Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीसँग वार्ता गर्न बनेको कार्यदलका सदस्य उनकै जालझेलमा परेको बताएका छन्। सोमबार साँझ चन्द्रागिरिमा केन्द्रीय सदस्य र सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरुको दल दर्ता रोक्नका लागि ओलीसँगै कार्यदलका सदस्यहरु पनि लागि परेको बताए। उनले यदी पार्टी एकता गर्ने ओलीको इमान्दार चाहना हो भने नेकपा एकीकृत समाजवादी दर्ता भएको भोलिपल्ट वार्ता गर्नुपर्ने बताए। ‘हामी निर्णायक मोडमा पुग्दा हाम्रै भनिएका साथीहरूले दुई दिन रोकौँ भन्दै हामीलाई पछि पार्दै गए,’ सम्बोधनका क्रममा नेपालले भने, ‘यसपाली पनि उनीहरु ओलीको जालझेलमा फसेका छन्, उनीहरुका ‘बा’ के के कुरा मान्न तयार भएका रहेछन् एकदुई…
काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो। यस्तै, हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँ बढाइएको निगमले जनाएको छ।
काठमाडौँ: गृहमन्त्री बालकृष्ण खाणले नेपालमा राष्ट्र, नागरिक र कुनै पनि मित्रराष्ट्र विरोधी गतिविधि हुन नदिन सरकार दृढ रहेको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित ‘गृह प्रशासन सुदृढीकरण सम्बन्धमा पूर्व पदाधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम’ मा गृहमन्त्री खाणले भने–‘हामीले संयुक्त राष्ट्रसंघको बडापत्रमा हस्ताक्षर गरेका छौं । तसर्थ हामी नेपाल भूमिभित्र र नेपाल राज्य, नेपाली जनता र कुनै पनि मित्रराष्ट्र विरोधी गतिविधि हुन नदिन प्रतिबद्ध छौं ।’ यो विषयमा सुरक्षा निकायका प्रमुखहरुलाई गम्भीर भएर लाग्न निर्देशन दिँदै उनले पछि आफूलाई जानकारी थिएन भनेर पन्छिन नपाइने बताए । त्यसतर्फ सतर्क रहन उनले सुरक्षा प्रमुखहरुलाई आग्रह गरेका छन् । नागरिकको अधिकार र…
काठमाडौं: नेपाली काँग्रेसले लामो समयदेखिको क्रियाशील सदस्यताको विवाद अन्ततः सोमबार टुङ्गो लागेको छ । आज क्रियाशील सदस्यता छानविन समितिले टुंगो लगाउन बाँकी समस्या समाधान भएसँगै काँग्रेसमा क्रियाशील सदस्यता विवाद किनारा लागेको हो । छानविन समितिले केही ठाउँमा बाहेकको क्रियाशील सदस्यता टुङ्ग्याएर साउन १२ गते प्रतिवेदन बुझाएको थियो । तर छानविन समितिले बारा र सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतको नयाँ क्रियाशील सदस्यता र अन्तर पार्टी समायोजनमा चर्को विवाद टुंग्याउने जिम्मा नेतृत्व तहमा पठाएको थियो । उक्त विवाद टुङ्ग्याउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सम्मिलित उच्चस्तरीय समिति बनाइएको थियो । उच्चस्तरीय समितिमा सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र…
काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गराउने निर्णयमा पुगेका नेता माधकुमार नेपाल पक्षीय नेताहरु चन्द्रागिरी रिसोर्टमा पुगेका छन्। एमाले विभाजित गरेर नयाँ पार्टी दर्ताका लागि आवश्यक संख्या पुर्याउन बुधबार निर्वाचन आयोगमा सनाखत गर्नुपर्ने भएपछि नेता नेपालले आफू पक्षीय नेताहरुलाई आज रातिको बास चन्द्रागिरी रिसोर्टमा मिलाएका हुन्। माधव नेपालसहित उनी पक्षीय सबै नेताहरु मंगलबार दिनभर त्यही बस्नेछन्। नयाँ पार्टी बनाउन हस्ताक्षर गरेका एमालेका ५८ जना नेतालाई चन्द्रागिरी रिसोर्टमा बोलाइएको हो। रिसोर्टमा करिब एक सयजनालाई पुग्ने कोठा बुक गरिएपछि कतिपय नेता त्यहाँ पुगिसकेका छन् अन्य पुग्ने क्रममा छन्। स्रोतका अनुसार चन्द्रागिरी रिसोर्टमा माधव पक्षीय नेताहरुका लागि ६० वटा बेड बुक गरिएको…
काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन पहल थालेको छ । विना जानकारी झ्याप्प झ्याप्प बत्ती जाने गरेको, नयाँ वत्ति जडानका लागि मिटर पाउन छोडेको, नो लाइटमा फोन गर्दा फोन नउठाउने जस्ता गुनासो आउन थालेपछि यस्ता समस्या समाधान गरी सेवा प्रवाहमा सुधार ल्याउन प्राधिकरण व्यवस्थापनले पहल सुरु गरेको हो । प्राधिकरणले विद्युत आपूर्तिलाई नियमित, भरपर्दो तथा गुणस्तरीय र सेवा प्रवाहलाई छिटो, छरितो एवं सहज बनाउने जनाएको छ । प्राधिकरणका कार्यकारी कुलमान घिसिङले सोमबार ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, ७ वटै प्रादेशिक कार्यालयहरु, प्रदेश डिभिजन कार्यालयहरु र शाखाका प्रमुखहरुसँग भर्जुअल…
काठमाडौँ: पछिल्लो २४ घण्टामा थप एक हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार सोमबार ११ हजार ३२६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ८ हजार ७०४ जनाको पिसिआर र २ हजार ६२२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। त्यस्तै, १ हजार ९२४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यसको संक्रमणबाट थप २४ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ।
बुटवल: लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत हासिल गरेका छन् । प्रदेशसभा बैठकमा सोमबार विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान हुँदा पक्षमा ४२ मत खसेको हो । उक्त मत प्रदेशसभाको तत्काल कायम सदस्य संख्याको हिसाबले बहुमत भएकाले मुख्यमन्त्रीद्वारा पेस गरिएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए । प्रस्तावको विपक्षमा मत खसेन भने एक जना तटस्थ रहे । प्रमुख प्रतिपक्ष नेकपा एमाले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका लागि बोलाइएको बैठकमा सहभागी नभएका कारण सो प्रक्रियामै सामेल भएन । मुख्यमन्त्री केसीले नेकपा माओवादी, नेपाली काँग्रेस, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनमा सरकारको नेतृत्व गरेका हुन् ।
काठमाडौँ: पार्टी विभाजनमा माधव कुमार नेपालालई साथ नदिएका एमाले नेता र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच १० बुँदे कार्यान्वन गर्ने सहमति भएको छ। ओली निवास बालकोटमा सोमबाबार भएको छलफलमा १० बुँदे कार्यान्वयनका लागि मोडालिटी तयार पार्न स्थायी कमिटी बैठक बोलाइने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए। ‘१० बुँदे कार्यान्वयन गर्ने मोडालिटीका लागि भोलि स्थायी कमिटी बैठक बस्छ। १० बुँदेले भने अनुसार २०७५ जेठ २ कायम भएको छ। केन्द्रदेखि टोलसम्मका सबै कमिटी क्रियाशिल हुन्छ,’ भट्टराईले भने, ‘ती कसरी क्रियाशिल हुन्छन् भोलि हामी त्यो ढाचाबारे कुरा गर्छौ। भोलिको बैठकमार्फत अलग्गै पार्टी दर्ताको प्रक्रियामा रहेका नेतालाई पार्टी एकतामा फर्किन आग्रह गर्छौ।’ सचिव…
काठमाडौं: नेकपा एमालेका सांसदहरुले सोमबारको लुम्बिनी प्रदेशसभाको बैठक चल्न दिएनन् । सभामुख पूर्ण बहादुर घर्तीले बैठक शुरु गर्नासाथ एमालेका सांसहरुले उठेर नाराजवाजी गरेका छन् । सभामुख घर्तीले आफूलाई बोल्न दिन एमालेका सांसहरुसँग आग्रह गरे पनि उनीहरुले सभामुखको कुरा सुनेनन्। एमाले सांसदहरुले एमालेले कारबाही गरेका दुईजना प्रदेशसभा सांसदहरु अजय शाही र विमला वलीलाई कारबाही गर्नुपर्ने भन्दै नारावाजीसमेत गरेका छन् । एमाले सांसदहरुले सभामुख घर्तीले पदीय मर्यादासमेत कायम नगरेको आरोप लगाएका छन् । एमालेले दुईजना सांसदलाई कारबाही नभएसम्म बैठक चल्न नदिने बताएका छन् । अजय शाही सूर्य चुनाव चिन्हबाट विजयी भए पनि उनी हृदेश त्रिपाठीसँगै स्वतन्त्र सांसद हुन् भने वली नेकपाकालिन…
