Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रमुख प्रतिपक्ष कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले ओलीले प्रधानमन्त्रीका लागि मागेको विश्वासको मत नदिने र अरु दललाई पनि विश्वासको प्रस्तावको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको हो । कांग्रेस सचेतक पुष्पा भुसालका अनुसार सरकार सम्पूर्ण रूपमा असफल भइसकेकाले विश्वासको मत नदिने संसदीय दलले निर्णय गरेको हो । ‘ओली सरकार संवैधानिक, राजनीतिक, नैतिक सम्पूर्ण हिसाबले असफल भएको हुनाले सरकारलाई विश्वासको मत नदिने निर्णय भयो,’ उनले भनिन्, ‘संसद्मा रहेका अरु दलहरूलाई पनि विश्वासको मतको विपक्षमा खडा हुनका लागि कांग्रेस संसदीय दलले आग्रह गरेको छ ।’ ओली…
काठमाडौँ, २५ वैशाख; सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पोजिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको थियो । पिसिआर परीक्षणमा २०५ सांसद सहभागी भएकामा राष्ट्रियसभाका एकसहित १९ जनालाई कोरोना पोजिटिभ देखिएको सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । यसअघि नौ सदस्यलाई कोरोना पोजिटिभ देखिएको थियो । उहाँहरुसमेत हाल उपचारका क्रममा हुनुहुन्छ । पछिल्लो नतिजासँगै कोरोनाबाट संक्रमित हुने सांसद २८ पुगेका छन् । सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी,…
काठमाडौँ, २५ वैशाख (रासस): पछिल्लो २४ घण्टामा कूल आठ हजार ४१८ जना कोरोनाका नयाँ सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ३०४ नमूना परीक्षण गरिएकामा उक्त संख्यामा सङ्क्रमित फेला परेका हुन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५३ जनाको ज्यान गएको छ । यस्तै, तीन हजार ३७० जना निको भएका छन् । मन्त्रालयका अनुसार कूल तीन हजार ६३२ जनाको हालसम्म मृत्यु भएको छ । हालसम्म कूल २६ लाख १५ हजार ७२० जनाको परी क्षण गरिएको छ । कूल तीन लाख ८५ हजार ८९० जना कोरोना पोजेटिभ देखिएको छ । तीमध्ये आइसोलेशनमा पुष्टि भएका केसको संख्या…
काठमाडौँ, २५ वैशाख (रासस): नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक स्थगन गर्न आग्रह गर्नुभएको छ । उहाँले आज प्रेस वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामखुसमेतले भाग नलिने जनाउनुभएकाले बैठक स्थगन गर्न आग्रह गर्नुभएको हो । अध्यक्ष दाहालले बैठक संवैधानिक संरचनाको गरिमामा चुनौती थप्ने मनसायका साथ हुन लागेको जनाउँदै सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यसँग अनुरोध गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान संवैधानिक परिषद्को बैठक आह्वान गर्नुभएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले परिषद्को बैठकमा आफू उपस्थित हुन नसक्ने जनाउनुभएको छ ।
काठमाडौँ: दोस्रो चरणको कोरोना संक्रमण सबै जिल्लामा पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांकअनुसार ४३ वटा जिल्ला बढी जोखिममा देखिएका छन्। २२ जिल्लामा ५०० जनाभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ। प्रदेश नं १ का झापा, मोरङ र सुनसरीमा ५०० बढी संक्रमित छन् भने प्रदेश नं २ का धनुषा र पर्सामा संक्रमितको संख्या ५०० बढी पुगेको छ। बागमती प्रदेशमा उपत्यकाका तीन जिल्लासँगै चितवन, काभ्रेपलान्चोक, मकवानपुर, धादिङ र नुवाकोटमा ५०० बढी संक्रमित छन्। गण्डकी, कर्णाली र सुदूरपश्चिममा एकएक जिल्लामा मात्रै संक्रमितको संख्या ५०० नाघेको छ। यी प्रदेशका कास्की, सुर्खेत र कैलालीमा ५०० बढी संक्रमित छन्। …
कोरोना संक्रमणको कारण बाँकेको नेपालगञ्जमा एकै घरका तीन दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज अहमद, एजाज अहमद र जहीर अहमद छन्। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो । जहीरको बुधबार, एजाज बिहीबार र इम्तियाजको शुक्रबार बिहान मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिए। सात दाजुभाइमध्ये जहीर कान्छा , एजाज राइँलो र इम्तियाज काइँलो हुन्। उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनीहरु सबै नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्थे। एउटै परिवारको तीन दाजुभाईको मृत्युपछि परिवारमा बज्रपात परेको स्थानीय रसिद कुरेशीले बताए।…
काठमाडौं । पूर्वप्रधानमन्त्री एमाले बरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली गैरजिम्मेवारी र अलोकतान्त्रिक बाटोमा लागेको बताएका छन् । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएपछि नेता नेपालले शनिबार बिहान समाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका हुुन् । नेता नेपालले कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुपर्नेमा बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजेर सरकार आफ्नो दायित्वबाट च्युत हुन खोजेको आरोप लगाएका छन् । ‘कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक…
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै छ । शनिबार दिउँसो २ बजे बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । बैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकका सन्दर्भमा रणनीति बनाउन बैठक बस्न लागेको उनको भनाइ छ । २७ गते विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी छ । प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा विफल पार्ने काँग्रेसको निर्णय छ । मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत नदिने र विफल पार्ने निर्णय लिएको थियो । खाणका अनुसार आजको संसदीय दलको बैठकले सोही निर्णयमाथि छलफल गरेर सांसदलाई…
काठमाडौं । चिनियाँ अनुदानको चार सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर हवाईमार्गबाट नेपाल ल्याएलगत्तै चीनले थप ४० थान भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ सहयोगका ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डिआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउण्ड र ३० थान एनेस्थिेसिया मेसिन उपलब्ध गराउँदै छ । यी स्वास्थ्य सामग्रीहरु एक हप्ताभित्र तातोपानी नाकामा आइपुग्ने मुख्य सचिव नेतृत्वको कोभिड–१९ सहजीकरण समितिले जनाएको छ । समितिका अनुसार चिनियाँ अनुदानको स्वास्थ्य सामग्रीहरुमध्ये ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर भने हवाई मार्ग हुँदै नेपाल ल्याइने छ । ती…
काठमाडौं । सत्तारुढ नेकपा एमालेका दोस्रो तहका नेताहरुले सहमतिका सम्भावित विकल्पहरुबारे छलफल शुरु गरेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ-आफ्नो अडानमा रहेका बेला दुवै पक्षका दोस्रो तहका नेताहरुले भने सहमतिका आधार खोजी गर्न थालेका हुन् । शुक्रबार दुवै पक्षका तीन-तीन नेताले करीब दुई घण्टा बालुवाटारमा वार्ता गरेका छन् । दुवै पक्ष आफ्नो अडानमा केही लचिलो देखिएका छन् तर, जेठ २ २०७५ मा फर्किनुपर्ने नेपाल समूहको अडानमा ओली पक्ष सहमत भइसकेको छैन । वार्तामा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र विष्णु रिमाल तथा नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी…
