Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सरकारले आज (शुक्रबार) देखि देशका विभिन्न स्थानमा दशैं/तिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको हो । सहुलियत पसलमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीमा राखिन्छ । ती पसलमा दाल, चामल, चिनी, नून र खानेतेल लगायतका वस्तु बिक्रीमा राखिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयकी उपसचिव उर्मिला केसीले विगत वर्षमा जस्तै यो वर्ष पनि सहुलियत पसल सञ्चालन गर्न लागेको बताइन् । उनले दशैँदेखि छठसम्मको अवधिमा उपत्यकासहित देशभर सहुलियत पसल सञ्चालन हुने बताइन् । दशैं÷तिहारलाई लक्षित गर्दै व्यापार कम्पनीले देशभरका ४३…
काठमाडौं: ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरुहरूलाई सहुलियतपूर्ण कर्जा साथै वित्तीय साक्षरता एवं उद्यमशीलता तालिम उपलब्ध गराउने सहमति भएको छ। सम्झौता अनुसार संस्थानको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरु, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुका आश्रित परिवार, मानव बेचविखनमा परी उद्धार गरिएका लगायत लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरुलाई बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ। संस्थानले सम्बन्धित स्थानीय सरकारसँग समन्वय गरी कार्यक्रम छनौटका लागि आवेदन माग गरी लक्षित व्यक्तिहरुको सूची बनाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। संस्थानले छनौट गरेका व्यक्तिहरुलाई उचित अभिमुखीकरण तालिमको व्यवस्था गरि कर्जाको लागि बैंकलाई सिफारिस गर्ने बताइएको छ।समझदारीपत्रमा बैंकका सिइओ रत्नराज बज्राचार्य र…
काठमाडौँ: नेपाल एलपी ग्यास उद्योग संघको नेतृत्वमा कुशप्रसाद मल्ली चयन भएका छन् । संघको नयाँ नेतृत्वका बिहीबार भएको सभाले मल्लीलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । यसअघि मल्ली संघको वरिष्ठ उपाध्यक्ष रहेका थिए । यसैगरी उपाध्यक्षमा दिवान चन्द र मनोजकुमार दास तथा महासचिवमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा धर्मराज बर्तौला चयन भएका छन् भने सचिवमा आशिष जाजोदिया निर्विरोध भएका चयन भएका छन् । यस्तै, संघको विशिष्ठ सदस्यमा डल्लाकोटी चयन भए भने वरिष्ठ उपाध्यक्षमा शंकर श्रेष्ठ निर्विरोध चयन भएका छन् । संघको अन्य सदस्यहरलोकहर्ष शाक्य, बाबुराम पोख्रेल, सुनिल सिन्हा, मनोज बुढाथोकी, अच्युत नेपाल, युवक राजभण्डारी, सुदीप घिमिरे, राजकुमार…
काठमाडौं: सुर्ती उद्योगीको निरन्तरको हस्तक्षेपका कारण सुर्ती नियन्त्रणमा फितलो भइ जनताले स्वास्थ्य अधिकार उपभोग गर्न नपाएको एक अध्ययनले देखाएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको सुर्ती उद्योगी व्यवसायीको सुर्ती नियन्त्रणमा हस्तक्षेप विषयक अध्ययनले नेपालमा सुर्तीमाथि लगाइने कर दक्षिण एसियामा नै सवैभन्दा कमजोर रहेको देखिएको छ । सुर्ती उद्यमीले सामाजिक उत्तरदायित्वको नाममा गरिने प्रायोजन र विभिन्न उच्च पदस्थ व्यक्तिहरुलाई नदेखिने तवरले गरिने प्रायोजनका कारण सुर्ती नियन्त्रण हुन नसकेको देखिएको छ । सार्वजनिक स्थलमा खुलमखुला धुम्रपान गर्ने र विद्यालयको १०० मिटर वरपर सुर्तीको विक्रिवितरण गर्न रोक लगाउने कानुन कार्यान्वयनमा फितलो हुनुको कारण सुर्ती उद्यमी व्यवसायीकै अप्रत्यक्ष हात रहेको देखिएको अध्ययनकर्ता…
काठमाडौँ: नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले शर्त राखेर पार्टीको पक्षमा उभिनेहरू एकताको पक्षपाती हुन नसक्ने बताएका छन्। बिहीवार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले कुनैपनि शर्त राखेर पार्टीको पक्षमा नउभिने कुरा एकताको पक्षपाती हुन नसक्ने बताएका हुन्। पोखरेलले पार्टी एकताको प्रमुख सर्त भनेको पार्टीको पक्षमा दृढतापूर्वक उभिनु रहेको बताए। उनले गुटबन्दीमा संलग्न भएर पार्टीलाई कमजोर बनाउने, पार्टीप्रति अनास्था फैलाउने तथा फुट र विभाजनकारी गतिविधिलाई सहयोग पुर्याउने कुरालाई कुनैपनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारे। उनले भने, ‘एकताको लागि प्रमुख सर्त भनेको के हो भने, एकताको कुरा भनेको एउटै कुराले निर्धारण गर्दछ। पार्टीको पक्षमा दृढतापूर्वक…
