Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: कोभिड -१९ संक्रमणबाट पूर्वन्यायाधीशको मृत्यु भएको छ । उनमा लामो समयदेखि मुटुको समस्या थियो। पछिल्लो समय मुटुकै उपचारका लागि गंगालाल अस्पतालमा भर्ना गरिएका माधवप्रसाद चालिसेको मृत्यु भएको हो। उनका भाइ कृष्णराज चालिसेका अनुसार मुटु रोगको उपचार गराइरहेका बेला आज बिहान निधन भएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर ३ का उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट रिटायर्ड भएका थिए। उनी ७० वर्षका थिए। पाँच दिन अघि शहीद गंगालाल अस्पतालमा भर्ना भएका उनको आज मृत्यु भएको काठमाडौं महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दीपक केसीले बताए । केसीका अनुसार चालिसेको उपचारकै क्रममा कोरोना…

Read More

काठमाडौँ: कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा दोस्रोपटक थपिएको निषेध (अत्यावश्यकबाहेक सबै गतिविधि बन्द) को अवधि अब एक दिन बाँकी छ अर्थात् भोलि बुधबार मध्यराति १२ बजे सकिँदै छ। यस्तो अवस्थामा पनि उपत्यकामा कोरोना संक्रमण घट्दो होइन बरु अझै बढ्ने संकेत देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्रै उपत्यकामा २९८ जना (काठमाडौंमा १९०, ललितपुरमा भक्तपुरमा ४१ र ललितपुरमा ६७) संक्रमित थपिएका छन्। यसै सन्दर्भमा कुरागर्दै भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन्, यस्तो अवस्थामा निषेधाज्ञा अन्त्य गर्ने सम्भावना छैन। ‘सहजीकरण गर्ने नाममा अहिल्यै स्वास्थ्यका मापदण्ड बेवास्ता गर्न मिल्ने अवस्था छैन, कडाइ अझै जारी राख्न जरुरी देखिन्छ,’ प्रमुख…

Read More

विराटनगर: प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उहाँलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ । मन्त्री घिमिरे शनिबार साँझदेखि निवासमै रहनुभएको छ । उहाँको स्वास्थ अवस्था अहिले सामान्य रहेको सचिवालयले जनाएको छ ।

Read More

लण्डन: (रासस) : नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०.३० मा दौडिन निस्कनुभएका मोरिस बेपत्ता भएपछि यहाँको प्रहरीले उहाँको खोजी गरिरहेको थियो । ह्याम्पसायर प्रहरीले उहाँ नियमित कसरतका लागि जाने एलिस हल्ट जङ्गलमा उहाँको शव फेला पारेको बताएको छ । मृतक मोरिसको पहिचान औपचारिकरूपमा भइनसकेको भए पनि प्रहरीले उहाँको परिवारलाई शव फेला परेको जानकारी गराइसकेको बताएका छन् । यसअघि इष्ट हेमसायर प्रहरी कार्यलयले तीनपटकसम्म सर्वसाधारणका लागि खोजीकार्यमा सहयोग गर्न अपिल जारी गरेको थियो । अन्तिमपटक जारी अपिलसँगै रिचार्ड मोरिसको नयाँ तस्वीर सार्वजनिक गरेको छ…

Read More

काठमाडौँ:  कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रामा यस वर्ष रथ तान्न स्थगित गरेपछि क्षमा पूजा गरेर मनाइने भएको छ । कोरोनाबाट बच्न रथयात्रा स्थगित गरिएकाले इन्द्रजात्रासँग सम्बन्धित सबै मठ मन्दिरमा क्षमा पूजा गरी मनाउन लागिएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले राससलाई जानकारी दिनुभयो । भाद्र शुक्ल चतुर्दशीका दिन आज इन्द्रजात्राको मुख्य दिन हो । यस अवसरमा आज काठमाडौँ उपत्यकामा प्राचीनकालदेखि नै सार्वजनिक बिदा दिने गरिन्छ । आजैदेखि वसन्तपुर दरबार क्षेत्रमा कुमारी यात्रा शुरु हुने परम्परा थियो । यस वर्ष भने कोरोनाको महामारीका कारण यो परम्परा रोकिएको छ । आजको…

Read More

काठमाडौं:  सरकारले काठमाडौं उपत्यकाभित्र दुई हजार बेड क्षमताको क्वारेन्टिन निर्माणको लागि यथाशक्य छिटो प्रक्रिया अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । क्वारेन्टिन निर्माणका लागि आवश्यक सार्वजनिक खरिद ऐन २०६३ को दफा ६६ र नियमावलीको २०६४ को नियम १४५ अनुसार विशेष व्यवस्था गरी द्रुत प्रक्रिया मार्फत निर्माण प्रक्रिया अघि बढाउन बाटो खुलाइदिएको हो । उक्त क्षमताको क्वारेन्टिन निर्माणका लागि सरकारले यसअघि नै सिसिएनसी र स्थानीय निकायका प्रमुखहरुसंग बसेर छलफल गरी उपयुक्त स्थानको छनौट कार्य समेत अघि बढाइसकेको छ । तर अहिलेसम्म भौतिक पूर्वाधार कहाँ बन्ने र कहिलेसम्म बनिसक्ने भन्ने यकिन भएको छैन ।

Read More

एजेन्सी : भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको आज ८४ वर्षको उमेरमा निधन भएको छ । उनको मृत्युको पुष्टि स्वयं उनका छोरा अभिजित मुखर्जीले ट्विटमार्फत गरेका छन । उनका अनुसार दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत उनको सोमबार निधन भएको हो । उनी सन २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति रहेका थिए ।

Read More

काठमाडौं : सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन आगामी असोज १ देखि सञ्चलनमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो आइतबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको खतिवडाले बताए । यस्तै आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा आउने उनले बताए । सरकारले विदेशबाट दैनिक ८०० नेपालीको उद्धार गर्ने निर्णय गरेको छ । यसअघि सरकारले दैनिक ५०० जनासम्मको मात्रै उद्धार गर्ने गरेकोमा अब ८०० जनासम्मको उद्धार…

Read More

महोत्तरी : महोत्तरीको मनरा सिश्वा नगरपालिका -४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको कोरोना संक्रमणबाट मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थियो । उनको शव पुनः जिल्लामा ल्याएर स्वाब संकलन गरेर जनकपुरमा पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिको कोभिडका कारण ज्यान गएको यो पहिलो घटना हो ।

Read More

त्रिशूली : नुवाकोट घर भएका दुई महिला कोरोना रोगको सङ्क्रमण देखिएसँगै सम्पर्कविहीन भएका छन् । काठमाडौँमा पिसिआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका व्यक्ति सम्पर्कविहीन भएका हुन् । कोरोना जाँचका लागि उनीहरुले काठमाडाँैमा स्वाबको नमूना दिएको र ठेगाना ‘नुवाकोट, वडा नं ३’ उल्लेख गरे पनि अधुरो भएकाले सम्पर्कमा ल्याउन कठिन परेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका सूचना अधिकृत उत्तम खनालका अनुसार नमूना दिँदा फोन नं उल्लेख नगरेको र ठेगानामा स्थानीय तहको नाममा जिल्लाको मात्र नाम समावेश भएकाले सङ्क्रमितलाई सम्पर्कमा ल्याउन कठिन परेको छ । कार्यालयले स्थानीय तहका जनप्रतिनिधि…

Read More