Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका उपलक्ष्यामा नेपाली सेनाद्वारा सैनिक मुख्यालय जङ्गीअड्डामा आइतबार साँझ आयोजित स्वागत तथा सांस्कृतिक कार्यक्रममा सरिक भएकी छिन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत उपस्थित रहेका थिए । संवैधानिक निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकृत, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुको समारोहमा उपस्थिति थियो । उक्त संस्कृतिक कार्यक्रममा सेनाले देशको जातीय आधारमा पहिचान झल्किने नृत्य प्रस्तुत गरेको थियो। आज साँझको यस कार्यक्रम संगै सेना दिवससंग सन्दर्भित सबै कार्यक्रम सम्पन्न भएको समेत सेनाले जनाएको छ।

Read More

काठमाडौं : आज फागुन ११ गते आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेको वेबसाइट अवलोकनकर्ताको भीड ह्वात्तै बढेको छ । शेयर बजार उकालो लाग्न थालेपछि वेबसाइट हेर्ने आउनेको भीड बढेको हो । नेप्सेका आईटी प्रमुख निरन्जन सिंह नायकका अनुसार आज १२ हजारले एकैपटक वेबसाइट भिजिट गरेको बताए । उनले भने ‘१२ हजारले एकै पटक नेप्सेको वेबसाइटमा क्लिक गरिरहेका छन् ।’ उनका अनुसार अन्य समयमा एक हजारदेखि १२ सयले एकै पटक नेप्सेको वेबसाइट खोल्ने गरेकोमा आज त्यो संख्या १२ गुणाले बढेको हो । ह्वातै ट्राफिक बढ्दा कारोबार अवधिमा वेबसाइटमा डाटा देखिन केहि समय लागेको उनले बताए । यद्यपि डाटामा भने…

Read More

काठमाडौं : नेप्से परिसूचकमा आज आइतबार उछाल आई बजार १५०० को विन्दू पार गर्न सफल भएको छ । आइतबार सुरुवातदेखि नै तीव्र गतिमा उछाल आउँदा बजार कारोबारको २ घण्टा र केही मिनेटको समयमा नै १५०० को विन्दू पार गर्न सफल भएको थियो । नेप्से परिसूचकमा ६९ दशमलब ५६ विन्दूको बढोत्तरीसँगै नेप्से परिसूचक १५०४ दशमलब १४ को विन्दूमा पुगेको छ । यो अवधिसम्म ३ अर्ब बढीको सेयर कारोबार भएको छ । बजारमा एकैदिन ४ दशमलब ८५ प्रतिशतको बढोत्तरीको निकै दुर्लभ घटना भएको छ । राम्रा र बलिया कम्पनीमा उच्च खरीद चाप भएका कारण सेन्सेटिभ इण्डेक्स पनि एकैदिन १७ दशमलब ०७…

Read More

जनकपुरधाम : अनेकतामा एकताको विशिष्ट उदाहरण रहेको मिथिला परिक्रमा आजदेखि शरू भएको छ । पन्ध्रदिने उक्त परिक्रमा मेला फागुन प्रतिपदामा शुरू भई पूर्णिमाका दिन सम्पन्न हुन्छ । आज आइतबारदेखि विधिवत् रुपमा शुरु भएको विश्वको लामो धार्मिक पदयात्रा परिक्रमाको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले गरेका छन । उनले सो अवसरमा परिक्रमा प्रारम्भ हुने स्थलमा धर्मशाला बनाउने घोषणा गरेका छन । परिक्रमाको आज उद्घाटन गर्दै प्रचण्डले परिक्रमा प्रारम्भ हुने स्थल धनुषाको मिथिलाविहारी नगरपालिकाको कचुरीको मिथलाविहारीको मन्दिर नजीक धर्मशाला बनाउने घोषणा गरेका हुन । उनले भने, “यहाँ धर्मशालाका बनाउनुपर्ने ठूलो आवश्यकता रहेको छ । यस कारण…

Read More

काठमाडौँ : राष्ट्रिय बीमा संस्थानले ५३ औँ वार्षिकोत्सवसम्म आइपुग्दा संस्थान जीवन बीमा कोषमा रु २५ अर्ब ९६ करोड पुगेको छ । मुलुकमा स्थापित १९ वटा जीवन बीमा कम्पनीका बीचमा संस्थाले बीमा कोष र बीमा शुल्क सङ्कलन क्रमशः १० प्रतिशत र १२ प्रतिशत हिस्सा ओगटेको छ । चालू आर्थिक वर्षको प्रथम अर्धवार्षिकको अन्त्यसम्ममा १९ जीवन बीमा प्रदायकको जीवन बीमा कोषमा दुई खर्ब ६५ अर्ब ७१ करोड सङ्कलन भएको छ । विसं २०२४ फागुनदेखि निर्जीवन र त्यसको पाँच वर्षपछि जीवन बीमा शुरु गरेको संस्थानले कानूनी अड्चनका कारण २०७१ सालपछि जीवन बीमा मात्र गर्दै आएको छ । संस्थामा हाल बीमा गर्नेको सङ्ख्या छ…

