Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य कर्णबहादुर थापाले निर्वाचन आयोगले केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीलाई नै आधिकारिक मान्यता दिने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आयोगले कानुन अनुसार नै उक्त मान्यता दिने ठोकुवा गरेका हुन् । आयोगको निर्णय आएपछि प्रचण्ड समूहले बितण्डा मच्चाउने बताए । उनले प्रचण्ड र माधव नेपाल कि त पार्टीमा फर्कनुपर्ने कि त अर्को पार्टी खोल्नुपर्ने अवस्थामा पुग्ने बताए । सर्वोच्च अदालत र निर्वाचन आयोगलाई कसैले धम्क्याउने या दबाब दिन नमिल्ने उनले बताए । बैतडीमा भागरथी भट्टको बलात्कारपछिको हत्याको भर्त्सना गर्दै दोषीलाई तत्काल पत्ता लगाई कानून बमोजिम कारबाही गर्नुपर्ने…

Read More

काठमाडौँ: नेकपा ‘दाहाल-नेपाल’ समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार थालिएको छ । नेता खनालको एपोलो अस्पतालमा उपचार थालिएको भारतका लागी नेपाली राजदूत निलाम्बर आचार्यले जानकारी दिए । राजदूत आचार्यले उनले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन । पूर्वप्रधानमन्त्री खनाल नियमित उपचारका क्रममा विहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली गएका थिए । नियमित फलोअपका लागि दिल्ली गएका खनाल चार दिनपछि फर्कने खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जनाकारी दिए। खनालका साथ श्रीमती रविलक्ष्मी चित्रकार पनि दिल्ली गएकी छन्।

Read More

काठमाडौँ: काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लु देखिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला फुटुङमा बर्ड फ्लु रोग देखा परी नियन्त्रण भएपछि वडा नं. १ का कृषकले पालेका हाँसमा बर्ड फ्लु प्रमाणित भएको हो । पशु सेवा विभागका अनुसार बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र नदिन र तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरिएको छ । रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको विभागले बताएको छ । यस क्रममा १४२१ हाँस, ४२ स्थानीय कुखुरा, २६ अण्डा र ८०० केजी दाना…

Read More

काठमाडौँ: महिला लघुवित्तले निष्काशन गरेको प्राथमिक शेयरमा माघ २८ गतेबाट आवेदन खुलेको छ । लघुवित्तले प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँका दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । कुल चार लाख कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५००० कित्ता शेयर संस्थाका कर्मचारी तथा ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानीकोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारलाई बाँकी रहेको ३ लाख ७५ हजार कित्ता शेयर वितरण हुनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखी १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछन् । आश्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर वेवसाइट र…

Read More

काठमाडौँ: इन्डियन प्रिमियर लिग (आईपीएल) को चेन्नाईमा हुने अक्सनमा नेपालका सन्दीप लामिछाने मात्रै छनोट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले ८ जना खेलाडीको नाम सिफारिस गरेको थियो । जसबाट फेब्रुअरी १८ मा हुने आईपीएल अक्सनमा नेपालबाट सन्दीपको नाम मात्रै समावेश छ । २०१७ मा पहिलो पटक आईपीएलमा सन्दीप २० लाख आधार मूल्यमा छनोट भएका थिए । तीन वर्ष दिल्ली क्यापीटल्सबाट खेलेका उनलाई यहिँ सिजनमा दिल्लीले रिलिज गरेको हो । यस सिजनमा उनको आधार मूल्य ४० लाख रहेको छ । यस्तै, उक्त अक्सनमा एसोसिएट क्षेत्रका मात्रै तिन खेलाडी छनोट भएका छन् । सन्दीपसँगै अमेरिकाका अलि खान र युएईका…

Read More

काठमाडौँ: मुलुकमा फेरि पश्चिमी वायुको प्रभाव सुरू भएको छ । पश्चिमी वायुकै प्रभावले आज उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको सुदूरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । आकाश राम्रो नखुल्दा काठमाडौँ उपत्यकामा धुम्म देखिएको छ । तराईका अधिकांश क्षेत्रमा हुस्सु लागेको छ । आज बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम ७.८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाका मौसमविद् वरूण पौडेलले जानकारी दिए । आगामी २४ घण्टा उच्च पहाडी तथा हिमाली…

Read More

काठमाडौँ: तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपंक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए । तामाङ जातिको बाहुल्यता रहेको वागमती प्रदेशका विभिन्न जिल्लामा…

Read More

काठमाडौं: होटल एसोसिएसन नेपाल (हान)ले विभिन्न माग राखी सरकारलाई १४ सत्रीय मागपत्र पेस गरेको छ । बिहिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई भेट गरि हानका प्रतिनिधिहरुले १४ बुँदे मागपत्र बुझाएका हुन् । कोरोना–१९ पछि होटल व्यवसायको क्षेत्र निकै नाजुक अवस्थामा पुगेको भन्दै हानले सो क्षेत्रको वास्तविकता बुझी सोही बमोजिम सहयोग गरिदिन पर्यटन मन्त्रीसँग माग गरेका छन् । कोभिड–१९ का कारण व्यापार व्यवसाय नहुँदा बैंकिङ्ग ब्याजदर किस्ता चलाउन नसकेको, भाडामा समस्या भएको, विद्युत महशुल तिर्न कठिन भएको र कर्मचारीलाई तलब समेत खुवाउन नसकिने अवस्था बनेको भन्दै सो समस्या समाधनमा सहयोग गरिदिन हानले मन्त्रीसँग आग्रह गरेको हो । हालका…

Read More

काठमाडौँ: सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् । मोर्चाले सरकारविरुद्ध माघ २९ देखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसमा फागुन ६ गते बुटवल, १४ गते धनगढी र १८ गते इटहरीमा जनसभा गर्ने मोर्चाले जनाएको छ । मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन् । कार्यक्रमामा मोर्चाको अवधारणा पनि सार्वजनिक गरिएको छ । रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय…

Read More

बुटवल: लुम्बिनी प्रदेशमा चैत १९ र २० गते लगानी सम्मेलन हुने भएको छ । बाह्य लगानी भित्राउने उदेश्यले गर्ने लागनी सम्मेलन २०७७ चैत १९ र २० गते गर्ने विहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । बैठकपछि निर्णय सार्वजनिक गर्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बैठकले सम्मेलनको मिति मात्रै तोकिएको जानकारी दिए । उनले प्रदेश सरकारको पूर्ववतः योजना अनुसार नै सम्मेलन हुन लागेको उनले जानकारी गराउदै स्थान र अन्य बिषयमा समितिले निर्णय गर्ने बताए । उनले भने, लुम्बिनी प्रदेश सरकारले पहिले देखि नै लगानी सम्मेलनको तयारी गरिरहेको थियो, त्यहि समयमा कोरोना आयो,…

Read More