Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन्। उनले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) को पत्र पेश गर्दै मुख्यमन्त्रीमा दबी गरेका हुन्। जसपा महन्थ ठाकुर पक्षले गुरुङलाई समर्थन गरेको पत्र केन्द्रबाट पठाएको थियो। शुक्रबार नै महन्थ ठाकुर पक्षले गुरुङलाई समर्थन गरेको पत्र पठाएको ठाकुर निकट एक नेताले बताए। गुरुङले २७ गते संदनमा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले बहुमत ३१ सांसदको हस्ताक्षर र सशरीर उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
काठमाडौँ: नेपालमा यो वर्षको मनसुन भित्रिएको छ । मनसुन भित्रिएसँगै मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ । शुक्रबार बिहान नेपालको पूर्वी भेग हुँदै मनसुन भित्रिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन भित्रिएको सुरूवातबाटै यस वर्ष वर्षा हुन थालेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । मनसुनका कारण प्रदेश १, वाग्मती प्रदेशदेखि कर्णाली प्रदेशसम्मका पहाडी भेगमा ठूलो वर्षाको सम्भावना रहेको उनले जनाएका छन् । महाशाखाका अनुसार अहिले देशको पूर्वी र मध्यभूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ । आज दिउँसो देशका…
काठमाडौँ: नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफूले दिएको विवादित अभिव्यक्ति फिर्ता लिने बताएका छन्। आज विहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा आफूले अभिव्यक्ति फिर्ता लिने उनले बताएका हुन्। ‘विहान ११ बजे बस्ने बैठकमा मैले सभामुखसँग समय मागेको छु’, वैद्यले भने, अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्छु।’ प्रधानमन्त्रीका पछिल्ला व्यवहारले भावनामा बहकिएर आफूले त्यस्तो अभिव्यक्ति दिन पुगेको भन्दै उनको प्रष्टिकरण छ। ‘उहाँमा आफूबाहेक अरूलाई नस्वीकार्ने प्रवृत्ति बढ्दै गएको छ’, वैद्यले भने, ‘संविधान र कानून सबै मिचेर हिँड्नुभएको छ, त्यसैले मैले बोल्ने क्रममा भावनामा बहकिएको हुँ।’ शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा वैद्यले प्रधानमन्त्री केपी ओलीले मनलाग्दी…
काठमाडौँ: एनआईसी एशिया बैंक लिमिटेडले असार ६ गतेबाट ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको छ । बैंकले १० वर्ष अवधिका लागि ‘८.५ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८७’ ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको हो । बैंकले निष्काशित ३० लाख कित्ता ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत विभिन्न संघसंस्थाहरुलाई बिक्री गर्नेछ भने १२ लाख कित्ता सर्वसाधारणमा बिक्रीमा आउनेछ । सर्वसाधारणका लागि छुट्याएकोमध्ये ५ प्रतिशतको ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याइएको छ । बाँकी ११ लाख ४० हजार कित्ता इकाई ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । उक्त ऋणपत्र खरीद गर्न इच्छुक…
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बागमती प्रदेशसभा बैठकमा एक कांग्रेस सांसदले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। शुक्रबार बागमती प्रदेशसभा बैठकमा कांग्रेस सांसद नरोत्तम वैद्यले आफू प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए। गोड्से ती व्यक्ति हुन्, जसले महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए। वैद्यलाई आफ्नो शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहने प्रवक्ता शर्माले बताएका छन्। तर्कले आपत्तिजनक शब्द छोप्ने पार्टीको परम्परा नरहेको उनको भनाइ छ। शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न! आवेगको बोली र व्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति हुन्न। शब्द फिर्ता लिई आत्मालोचना गर्न…
