Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
सिन्धुपाल्चोकको मेलम्ची खोलामा भीषण बाढी आएको छ । शुक्रबार साँझ साढे ८ बजेदेखि खोलाको बहाव बढ्दै गएको मेलम्ची प्रहरी कार्यालयका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए । प्रहरीले त्यस आसपासका जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरुलाई माइकिङ गरेर सुरक्षित स्थानमा सारिएको जानकारी दिए । वर्षा सामान्य भएपनि बाढीको बहाव बढी मात्रामा आएको उनको भनाई छ । प्रहरी निरीक्षक राईले भने–‘हिजो अस्तिको भन्दा केही बढी मात्रामा बाढी आएपनि पहिलो दिनको भन्दा अलि कम छ । मेलम्ची क्षेत्रमा पानी खासै ठूलो नपरेपनि बाढीको मात्रा बढेको छ । माइकिङ गरेर सर्वसाधारणलाई सुरक्षित स्थानमा सारेका छौँ ।’ हेलम्बु क्षेत्रमा बाढीको प्रभावबारे विस्तृत बिवरण आउन बाँकी…
काठमाडौं: भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र मेलम्ची नगरपालिकालाई जनही ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने जनाएको छ । मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कार्यपालिकाको बैठकबाट नगरपालिकाको तर्फबाट सहयोग गर्ने निर्णय भएको बताएका हुन् । उक्त सहयोग रकम हस्तान्तरण गर्न उनी शनिबार आफै मेलम्ची जाने भएका छन्। यसअघि, सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई काठमाडौं महानगरपालिकाले २ करोड रुपैयाँ सहयोग गर्ने जनाएको छ । बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् । यस्तै, काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाले…
काठमाडौँ: पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख १७ हजार ९४७ तथा एन्टिजेन विधिबाट २४ हजार ८६१ जनामा संक्रमण पुष्टि भइसकेको छ । यही अवधिमा थप ४ हजार २० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ५ लाख ४९ हजार ६८२ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ८९ प्रतिशत रहेको छ । नयाँ संक्रमितभन्दा निको हुने बढी रहेसँगै हाल सक्रिय…
काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई थप मजबुद बनाउँदै अगाडि बढाउने बताएको छ। शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले उक्त निष्कर्ष निकालेको हो। ‘कांग्रेसले लोकतन्त्र र संविधानको मूल्य र मान्यतालाई एक पछि अर्को गरी कमजोर पार्ने काम भइरहेको छ। त्यसविरूद्ध बृहत्तर एकता जो लोकतन्त्र र संविधानमा विश्वास गर्छ। ती पार्टी र समूहलाई जोड्दै लैजाने, एकताबद्ध बनाएर लैजाने निर्णय भएको छ’, बैठकपछि प्रकाशशरण महतले भने। यसअघि कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसद कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा बैठक तोक्न भन्दै सर्वोच्च गएका थिए।…
काठमाडौँ: नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी हिरा महर्जनलाई साढे पाँच वर्षपछि बिहीबार नियन्त्रणमा लिएको छ । जिल्ला अदालत ललितपुरले २०७२ पुस १५ गते बैंकिङ कसूर मुद्दामा सजाय सुनाएकोमा महर्जन २०७८ असार ३ गते पक्राउ परेका हुन् । फरार रहेका उनलाई महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । गोदावरी नगरपालिका–१२ ठेचो बस्ने ४० वर्षीय फरार प्रतिवादी महर्जनलाई जिल्ला अदालत ललितपुरले २०७२ पुस १५ गते बैंकिङ कसूर मुद्दामा ३ वर्ष कैद सजाय र १ करोड १५ लाख ३८ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । महर्जनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा बुझाइएको महानगरीय प्रहरी परिसर…
