Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: तेत्तिस्किलो सुन प्रकरणमा जोडिएका एमके भन्ने मोहनकुमार अग्रवालको घरमा शुक्रबार सुन काण्डको छानबिन गर्न बनेको समितिले छापा मारी ३० लाख नगद दुई किलो चाँदी र १० तोला सुन बरमाग गरेको छ । समितिका संयोजक तथा सह–सचिव ईश्वर पौडेल नेतृत्वको टोलिले आज छापा मारेको हो । अग्रवालको कालिकास्थानस्थित रहेको ताला लगाइराखेको घरमा छापा मारेको हो । समितिका एक सदस्यका अनुसार घरबाट सुन राख्न प्रयोग गरिएको सुनको बाकस र सुन बोक्न जाँदा प्रयोग गरिने छुट्टै रंगको तीन वटा ज्याकेट र बा १० छ २८२ नम्बरको अग्रवालको कारसमेत बरामद गरिएको छ । “हामीले घरबाट थुप्रै चेक्बुज र सुन कारोबार गर्न प्रयोग गरिएको…

Read More

बुटवल: गएरातिको वर्षाका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । बिहिबार रातिदेखि परेको अबिरल वर्षाले रुपन्देही र पाल्पाको सीमा क्षेत्रस्थित सिद्धबाबा मन्दिर नजिकै ढुंगासहितको पहिरो खसेर र मदनपोखरा नजिकै भालेवासमा लेदो माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डका २ स्थानमा पहिरो खसेको थियो । दुर्वै स्थानका पहिरो हटाएपछि राजमार्ग एकतर्फी रुपमा सञ्चालन गरिएको हो । पाल्पाको मदनपोखरा नजिकै भालेबासमा लेदो माटोसहित खसेको पहिरो हटाएपछि अहिले यातायात सुचारु भएको छ ।एकतर्फी रुपमा खेलेको सडक दुईतर्फी सञ्चालनको प्रयास भइरहेको प्रहरीले जनाएको छ । यता पाल्पाको सिद्धबाबा मन्दिर नजिकै ढुंगासहितको पहिरो खस्दा सडक अवरुद्ध…

Read More

बुटवल: सिद्धार्थ राजमार्गको बुटवल—पाल्पा सडक खण्ड आज बिहानै पुनः अवरुद्ध भएको छ । गएरातिदेखि परेको अबिरल वर्षाले रुपन्देही र पाल्पाको सीमा क्षेत्रस्थित सिद्धबाबा मन्दिर नजिकै ढुंगासहितको पहिरो खसेर र मदनपोखरा नजिकै भालेवासमा लेदो माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडक अवरुद्ध भएपछि बुटवलबाट उत्तरतर्फ पाल्पा, स्याङ्जा, पोखरा, गुल्मी अर्घाखाँचीलगायतका स्थानमा जाने र आउने गाडी बीचबाटोमा रोकिएका छन् । पटकपटक पहिरो जाने र सडक अवरुद्ध हुने क्रम बढेपछि केही दिनअघि मात्रै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले पहिरो गइरहने क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए । सिद्धार्थ राजमार्गको उक्त क्षेत्रमा यसवर्ष…

Read More

दाङ: जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दाङको भालुबाङ-लमही सडकखण्डमा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना गम्भीर घाइते छन् । बस सडकबाट तल खोलामा खसेको छ । ना ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा शुक्रबार बिहान ६ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ हो । दुर्घटनामा भारत लखिनपुर निवासी ५ वर्षीय निरुबी मोहम्मदको मृत्यु भएको जनाईएको छ । चालक निदाउँदा बस दुर्घटना भएको प्रहरीको अनुमान छ । बसमा ३३ जना सवार थिए । घाइतेमध्ये एक नाबालकसहित २७ जनालाई बाँकेको कोहलपुर पठाइएको प्रहरीले बताएको छ । अन्य घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको…

Read More

पथरी, मोरङ: अर्थशास्त्री र पर्यटनविज्ञले प्रदेश नं १ को सरकारलाई कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर बजेट बनाउन सुझाव दिएका छन् । सबैभन्दा पहिले कृषिमा लगानी थपिनुपर्ने अर्थशास्त्री डा भेषप्रसाद धमलाको भनाइ छ । धमलाका अनुसार अझै पुरानै ढर्राको बजेटले मुलुक चल्दैन । उनले भने , “परम्परागत शैलीबाट कृषि अगाडि बढ्न सक्ने देख्दिनँ ।” अर्थशास्त्री धमलाले अब निश्चित योजना र दृष्टिकोणसहित बजेट ल्याउनुपर्नेमा जोड दिएका हुन् । यतिबेला प्रदेश सरकार बजेट निर्माणमा व्यस्त छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संविधानमै बाध्यकारी व्यवस्था गरिएको छ । उनले आधुनिक प्रविधिको प्रयोग गर्नेगरी कृषिसम्बन्धी नीति बन्नुपर्ने धारणा राखे । उनकै…

