काठमाडौं ः निजामती सेवामा पहिलो पटक पिएचडी गर्ने डा. टिकाराम शर्मा (खनाल)को आज विहान ७७ वर्षको उमेरमा निधन भएको छ ।
उनको बिहान पौने ९ बजे ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनलाई नेपाल एपीएफ अस्पतालले रिफर गरेपछि ग्राण्डी अस्पतालमा लगिएको थियो ।
ग्राण्डी अस्पतालमा निधनपछि उनलाई सो अस्पतालबाट काठमाडौ महानगरपालिका १० स्थित निजी निवासमा ल्याई ११ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जलीको लागि राखिएको थियो । यसपछि पशुपति आर्यघाटमा लगि दाहसंकार गरिएको थियो ।
उनले संस्कृतमा एजम् गर्नुभएको थियो । स्व. खनाल भूतपूर्व सहसचिव थिए ।
उनले निमित्त अन्चलाभिसको रुपमा, प्रमुख जिल्ला अधिकारीको रुपमा समेत जिम्मेवारी निर्वाह समेत गरिसकेका छन । उनको एक दर्जन भन्दा बढी पुस्तकहरु प्रकाशित छन् ।
उनका श्रीमती, ३ छोरा र १ छोरी छन । उनका एक छोरा हाल सशस्त्र प्रहरी बलका महानिरीक्षक छन ।