काठमाडौँ: नेपाल धितोपत्र बोर्डविरुद्द सर्वोच्च अदालतमा शुक्रबार रिट दायर भएको छ । अधिवक्ताद्वय रविन बोहजु र सुरेन्द्र कोंजुले बोडले सार्वजनिक गरेको ५१ वटा कम्पनीको सूची सहितको विज्ञप्ती बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । बोर्डविरुद्द सर्वोच्चमा परेको रिटमा असार ६ गते आइतबारको लागि पेशी तोकिएको छ । रिटमा बोर्डले सार्वजनिक गरेको नेप्सेमा सूचीकृत ५१ कम्पनीको सूचीसहितको विज्ञप्ति बोर्डको काम कर्तब्य अधिकारभन्दा बाहिरको रहेको र कानुन सम्मत नभएकोले बदर गर्न माग गरिएको छ । बोर्डको उक्त निर्णयले लगानीकर्तालाई त्रसित र आतंकित बनाएको रिट निवेदनमा उल्लेख गरिएको छ । यसैगरी रिटमा शेयर कर्नरिङ रोक्नको लागि छुट्टै कानुन बनाउनको लागि…
सल्यान: सल्यान जिल्लाको शारदा नगरपालिका ६ बरालास्थित शारदा नदिको टापुमा फसेका १२ जनाको असार ३ गते सकुशल उद्वार गरिएकोे छ । खेतमा रोपाई गर्न गएका ९ जना पुरुष तथा ३ जना महिला सो नदिमा पानीको बहाव बढेपछि उक्त टापुमा फसेका थिए । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सल्यानबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष रायमाझीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले विभिन्न निकायको सहयोगमा उनीहरुको सकुशल उद्वार गरिएको हो । उद्वार गरिएका व्यक्तिहरुमा सल्यान जिल्लाको शारदा नगरपालिका ६ बस्ने ४० वर्षिय छविलाल बि.क., २० वर्षिय हिरालाल बि.क., ४० बर्षिया सुशिला गौरी, ४७ बर्षिया काली बि.क., १८ बर्षिया गिता गिरी, ५५ वर्षिय तेजबहादुर बस्नेत,…
काठमाडौँ: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेश सभामा विश्वासको मत पाएका छन्। मतदानमा ५८ जना सांसद उपस्थित हुँदा उनको प्रस्तावको पक्षमा ३१ मत परेको थियो भने विपक्षमा २७ मत पर्यो। शुक्रबार प्रदेश सभामा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन्। ५९ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३० मत आवश्यक पर्नेमा उनको पक्षमा ३१ मत खसेको छ। प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पार्टी कारबाहीमा परी पदमुक्त भएका छन् भने सभामुखले बराबर मत भएको अवस्थामा बाहेक मतदानमा सहभागी नहुने व्यवस्था छ। उनलाई नेकपा एमाले बाहेकका दलले मत दिएका छन्। मुख्यमन्त्री पोखरेल नेपालीको पक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा,…
काठमाडौँ: गिट्टी बालुवा निकासी गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। शुक्रबार संवैधानिक इजलासमा भएको सुनुवाइपछि सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिइएको हो। यससम्बन्धी परेका रिटको सुनवाइका लागि चोलेन्द्र शमशेर जबराको नेतृत्वमा वरिष्ठताका आधारमा न्यायाधीशहरु इजलासमा तोकिएका थिए। न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठसहितको इजलासले सरकारलाई कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश समेत जारी गरिदिएको हो। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा सरकारले गिट्टी बालुवा विदेश निकासी गरेर व्यापार घाटा कम गर्ने बताएको थियो। गिट्टी बालुवा निकासी गर्ने सरकारको निर्णयविरुद्ध अधिवक्ताहरु शैलेन्द्र प्रसाद अम्बेडकर, रामबहादुर शाही, डा. पुण्यप्रसाद…
जनता समाजवादी पार्टीका उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगेका छन्। यादव र भट्टराईले महन्थ ठाकुर र राजेन्द्र महतोसहितको नेताहरुमाथि गरेको कारबाहीअनुसार विवरण अध्यावधिक नगरेपछि राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्न गएका हुन्। दफा ४४ को उप दफा (१) अनुसार यादव र भट्टराईले दलको नाम, छाप, झण्डा र चिन्ह दाबी गर्न आयोग गएका हुन्। ‘दलको नाम, छाप, झण्डा वा चिन्हसम्बन्धी विवाद भए त्यस्तो नाम, छाप, विधान, झण्डा वा चिन्ह दाबी गर्ने दलले र दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विवाद भए त्यस्तो पदाधिकारी, केन्द्रीय समिति वा…
