Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: आइएमई पे र खल्ती वालेट मर्ज भई आज साउन १ गते बिहीबार देखि ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ। आज काठमाडौंमा आयोजित विशेष समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एकीकृत कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को अनुमति पत्र प्रदान गरी मर्जरको औपचारिकता दिनु भएको हो। डेपुटी गभर्नर मिश्रले भुक्तानी प्रणालीको डिजिटाइजेशनलाई यो मर्जरले थप गति दिने विश्वास व्यक्त गर्नु भयो। सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले सबल तथा गतिशील वित्तीय संस्था तथा प्रणालीका विकासका लागि राष्ट्र बैंकले लिएको मर्जर प्रोत्साहन नीतिलाई सहयोग गर्न आइएमई ग्रुप सधैं अग्रणी…

Read More

काठमाडौँ: आइएमई पे र खल्ती वालेट मर्ज भई आज साउन १ गते बिहीबार देखि ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ।आज काठमाडौंमा आयोजित विशेष समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एकीकृत कम्पनी ‘आइएमई खल्ती लिमिटेड’को अनुमति पत्र प्रदान गरी मर्जरको औपचारिकता दिनु भएको हो। डेपुटी गभर्नर मिश्रले भुक्तानी प्रणालीको डिजिटाइजेशनलाई यो मर्जरले थप गति दिने विश्वास व्यक्त गर्नु भयो। सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले सबल तथा गतिशील वित्तीय संस्था तथा प्रणालीका विकासका लागि राष्ट्र बैंकले लिएको मर्जर प्रोत्साहन नीतिलाई सहयोग गर्न आइएमई ग्रुप सधैं अग्रणी रहेको बताउनु…

Read More

काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका ठूला आयोजना निर्माणका लागि वैकल्पिक विकास वित्त परिचालन गर्ने बताउनु भएको छ । प्रतिनिधिसभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी सांसदहरुले राख्नु भएको प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले वैकल्पिक विकास कोष उर्जा विकास, विद्युत उत्पादन, विद्युत प्रसारण तथा वितरणमा परिचालन हुने बताउनुभयो । यस्तै सडक निर्माण, सुरुङ मार्ग निर्माण तथा विस्तार, औद्योगिक विकास पूर्वधार निर्माणमा परिचालन गरिने पनि जानकारी दिनुभयो । त्यसैगरी शहरी विकास पूर्वधार, डाटा सेन्टरको स्थापना तथा सञ्चालन, केबुलकार, पोडवे निर्माण तथा सञ्चालनमा पनि वैकल्पिक विकास कोषको परिचालन हुने अर्थमन्त्रीको भनाइ छ । अर्थमन्त्री पौडेलले स्वदेश तथा…

Read More

काठमाडौं: नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटेको हो । घटेको नयाँ मूल्य आज (मंगलबार) राति १२ बजेदेखि, अर्थात् २०८२ साउन १ गतेदेखि लागू हुने निगमले जनाएको छ । निगमका अनुसार, भारतीय आयल कर्पोरेसन (आईओसी) बाट १५ जुलाईमा प्राप्त नयाँ खरिद मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको हो । आईओसीले पेट्रोलमा प्रतिलिटर ५.०३ रुपैयाँ र डिजेलमा १.३० रुपैयाँ घटाएर नयाँ मूल्य पठाएको थियो । सोही आधारमा निगम सञ्चालक समितिको बैठकले उपभोक्तालाई राहत दिँदै मूल्य घटाउने निर्णय गरेको हो । नयाँ मूल्य लागू भएसँगै अब विभिन्न…

Read More

काठमाडौं: राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपराह्न न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन् । एमालेकै प्रतिनिधि सभा सांसद राजकुमार गुप्ता यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए । गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए । ७८ लाख रुपैयाँ घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ताले राजीनामा दिएका थिए । रिक्त स्थानमा प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई मन्त्री नियुक्त गरिएको हो । ‘नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीज्यूको सिफारिसमा भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सङ्घीय मामिला तथा सामान्य…

Read More

काठमाडौं: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाइड्रोपावर कम्पनिको सेयर निष्काशन रोक्न नहुने बताएका छन् । मंगलवार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै देउवाले धितोपत्र बोर्डले चाँडै सेयर निष्काशन गर्ने विश्वास व्यक्त गरे । उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए। लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए । लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै नसक्ने भन्दै उनले उत्पादित विद्युतको खपत र व्यापार गर्ने दायित्व सरकारको भएको उल्लेख गरे । यसका लागि निजी क्षेत्रलाइ पनि सहभागी गराउनु जरुरी रहेको देउवाको भनाइ छ ।…

Read More

काठमाडौँ: संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन् । मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको बताए । उनले आजसम्म आफूलाई सहयोग गरेका सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनका बारेमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा लाखौँ रुपैयाँ घूस लिएको अडियो सार्वजनिक भएको छ । साेमबार नै उनले राजीनमा दिने आकलन गरिएको थियो । तर साेमबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेपछि उनी राजीनामा नदिई…

Read More

काठमाडौं: नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीति सकारात्मक र वित्तीय सहजिकरण गर्ने गरी आएको जनाएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले आर्थिक पुर्नउत्थान एवं सहज कर्जा प्रवाह मार्फत वित्तीय क्षेत्र चलायमान हुने चेम्बरले उल्लेख गरेको छ । आगामी वर्षका लागि निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशत विस्तार गर्न सकिए हालको अधिक तरलता समस्या समाधान हुन सक्ने चेम्बरले ठहर गरेको छ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैंकदरलाई ६.५ प्रतिशतबाट घटाई ६ र नीतिगत दरलाई ५ प्रतिशतबाट घटाई ४.५ प्रतिशत कायम गरिएको छ । यसले बजारमा तरलता व्यवस्थापन र…

Read More

काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय निर्णयबाट विद्युत उत्पादन अनुमतिपत्र प्रदान गरेको छ। ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्यले कम्पनीका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद आचार्यलाई अनुमतिपत्र हस्तान्तरण गर्दै आयोजनाको समयमै सम्पन्न गर्ने भूमिका खेल्न आवश्यक निर्देशन र शुभकामना व्यक्त गर्नुभयो। वर्षौँदेखि अनुमति प्रक्रिया रोकिँदा निर्माण अघि नबढी उत्पादक र लगानीकर्ता र सञ्चयकर्ताहरु निराश भइरहेका बेला ऊर्जामन्त्री दीपक खड्काको निर्देशनपछि भारतीय अप्पर कर्णाली हाइड्रोपावरसँग समन्वय गरी अन्ततः अनुमति प्रदान गरिएको सचिव आचार्यले जानकारी दिनुभयो। सो अवसरमा आयोजना क्षेत्रका जन…

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको महानगरको १७ औँ नगरसभाको पहिलो बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोलले उक्त बजेट प्रस्तुत गरेकी हुन् । यसअघि मेयर बालेन्द्र शाहले महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले आगामी आर्थिक वर्ष २०८२र८३ को लागि रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी छिन् । बजेटमा उपलब्ध श्रोत,सूचना र…

Read More