Read More

काठमाडौं : कमिसनकाण्डपछि पदबाट राजीनामा दिएका निर्वतमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अभियानकर्मीहरु विजयबाबु सिवाकोटी र प्रतिम सुवेदीले बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । सेक्युरिटी प्रेस खरिदका लागि ठेक्का पारिदिने प्रलोभनमा विदेशी कम्पनीका एजेन्टसँग कमिसन (घुस)को मोलमोलाई गरेको अडियो प्रमाणलाई आधार बनाएर बाँस्कोटाविरुद्ध अनुन्धानको माग गर्दै उजुरी दर्ता गरिएको हो । उजुरीमा बाँस्कोटाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा  (१) अनुसारको कसुर गरेको दाबी गरिएको छ । बाँस्कोटाले १ करोड रुपैयाँभन्दा बढी रकम घुस लिन खोजको दाबी गर्दै उनीविरुद्ध १० वर्षसम्म कैद सजाय हुने गरी…

Read More

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मदिन तेह्रथुमको आठराईस्थित जन्मघरमा मनाउने भएपछि त्यहाँ सार्वजनिक बिदा दिइएको छ । प्रधानमन्त्री ओली जन्मदिन मनाउन आफ्नो जन्मथलो आउने भएपछि आठराई गाउँपालिकामा आज आइतबार स्थानीय सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाले प्रधानमन्त्री ओलीले आफ्नो क्षेत्रमा विकास निर्माणका कामको शिलान्यास गर्ने भएकाले स्थानीय बिदा दिने निर्णय गरेको जनाएको छ । विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री र वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम तय भएकोले बिदा दिइएको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले जानकारी दिए । आज (आइतबार) प्रधानमन्त्री ओलीले ६९ औँ जन्मदिन मनाउँदै छन् । जन्मथलो जानु अघि प्रधानमन्त्री ओलीले बालुवाटरमा…

Read More

चौतारा : सिन्धुपाल्चोकमा करेन्ट लागेर पैदलयात्री एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका–४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेको र बाह्रबिसे नगरपालिका–१ घोर्थलीका पप्पु गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । शिरिसेस्थित चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो पावर कम्पनीले इन्टरनेटको तार तान्न प्रयोग गरेको फलामे पोल ढलेर विद्युत्को मुख्य प्रशारण लाइनमा परेको र झुक्किएर पोल छुन पुग्दा पैदलयात्रीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते गुरुङको बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

Read More

जनकपुरधाम : मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ । होरी उत्सवका सन्दर्भमा यो परम्पराले निरन्तरता पाएको देखिन्छ । मिथिला क्षेत्र प्राचीनकालदेखि नै ज्ञान, चिन्तन र दर्शनको भूमिका रूपमा प्रख्यात छ । प्राच्य सभ्यताको विकासका साथै सनातन वैदिक धर्मको प्रचलन एवं उत्तरवैदिक कालमा भएको धार्मिक सुधार इत्यादिका साक्षीका रूपमा मिथिलाञ्चल क्षेत्र रहिआएको छ । जनकपुरधाम पौराणिककालमा मिथिला प्रदेशको राजधानी थियो । निमि, मिथि, शिरध्वज, बहुलाश्व जस्ता दार्शनिक, प्रतापी एवं जनप्रिय राजाद्वारा सुशासित तथा याज्ञवल्क्य, गौतम, कणाद, गार्गी, मैत्रेयी जस्ता विद्वानको योग, तप, ज्ञान…

Read More

काठमाडौं : सुनको मूल्यले आज आइतबार पनि नयाँ रेकर्ड बनाएको छ । निरन्तर बढीरहेको सुनको मूल्य आज आइतबार ७०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७८ हजार ८०० रुपैयामाँ कारोबार भइ्रहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ७८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। पछिल्लो समय अन्तरराष्ट्रिय शेयरबजार कोरोना भाइरसका कारण प्रभावित भइरखेको अवस्थामा अन्तरराष्ट्रिय स्तरमा नै सुनको मूल्य बढेको हो। आइतबार चाँदीको मूल्य ५ रुपैयाँ बढेर प्रतितोला ९२० रुपैयाँमा कारोबार भइरहेको छ।

Read More