Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब १०० अंक बढेको छ भने कारोबार रकम पनि साढे ११ अर्ब नाघेको छ। यस दिन नेप्से परिसूचक ९७.२१ अंक बढेर २९८०.६१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १९.५५ अंक बढेर ५६०.९६ विन्दुमा पुगेको छ। यता, फ्लोट इण्डेक्स ७.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.७८ अंक बढेको छ। नेप्से सूचकसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ। यस दिन २२१ कम्पनीको १ लाख १६ हजार २९४ पटकको कारोबारमा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार रुपैयाँ बरबारको २ करोड ८८ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री…

Read More

काठमाडौं: नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गरेका छन् । विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै ज्ञवालीले ०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको बताएका हुन् । २०५९ असोजमा असक्षम भनेर बर्खास्त भएका देउवालाई तत्कालीन राजाले २०६१ प्रधानमन्त्री नियुक्त भएपछि मैले आज श्री ५ बाट न्याय पाएँ भनेको स्मरण गर्दै ज्ञवालीले भने, ‘श्री ५ ले दिनुभएको न्याय माघ १९ मा कहाँ गयो हामी सबैलाई थाहा छ । आज ५ जना श्रीमानहरुबाट माननीय शेरबहादुर देउवा प्रधानमन्त्री हुनु…

Read More

काठमाडौं: नेकपा एमालेको एकता जोगाउन कार्यदलमार्फत् जुटाएको दशबुँदे सहमतिमा वरिष्ठ नेता माधवकुमार नेपाल असहमत भएपछि उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिएका छन् । कार्यदलमा रहेका नेताहरुले नेता नेपालको निवास कोटेश्वर पुगेर दश बुँदे सहमतिमा उभिएर एकता जोगाउन आग्रह गरेका थिए । तर माधव नेपाल सहमत भएनन् । ‘उहाँ (माधव नेपाल)ले कुनै प्रतिक्रिया दिनुभएन, तर हामीले एकता जोगाउन दश बुँदेकै जगमा अगाडि बढ्नुपर्छ भन्यौं’, एमाले सचिव गोकर्ण विष्टले भने । आफूहरुले गरेको सहमति स्वीकार गर्न माधव नेपाल तयार नभएपछि रावलले राजीनामा दिने बताएका थिए । रावलको राजीनामा रोक्न माधव समूहका नेताहरु लागिपरे । उपाध्यक्ष रावल संसद् सचिवालयमा राजीनामा…

Read More

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसलगत्तै बसेको बैठकले देउवालाई मत दिने निर्णय गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए । ‘उहाँले हाम्रो माग मुद्दा सम्बोधन गर्ने मौखिक वचन दिनुभएको छ’ अरगरियाले भने, ‘संसदमा बोल्दा पनि यसबारे भन्छु भन्नु भएकाले विश्वासको मत दिने निर्णय गरेका छौं ।’

Read More

काठमाडौं:  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपाल पक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए । सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषणा गरेका हुन् । रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने बताए । ‘यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश…

Read More

काठमाडौं । नेकपा एमालेका सचिव भीम आचार्यले एमाले विभाजित गर्ने षडयन्त्रअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले हतार–हतार विश्वासको मत लिन खोजेको बताएका छन् । १०बुँदे सहमति कार्यान्वयन गर्दै पार्टीको एकता जोगाउनुपर्ने मत निष्कर्षमा पुगेको दोस्रो तहका नेताहरुले आइतबार बिहान आचार्यसहितका नेताहरुले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका थिए । त्यसअघि शनिबार अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । तर एकाएक प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेपछि एमालेमा एकताका लागि प्रयासरत दोस्रो तहका नेताहरु असन्तुष्ट देखिएका छन् । नेता नेपाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल पक्षमा रहेका सचिव आचार्य भन्छन्, ‘आज हतार गरेर लिन के जरुरी छ ?’ संसद जोगाउन मधेसका पार्टीहरुसँग…

Read More

नेकपा एमालेका नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । सर्वोच्च अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको भन्दै उनले आफ्नो मत देउवा सरकारकै पक्षमा हुने बताएका छन् । उनले भनेका छन्, ‘यो सरकार संविधानको धारा ७६ (५) बमोजिम बनेको र यसले ३० दिनभित्रमा विश्वासको मत प्राप्त गर्नुपर्छ । अन्यथा मुलुकको स्थिति फेरी संकटग्रस्त हुनेछ । त्यसैले म नेकपा (एमाले) का संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा…

Read More

काठमाडौँ: केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक कोटाको आधारमा नियुक्त गरेका विभिन्न देशका ९ जना राजदूतलाई फिर्ता बोलाउने मन्त्रिपरिषद् निर्णय गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । यसअघि ओली सरकारले ११ जना राजदूत नियुक्त गरेको थियो । तीनमध्ये दुई जना परराष्ट्र सेवाका कर्मचारी रहेकाले उनीहरुको नियुक्त भने खारेज नभएको एक मन्त्रीले रातोपाटीलाई बताए । संसद् विघटन गरेका कारण संसदीय सुनुवाइ बिनै ती राजदूतहरुको नियुक्ति गरिएको भन्दै विवाद हुँदै आएको थियो ।

Read More

काठमाडौँ: नयाँ आर्थिक वर्ष सुरु भएसँगै आजदेखि अल्पकालीन शेयर लगानीकर्ताले दीर्घकालीन लगानीकर्ता भन्दा साढे २ प्रतिशत धेरै अर्थात ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्नुर्पो भएको छ । २०७७ साउन ३ गतेभन्दा पछाडि शेयर खरीद गरेर बिक्री गर्ने लगानीकर्तालाई आजदेखि नाफाको ७.५ प्रतिशतका दरले पूँजीगत लाभकर लाग्ने भएको हो । संघीय संसदको अर्थ समिति अन्तर्गत गठीत पूँजी बजार र मुद्रा बजार सम्बन्धि अध्ययन उपसमितिले शेयर बजारमा कारोबार गर्ने कारोबारी र दीर्घकालीन लगानीकर्तालाई अलग अलग दरमा पूँजीगत लाभकर लगाउन दिएको सुझाव अनुसार बजेटले अल्पकालीन र दीर्घकालीन लागानीकर्ताका लागि अलग अलग लाभकर लाग्ने व्यवस्था गरेको थियो । सो अनुसार नै शेयर बजाररका लगानी…

Read More

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मतका लागि प्रस्ताव गरेका छन् । सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधि सभा पुनःस्थापना गरेपछि पहिलो बैठक बस्न लागेको आजको बैठकमा विश्वासको मतको प्रक्रिया अघि बढाउने तयारी भएको छ । विश्वासको मत लिने प्रस्ताव कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख अग्निप्रसाद सापकोटामार्फत संसद सचिवालयमा दर्ता गराएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको आजै बस्ने दोश्रो बैठकमा संविधान बमोजिम विश्वासको मत लिने छन् । सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले साउन २९ भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक प्राबधान छ ।

Read More