Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार टिकाउन अनुचित सम्झौता नगर्ने बताएका छन् । आफूले बोलाएको ‘केन्द्रीय कमिटी’ बैठकमा ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि सरकार संविधानको धारा ७६(२) मा रुपान्तरित भएको बताए । यही अनुसार अगाडि बढ्ने भन्दै उनले भने, ‘सरकार टिकाउन अनुचित सम्झौता, सिद्धान्तहीन गठबन्धन र जनताको भावना विपरित काम गर्ने छैनौं ।’ कथम्कदाचित थप घेराबन्दी गरिए नयाँ शक्तिका साथ आउने बताएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
काठमाडौँ: मनाङको मर्स्याङ्दी नदीमा ट्रक खस्दा तीन जनाको मृत्यु भएको छ। शनिबार दिउँसो साढे ३ बजे नासो गाउँपालिका-३ खोत्रोमा सिमेन्ट लोड गरेर लम्जुङबाट चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक खसेको नदीमा खसेको हो। प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार उकालो चढ्नेक्रममा अनियन्त्रित हुँदै ब्याक भएर खोलामा ट्रक खसेको हो। ट्रक खस्दा तीन जनाको मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए। अन्य पाँच जना घाइते भएका छन्। घाइतेहरूको उपचारका लागि एम्बुलेन्समार्फत लम्जुङ पठाइएको छ। डिएसपी खड्काका अनुसार ट्रक अन्दाजी १ सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको हो। मृत्यु हुनेमा नासो गाउँपालिका ४ ओडार बस्ने ३५ वर्षीया मनिषा…
काठमाडौँ: नेकपा एमालेले पदाधिकारी र स्थायी समितिको सिफारिस गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेललाई दिएको छ। शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्दै अध्यक्षमा ओली र महासचिवमा पोखरेलाई यथावत राख्ने निर्णय गरेको हो। महाधिवेशन आयोजक समितिका अन्य पदाधिकारी र स्थायी समितिको सिफारिस गर्ने जिम्मा अध्यक्ष र महासचिवलाई दिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। ‘महाधिवेशन आयोजक समितिमा रहने पदाधिकारी र स्थायी समितिका बारेमा अर्को बैठकमा प्रस्ताव प्रस्तुत गर्ने जिम्मा अध्यक्ष र महासचिवलाई दिने निर्णय गरेको छ’, प्रवक्ता ज्ञवालीले भने। त्यस्तै केन्द्रीय सदस्यको कार्यविभाजन गर्न विष्णु पोडेल, टोपबहादुर रायमाझी…
काठमाडौं: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्न लालायित नभएको बताएका छन् । नेपाली काँग्रेस तरुण दल विभागद्वारा चितवनमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री बन्न लालायित नभएको तर जिम्मेवारी आए पछि नहट्ने बताए । ‘अहिले संयुक्त सरकार रहेको छ । प्रधानमन्त्री बन्न म लालायित छैन । जिम्मेवारीको मौका आइहाले भाग्ने वाला छैन, उनले भने । प्रधानमन्त्री बन्न भन्दा पनि आफू पार्टी बनाउन तर्फ लागेको देउवाले बताए । ‘यतिबेला म प्रधानमन्त्री बन्ने भन्दा पनि पार्टी बलियो बनाउनेतिर लागेकाे छु । मेराे प्राथमिकता नेपाली काँग्रेसलाई बलियाे बनाउने हाे’, देउवाले भने । साथै उनले चुनावको तयारीका लागि आपसी…
काठमाडौं: राष्ट्रिय खाद्य बैँकले पहिलो चरणमा २३ वटा जिल्लामा अन्न उत्पादनको तयारी गरेको छ । बैंकका अध्यक्ष शंकर उप्रेतीले पहिलो चरणमा २३ वटा जिल्लामा अन्न उतपादन गर्ने प्रक्रिया अगाडि बढाएको बताउका हुन् । शनिबार पत्रकार सम्मेलनको आयोना गरेर उनले यस्तो बताएका हुन् । ‘असल माटो भए मात्र असल उत्पादन गर्न सकिन्छ, राष्ट्रिय खाद्य बैँकले २३ वटा जिल्लामा अन्न उत्पादन गर्न लागेको छ, विस्तारै अन्य तरकारी र फलफुलहरु उत्पादन गर्दै जाने छौं,’ उनले भने । काठमाडौको नँया बानेश्वरमा केन्द्रिय कार्यालय भएको बैँकले सबै प्रदेशमा प्रादेशिक कार्यालय र ७७ वटै जिल्लामा जिल्ला कार्यालय र विस्तारै आवश्यकता अनुसार विभिन्न पालिका तथा वडाहरुमा…
