलको पहिलो बैठकले संसदीय दलको नेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको छ । आइतबार प्रदेशसभा सचिवालयमा आधिकारिक रुपमा निर्वाचन आयोगको दल कायम रहेको पत्र दर्ता भएलगत्तै नेकपा समाजवादीको पहिलो संसदीय बैठक बसेर दलको नेतामा पाण्डेलाई चयन गरेको हो । बागमती प्रदेशसभा सचिवालयमा बसेको उक्त बैठकले संसदीय दलको विधान समेत पारित गरेको छ । सो बैठकले बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने निर्णय समेत गरेको छ । नेकपा एमालेको विभाजन पछि बागमती प्रदेशसभाका १३ जना सांसदहरुले एमाले त्यगेर नेकपा समाजवादीमा आवद्ध भएका थिए ।
काठमाडौँ: ‘आयोडिनयुक्त नून बिक्रीवितरणमा निजी क्षेत्रको संलग्नता गराउन आवश्यक छैन’ भन्ने बुँदालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगाडि बढाउने भएको छ । अघिल्लो सरकारले नीति तथा कार्यक्रममार्फत नूनको बिक्रीवितरणमा निजी क्षेत्रलाई संलग्न गराउने बुँदा सार्वजनिक गरेको थियो । मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठले भने, “मन्त्रालयले नून बिक्रीवितरणका क्षेत्रमा निजी क्षेत्रको संलग्नता हुन आवश्यक छैन भन्ने कुरालाई अगाडि बढाएको छ, नून बिक्रीवितरणमा साल्टटे«डिङ कर्पोरेशन लिमिटेडको भूमिका एवं काम नै सर्वोत्कृष्ट छ ।” कर्पोरेशनको ५९र्आं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चालक समितिका सदस्यसमेत रहेका उनले आयोडिनयुक्त नूनलाई सबै ग्रामीण जनताको पहुँचमा पु¥याउन तथा कोभिड–१९का महामारीमा पनि दैनिक उपभोग्य वस्तुलाई सर्वसुलभ रुपमा घरघर पु¥याउन…
काठमाडौँ: साताको पहिलो कारोबार दिन आइतबार नै शेयर बजारमा ७१ अंकको उच्च वृद्धि भएको छ । अघिल्लो साता निरन्तर घटेको शेयर बजारमा नयाँ साताको सुरुवातसँगै बजारमा बाउन्स ब्याक भएको हो । यसदिन म्युचुअल फण्डबाहेक सबै उपसमुहगत सूचक बढ्दा बजारमा उच्च अंकको वृद्धि आएको हो । १४ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । आइतबार नेप्से २.४८ प्रतिशत अर्थात ७१.४३ अंकले बढेर २९४७.४२ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स १३.०३ अंकले बढेर ५४८.२९ बिन्दुमा पुगेको छ । यसदिन जलविद्युत उपसमुहको सूचक सर्वाधिक ६.३७ प्रतिशतले बढेको छ भने विकास बैंक ५.१३, उत्पादनमुलक ४.५१, फाइनान्स ४.०८, निर्जीवन बीमा…
काठमाडौँ: पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा लगातार दोस्रो दिन १ हजारभन्दा कम संक्रमित फेला परेका हुन् । शनिबार ९९४ जना संक्रमित थपिएका थिए । ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख ७७ हजार १६३ जना र एन्टिजेन विधिबाट ८६ हजार ६९४ जनामा संक्रमण पुष्टि भइसकेको छ । नेपालमा हाल २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४५४ जनाको सघन उपचार कक्ष र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ…
काठमाडौँ: सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । सापकोटाले सोमबारका लागि बैठक बोलाएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरिरहेको बेला सहमतिको प्रयासस्वरुप सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक भोलि दिउँसो साढे २ बजे बस्ने बताइएको छ । यसैबीच गृहमन्त्री खाँणले सरकार प्रतिपक्षी दलसँग वार्ता र छलफलबाट समस्याको निकास खोज्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।
काठमाडौँ: नेकपा एमालेले प्रतिनिधिसभा बैठक निरन्तर अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले परामर्श थालेका छन् । १५ मिनेट बैठक स्थगित गरेर उनले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरिरहेका छन् । साथमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की समेत सहभागी छन् । आजको प्रतिनिधिसभा बैठकका लागि १९ वटा कार्यसूची तय गरिएपनि एमालेको अवरोधपछि बैठक अघि बढ्न सकेको छैन ।
काठमाडौँ: प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ । एमाले सांसदहरुले सभामुखविरुद्ध नाराबाजी गरी सदन अवरुद्ध गरिरहेका छन् । आजै बसेको प्रतिनिधिसभाको पहिलो बैठक पनि एमालेले अवरुद्ध पारेको थियो । पहिलो बैठक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । यो बीचमा उनले सभाको अवरोध हटाउन छलफल समेत गरेका थिए । उनले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरे पनि सहमति जुटेन । एमाले सांसदहरुले संयमित भएर संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र बन्द गर जस्ता नारा लगाइरहेका छन् । पार्टीले कारबाही गरेका माधव…
