Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सरकारले उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा लम्ब्याएको छ । कोरोना भाइरस संक्रमण पछिल्ला केही दिन यता घटेपछि जोखिम भने रहिरहेकाले असार ७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा सोमबार राति १२ बजबाटे सकिँदै थियो । अब खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न दिइने छ । पहिले खाद्यान्न, किराना, तरकारी पसल, फलफूल पसललाई बिहान ९ बजेसम्म मात्र खोल्न दिइने निर्णय भएको थियो । त्यस्तै हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न मिल्ने…
काठमाडौँ: सेयर बजारमा आजआइतबार एकैदिन १९ अर्ब ५५ करोड बढीको शेयर कारोबार भएको छ । यो रकम एकैदिन कारोबार भएको हालसम्मकै उच्च हो । यसअघि जेठ २३ गते आइतबार १७ अर्ब २३ करोडको शेयर कारोबारको रेकर्ड थियो । एक हप्तामै पुरानो रेकर्ड २ अर्ब २८ करोडको कारोबार रकम बढेर तोडिएको हो । यसदिन २२० कम्पनीका ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर १ लाख ८२ हजार ४३० वटा संख्यामा कारोबार भएको छन् । दिनभर १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँको शेयर खरीद बिक्री भएको छ । नेप्से सूचक नेप्से १.३० प्रतिशत अर्थात ३८.३२…
काठमाडौं: काठमाडौँ उपत्यकाभित्र जारी निषेधाज्ञा थप गर्न आज तीन वटै जिल्लका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ। जिल्ला प्रशासन कार्यालयमा दिउँसो बैठक बस्न लागेको ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। यसअघि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको अनौपचारिक छलफलले निषेधाज्ञा थप गर्ने सहमति भइसकेको छन्। डीसीसीएमसीको बैठकले अझै एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। आज बस्ने बैठकले एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेको छ। काठमाडौँ उपत्यकाभित्र संक्रमणदर घटे पनि संक्रमणको जोखिम उच्च नै रहेकाले थप एक साता निषेधाज्ञा गरेर हेर्ने सहमति भएको हो। ‘एक साता निषेधाज्ञा थप गर्ने कुरा भएको छ। अहिले पनि संक्रमण…
काठमाडौँ: साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो भने चाादीको भाउ स्थीर बनेको छ । महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ९ सय रुपैयाँ, तेजावी ९३ हजार ४ सय रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३७० रुपैयाँ कायम गरिएको छ । शुक्रबार छापावाला सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ, तेजावी ९४ हजार रुपैयाँ र चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौँ: नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामीमा रहेको संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो। कम्पनीले जेठ १६ गते देखि ८० हजार कित्ता शेयर बिक्रीमा राखेको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकिएको छ। संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले जेठ ३० गते आवेदन दिन सक्नेछन् । बोलपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रतिकित्ता…
काठमाडौँ: शुक्रबार नेपालको पूर्वी भूभागमा प्रवेश गरेको मनसुन आइतबारसम्म देशभर सक्रिय बन्ने भएको छ । हाल प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा मनसुन सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया मनसून जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गरेको छ । दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले आगामी मनसून आवधिमा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ । हाल देशमा मनसुनी वायु, स्थानीय वायु र पश्चिमी वायुको मिश्रित प्रभावले ठाउँठाउँमा वर्षा भइरहेको महाशाखाले विहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । मनसुन…
काठमाडौँ: गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित पाँच जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शनिबार बेलुकी करिब साढे आठ बजे प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई आफ्नै निवासमा शपथ खुवाएकी हुन् । आजै नियुक्त भएका मुख्यमन्त्री पोखरेलले कांग्रेस, माओवादी, जनता समाजवादीका एक एक जना र स्वतन्त्र सांसद राजीव गुरुङलाई समेट्दै मन्त्रिपरिषद गठन गरेका हुन् । कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद गुरुङले विनाविभागीय मन्त्री पदको शपथ खाएका हुन् । पोखरेलले मुख्यमन्त्रीसहित अर्थ ऊर्जा जलस्रोत तथा खानेपानी, कानुन सञ्चार तथा प्रदेश सभा मामिला, पर्यटक उद्योग वाणिज्य तथा…
काठमाडौँ: विपक्षी गठबन्धनमा रहेका पाँच पूर्वप्रधानमन्त्रीहरूले दीर्घकालीन महत्वका सरकारी निर्णयलाई साथ नदिन राज्यका निकायहरुलाई आह्वान गरेका छन् । शनिबार पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाल र डाक्टर बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारी गर्दै दीर्घकालीन महत्वका काममा सरकारलाई सहयोग नगर्न राज्यका सबै निकायलाई आह्वान गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर नेपालको संविधानमाथि प्रहार गरिरहेको भन्दै विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्र तथा कानूनको शासनमाथि नै घात गरेको आरोप लगाएका छन् । कामचलाउ सरकारले संविधान संसोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको, मन्त्रिपरिषद पुनर्गठन गरिरहेको भन्दै पूर्वप्रधानमन्त्रीहरुले चुरे क्षेत्रबाट बालुवा निकासी गर्ने सरकारी नीतिको समेत विरोध गरेका…
काठमाडौं: गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिए । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेश गरेका थिए । गुरुङले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेपछि विपक्षी गठबन्धनका…
काठमाडौँ: बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । बिहीबार बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र शनिबार भएको छलफल भएको थियो । छलफलमा सत्तापक्ष र प्रतिपक्षका ४५ जना सांसदहरु सहभागी भएका थिए । छलफलमा सहभागि सत्तापक्षका सांसदहरुले प्रदेश सरकारले तयार पारेको आगामी आर्थिक वर्षका लागि तयार पारेका नीति तथा कार्यक्रमको विभिन्न बुँदाहरुमा संशोधनका लागि सुझाव पेश गरेका थिए ।