Read More

काठमाडौँ: अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको हितका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजको आयोजनामा बिहिबार आयोजित बजेटपछिको छलफलमा उनले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । “उद्योग क्षेत्रको विकासका लागि चाहिने ऐन, कानून चाँडो बनाएर सरकार नेपालको औद्योगिक विकासलाई अगाडि बढाउन चाहन्छ”, उनले भने । बजेट कार्यान्वयनको तालिका बनाएर सरकार अगाडि बढ्ने उहाँको भनाइ थियो । अर्थमन्त्री डा खतिवडाले आव २०७५/०७६ को बजेटले बजेट घाटालाई निश्चित सीमाभित्र राख्ने कोशिश गरेको स्पष्ट पारे । उनले आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरी मुलुकमा चार लाख जनतालाई…

Read More

पर्सा : सर्पको डसाइबाट पर्सा जिल्लामा बिहीबार एक महिलाको मृत्यु भएको छ । पर्साको पटेर्वासुगौली गाँउपालिका–४ निवासी ५० वर्षीया कलपति देवीको मृत्यु भएको हो । कलपति देवीको उपचारको क्रममा वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । घर नजिकै काम विशेषले गएकी कलपति देवीलाई विषालु सर्पले डसेको थियो । सर्पदंशले बिरामी भएकी कलपति देवीलाई उपक्षेत्रीय अस्पतालमा भर्ना गराए पनि उनको ज्यान जोगाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । कलपति देवीलाई अस्पताल ल्याउन ढिलाइ भएको र कुन सर्पले डसेको भन्ने बारेसमेत खुल्न नसकेको चिकित्सकले बताएका छन् । मृतक महिलाको शव परिवारको जिम्मा लगाई पठाइएको प्रहरीले जनाएको छ ।

Read More

विराटनगर: विराटनगर महानगरपालिकाभित्र भइरहेको विकास निर्माण कार्यलाई सहज पु¥याउनका लागि भिडियो ड्रोन क्यामराको प्रयोग गरिने भएको छ । महानगरपालिकाभित्र विगतमा भएका र भविष्यमा हुने विभिन्न विकास निर्माण कार्यको अनुगमन कार्यका लागि अत्याधुनिक प्रविधि युक्त ड्रोनको माध्यमबाट तस्वीर लिन लागिएको हो । महानगरपालिकाका प्रमुख भीम पराजुलीले बिहीबार जतुवास्थित फोहर पानी प्रशोधन प्लान्टबाट ड्रोनमार्फत तस्वीर लिने कार्यको शुभारम्भ गर्दै हानगरवासीलाई नगरभित्र भएका र भइरहेका विकास निर्माण कार्यका सम्बन्धमा जानकारी दिन सहज हुने बताए । एसटिआइयुआइपी प्रोजेक्टअन्तर्गत सिटिसी कालिका कन्ट्रक्सन प्रालिको सहकार्यमा नगरका विभिन्न निर्माण कार्यको छायांकन र नक्सांकन गरिन लागेको हो । यस प्रविधिबाट विराटनगरको पहिलेको अवस्था र विकास भइसकेपछिको अवस्थाबारे बुझ्न…

Read More

राजविराज: विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत विद्युत् चोरी गरिरहेको आरोपमा बिहीबार साँझ २३ जनालाई पक्राउ गरिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र र जिल्ला प्रहरी कार्यालय, सप्तरीको संयुक्त टोलीद्वारा गरेको अनुगमनका क्रममा विभिन्न स्थानबाट २३ जना व्यक्तिलाई पक्राउ गरिएको प्राधिकरणका प्रमुख चन्द्रनारायण सिंहले बताए । पक्राउ परेकाको साथबाट छवटा विद्युत् मिटर, दुईवटा एलइडी टिभी, चार थान पानी तान्ने मोटर बरामद गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रमुख साहले जानकारी दिए । पक्राउ परेकालाई विद्युत् चोरी नियन्त्रण ऐनअन्तर्गत प्रत्येक व्यक्तिबाट रु १५ हजार ५०२ राजस्व तिराइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । केही दिनयता विद्युत् चोरी हुन थालेपछि नेपाल विद्युत् प्राधिकरण, राजविराजले…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले बीपी राजमार्गमा ठूला सवारीसाधन गुडाउन रोक लगाएको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले ठूला सवारी साधनलाई इजाजत दिने जेठ १३ गतेको मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले यस विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ । मन्त्रिपरिषदले २०७३ भदौ ८ गते गठित प्राविधिक समितिको सिफारिसको आधारमा उक्त सडकमा ठूला सवारी साधनलाई इजाजत दिने निर्णय गरेको थियो । तर सर्वोच्चले उक्त समिति गठनको विषयमा परेको रिट सर्वोच्चमा विचाराधीन रहेकाले त्यसको आधारमा निर्णय गर्नु त्रुटीपूर्ण हुने ठहर गरेको छ । सर्वोच्चले यातायात व्यवस्था विभागबाट २०७३ असार १० गते…

Read More