काठमाडौँ: बागमती प्रदेशसभाको नीति तथा कार्यक्रमबारे छलफलमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम बैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएको भन्दै सत्ता पक्षका सांसदहरुले उनलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् । यस्तो माग गर्ने सांसदहरुमा डाक्टर अजयक्रान्ति शाक्यलगाय छन् । ‘बैठकमा प्रदेश सांसद वैद्यले देशको कार्यकारी प्रमुखलाई संसदीय मर्यादाको समेत ख्याल नगरी दिएको अभिव्यक्ति खेदजनक छ,’ प्रदेश सांसद शाक्यले भने, ‘महात्मा गान्धीका हत्यारा नाथुराम विनायक गोड्से उदाहरण दिँदै उनले देशको प्रधानमन्त्रीको हत्या गर्न तयार छु भन्दै दिएको अभिव्यक्ति क्षमा गर्न योग्य छैन । उनलाई हदैसम्मको कारबाही गर्न माग गर्छौ ।’ प्रदेशसभाले प्रस्तुत गरेको नीति तथा कार्यक्रबारेको बहसमा वैद्यले छलफल…
काठमाडौँ: चिकित्सा शिक्षा आयोगको बैठकले झापास्थित बीएण्डसी मेडिकल कलेलजलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा ऐन नियमअनुसारको प्रावधान पूरा नगरेको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय भएको स्रोतले जनायो । बैठकमा प्रधानमन्त्री ओलीले विश्वविद्यालयले आफ्नो क्षमताअनुसार शिक्षण संस्थालाई सम्बन्धन दिनसक्ने भनाई राखेर बाहिरिएका थिए । उनी बाहिरिएपछि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रक्रिया पूरा गरेर सम्बन्धन दिने भनेर निर्णय लेख्न लगाएको स्रोतले बतायो । ‘बीएण्डसीको सम्बन्धनको विषय सुरु भएपछि विवाद हुनथाल्यो, विवाद बढ्दै गएपछि तटस्थ किसिमका सस्दयहरु बैठक छाडेर हिड्न थालें,’ एक सदस्यले भने, ‘शिक्षामन्त्रीले यो निर्णय आजै लेख्नुपर्छ, भनेर अडान लिएर लेखाउन लगाउनुभयो ।’…
काठमाडौँ: डिफेन्सका मुख्य खेलाडी रोहित चन्दले पहिलो हाफको अन्त्यमा रातो कार्ड बेहोर्दे मैदान छाडेपछि १० खेलाडीमा समेटिएको नेपालले अस्ट्रेलियाविरुद्ध ३–० को हारसँगै शुक्रबार विश्वकप २०२२ छनोट टुंग्याएको छ । यससँगै नेपाल सिधै एसियन कप २०२३ छनोटको तेस्रो चरणमा पुग्न असफल रह्यो । अब त्यसका लागि प्लेअफ खेल्नुपर्नेछ । छनोटका ८ खेलमध्ये ६ खेल हारेको नेपालले दुई खेल जित्दै ६ अंक बनाएर समूह ‘बी’ को चौथो स्थान हात पार्यो । नेपालले दुवै जित चाइनिज ताइपेईविरुद्ध निकाल्यो । ताइपेई समूहको अन्तिम अर्थात् पाँचौं स्थानमा रह्यो । समूहमा चौथो हुने आठ टिममध्ये उत्कृष्ट चार देशले सिधै एसियन कप छनोटको तेस्रो चरण खेल्न पाउँछन् । तर, एउटा समूहमा चार टिममात्रै भएकाले…
काठमाडौँ — नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा नियन्त्रणमा लिएर तिब्बतमा रहेको धार्मिक स्थल मानसरोवरसम्म जाने बाटो निर्माणलाई भारतले रोक्नुको सट्टा झन् तीव्रता दिएको छ । भारतले धारचुला–लिपुलेक सडक निर्माणका क्रममा गर्वाधार क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गर्दा खसेको चट्टानले महाकाली नदीवारि नेपालको व्यास गाउँपालिका–२ स्थितकल्जु क्षेत्रमा भत्किएको घोडेटो । महाकालीपारिबाट खसेको चट्टान वारिसम्म आएर बाटो पुरिएको हो। पहिरो खसेको दिन मंगलबार केही समय महाकालीसमेतथुनिएको थियो। तस्बिर सौजन्य : हरकसिंह बुढाथोकी नेपाली भूमि हुँदै मानसरोवर जाने ‘सिंगल लेन’ सडकको नयाँदिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेको १३ महिनापछि शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले थप प्रगति बाहिर ल्याएका हुन् । नेपाली भूमिमा भारतले सडक निर्माण…
काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टोलीले आफ्नो अन्तिम विश्व कप क्यालिफ़ाइङ्ग फुटबलमा अस्ट्रेलियासंग ३-० ले पराजित भएको छ। यो संगै नेपालले आफ्नो सबै खेल खेल्दै अव एसियाली छनोट खेलका लागि कुर्ने छ। खेलको पहिलो हाफमै डिफेन्डर रोहित चन्दलाई रातो कार्ड मार्फत गुमाएको नेपालले खेलको मध्यदेखि राम्रो लय समताये पनि बलियो अस्ट्रेलियाली टीमसामु नेपालको केहि चलेन। नेपालले अस्ट्रेलियालाई ३ गोलमा मात्रै सीमित राक्न गोल्किपर किरण चेम्जोङ्गको महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