काठमाडौं । नेकपा एमालेको संसदीय बोर्डले गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बोर्डको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । ५ चैतमा बोर्ड गठन भएको थियो । बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि राखिएको छ । बोर्ड गठन भएपछि पहिलोपटक बसेको बैठकले गुटगत गतिविधिमा संलग्नलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् । एमालेको कुनै पनि पक्षमा नखुलेका गौतम शनिबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा सहभागी भएका हुन् ।
काठमाडौं: उद्योगी तथा व्यवसायी किशोर प्रधान नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रधानसहित २३५ जना उद्योगी व्यवसायीलाई बालुवाटारमा आयोजित कार्यक्रम पार्टी प्रवेश गराइएको प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडले दावी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले खादा ओढाएर उद्योगी व्यवसायीलाई पार्टी प्रवेश गराएका हुन् । एमाले प्रवेश गरेका प्रधान यसअघि नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दुईपटक पराजित भएका थिए । पहिलोपटक शेखर गोल्छासँग पराजित भएका थिए भने यसैवर्ष उनले चन्द्र ढकालसँग हार बेहोरेका थिए । प्रधानसँगै सिताराम अग्रवाल, हितेश गोल्छा, पुनम ब्यास, कृष्ण प्रसाइँ, मदन मित्तल, अजय सरावगी लगायतका उद्योगी व्यवसायी पनि पार्टी नेकपा एमालेमा प्रवेश गरेका छन्…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले शासकीय अव्यवस्था र सरकारले जनतालाई विकासमा मार्गदर्शन गर्न नसकेका कारण नेपाल गरिब देश भएको बताएका छन् । शुक्रबार सांझ बालुवाटारमा उद्योगी व्यवसायीहरूसँगको भेटघाटमा उनले शासकीय अव्यवस्था र सही नीति निर्धारण हुन नसक्नु तथा भएका नीतिको पनि सही कार्यान्वयन हुन नसक्नु लगायतले मुलुकलाई गरिब बनाएको तर्क गरे । तर वर्तमान सरकार विकासको गतिमा अघि बढेको र सोही अनुसार पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेकाले अब मुलुक आधुनिकता तर्फ लम्कने आश्वासन दिए । उनले भने, “हामी देश विकास गर्न चाहन्छौं । यो गरिब हुनै नहुने देश । गरिब हुनै नसक्ने देश । गरिब हुनै नपर्ने देश तर यथार्थमा…
काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफुहरु पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले हालै भएको राष्ट्रिय भेलामा पनि आफुहरुले पार्टी फुटाउने कुरा नगरेको बताएका हुन् । आफुहरु सँधै पार्टी एकताको पक्षमा रहेको र अदालतको फैसला अनुसार पुरानै स्थितिमा फर्कनु परेपछि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीका सबै संरचनालाई यथावत सक्रिय पार्न सहमत भएपनि अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली त्यसमा तयार नहुँदा समस्या देखिएको स्पष्ट पारे । राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीलाई कारवाही गर्ने अध्यक्षले चेतावनी दिएपनि कसैको पनि पद र जिम्मेवारी…