काठमाडौँ: जिल्ला प्रशासन कार्यालय काठमाडौंले शैक्षिक संस्थाहरू (विद्यालय) लाई भौतिक उपस्थितिमा पठनपाठन नगराउन भनेको छ। पठनपाठन गराउनै परेमा विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सह-चालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारीहरू सबैले अनिवार्य रूपमा कोभिड-१९ विरूद्धको खोप लगाउनुपर्ने भनिएको छ। प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जारी गरेको सूचनामा असोज १ देखि अर्को आदेश जारी नभएसम्मका लागि लागु भएको उल्लेख छ। यस्ता छन् काठमाडौं प्रशासनले गरेको निर्णय : – शैक्षिक संस्थाहरू (विद्यालय) ले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाउने गर्नुपर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरूले विद्यालय सञ्चालन गर्नु पूर्व आ-आफ्नो पालिकास्तरमा कोभिङ-१९ संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी,…
काठमाडौँ: कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरु उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । कोषको ६० औं बार्षिकोत्सव समारोहको भर्चुअल रुपमा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । ‘सञ्चयकर्ताहरुको पैंसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ जसले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पु¥याउँछ ।’ उनले भने, ‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सृजना गर्छ र व्यापार घाटा कम गर्न सहयोग गर्छ ।’ उनले सञ्चयकर्ताहरुको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिए । मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई सञ्चयकर्ताहरुको लागि सहज वातावरण सृजना गर्नुपर्ने धारणा व्यक्त…
काठमाडौँ: पछिल्लो २४ घण्टामा १५११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १ सय ७९ जनामा गरिएको परीक्षण १५११ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८९ जना संक्रमित निको भएर फर्किएका छन् भने ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर २५७७२ जना सक्रिय संक्रमित रहेका छन् ।
काठमाडौँ: साताको अन्तिम कारोबार दिन, बजार खुलेको एक घण्टामा नेप्से परिसूचक २ प्रतिशत घटेको छ। बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएसँगै यस दिन नेप्सेमा नकारात्मक प्रभाव परेको हो। विगत केही दिनदेखि नै ब्याजदर वृद्धि हुने हल्लाले शेयर बजार प्रभावित हुँदै आएकोमा, यस दिन एक घण्टामा नेप्से ५९.१६ अंक घटेर २८२९.८८ विन्दुमा झरेको हो। सो अवधिसम्ममा सेन्सेटिभ इण्डेक्स १.८५ अंक घटेर ५२८.५६ विन्दुमा झरेको छ। सो अवधिसम्ममा २१६ कम्पनीको ३१ हजार ५८८ पटकको कारोबारमा २ अर्ब २५ करोड २० लाख रुपैयाँ बराबरको ४३ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यसमध्ये जम्मा ५ स्क्रिप्टको मात्र शेयरमूल्य बढेको छ भने बाँकी…
काठमाडौँ: सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा संलग्न भएको आरोपमा थप एक जनालाई पक्राउ गरिएको छ छ । पक्राउ पर्ने यस अघिनै पक्राउ परिसकेका लोक बहादुर कार्कीका भाई नरेश हरेको प्रहरीले जनाएको छ । लोकबहादुरका भाइ नरेश कार्कीमाथि सोधपुछ भइरहेको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले पहिलोक्लिकलाई बताए । ‘नरेशलाई सोधपुछ गर्दै छौँ’ डिएसपी सुवेदीले भने–‘अनुसन्धानबाट थप नयाँ तथ्य खुलेको छ ।’ घटना हुँदा उनी प्रत्यक्षदर्शीको रुपमा थिए र घटना पश्चात नरेश मृतक ३२ वर्षिया रंजनाकोको कोठामा पुगेर मोबाइल चोरेर लागेको पट्ट लागेको छ । भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की,…
