Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ — केही समयअघि एक साँझ प्रधानमन्त्री निवास बालुवाटारको बगैंचातिर हेर्दै नेकपा केन्द्रीय सदस्यसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भने, ‘हामी युवाले रोपेको आँप फलेर खाने बेला भइसक्यो, अध्यक्षहरूले लगाएको बिरुवा अझै हुर्किएको छैन ।’ २०७५ जेठ ३ गते पार्टी एकता हुँदा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले रोपेको गिन्को बाइलोबाको बिरुवाभन्दा अरू रूखबिरुवा हर्लक्कै बढेको देखेपछि नेता ढकालले त्यसो भनेका हुन् । उनै अध्यक्षद्वयले बीजारोपण गरेको पार्टी एकता पनि हिउँदको गिन्को बाइलोबाजस्तै कक्रक्क परेको छ । यसको पछिल्लो उदाहरण अध्यक्षद्वयबीच गत बुधबार भएको संवाद हो । करिब एक महिनापछि झन्डै डेढ घण्टा भएको छलफलबारे बिहीबार आफू निकटका वाग्मती प्रदेशस्तरीय नेता कार्यकर्तालाई…

Read More

काठमाडौँ: प्रहरी नायव महानिरीक्षक (आइजिपी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा भएका विश्वराज पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयमा एक समरोहबीच नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले पोखरेललाई एआइजी पदको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। उनलाई बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एआइजी पदमा बढुवा गरेको थियो। महानिरीक्षक क्षेत्रीले पोखरेललाई बधाई दिँदै प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाका साथ निर्वाह गर्न समेत निर्देशन दिएका छन्। उनलाई प्रहरी मुख्यालयमा पदस्थापन गरिएको छ। बढुवा भएसँगै पोखरेल हालका प्रहरी महानिरीक्षक क्षेत्रीपछि स्वत: प्रहरी नेतृत्वमा पुग्छन्। नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि कायमै रहे पोखरेलले क्षेत्रीको कार्यकालपछि ११ महिना प्रहरी नेतृत्व सम्हाल्छन्। प्रहरी महानिरीक्षक…

Read More

काठमाडौँ: प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदैछ। पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यसवर्ष पशुपतिनाथमा भने मेला नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। बाला चतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यसवर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए। आज दीपदान गरी आइतबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउने…

Read More

काठमाडौँ: ग्लोबल आईएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा ग्लोबल आईएमई बैंकको तर्फबाट बैंकका बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालको तर्फबाट अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरेकम छन्। सम्झौता पश्चात् बैंकले आइडिया नेपालको अफिसिएल बैंकिङ्ग पार्टनरको रुपमा काम गर्नेछ र आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई आवश्यक बैंकिङ्ग सेवामा विशेष सहुलियत प्रदान गर्नेछ। आइडिया नेपाल इन्टेरिएर डिजाइनरहरुको छाता संगठन हो। यो संस्था आफ्ना सदस्यहरुको वृत्ति विकासका साथै पेशागत हकहितका लागि कार्यरत रहेको छ।

Read More

काठमाडौँ: काठमाडौंको स्वयम्भूबाट संरक्षित वन्यजन्तु गैँडाको खागसहित पाँच व्यक्ति पक्राउ परेका छन्। खागको अवैध रुपमा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो। काठमाडौंको स्वयम्भू किमडोलमा गैँडाको खाग बिक्री वितरण गर्न भनि कोठामा राखिरहेको अवस्थामा प्रहरीले खाग बरामद गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको झोंछेका ४१ वर्षीय रिकेश शाक्य, सोही स्थानका ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ नुवाकोटको मेघाङ गाउँपालिका–६ का २६ वर्षीय रामसिंह तामाङ र सोही स्थानकी २२ वर्षीय मुना तामाङ रहेका छन्। पक्राउ परेका व्यक्तिहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको लागी जिल्ला वन कार्यालय हात्तीसार…

Read More

काठमाडौं: नेपाललाई गर्दै आएको विकास सहायता वृद्धि गर्न फिनल्यान्डले प्रतिबद्धता गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी एन्टीनेनले शुक्रबार गरेको शिष्टाचार भेटघाटमा उक्त प्रतिबद्धता गरेका हुन्। भेटमा अर्थमन्त्री पौडेलले नेपाल र फिनल्याण्ड बीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए। यस्तै अर्थमन्त्री र राजदूत बीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिबृद्धि तथा कोभिड-१९ महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भएको अर्थमन्त्रालयले जनाएको छ। भेटमा राजदूत एन्टीनेनले सन् २०२१ देखि २०२४ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराएका थिए। नेपालसँग…

Read More

काठमाडौं: उपप्रधानमन्त्री तथा कोभिड–१९ संकटव्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले कोभिड कोषको खर्च विवरण जनता समक्ष सार्वजनिक गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले कोभिड नियन्त्रण सम्वन्धि कामहरुको बारेमा सर्वसाधारण जनतालाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गर्ने निर्णय समेत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा समितिका संयोजक एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना खोप ल्याउने सम्वन्धमा भैरहेको प्रगतिबारेमा जानकारी लिएका छन् । उनले जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउने बारेमा सिसिएमसीमा आवद्ध मन्त्रीहरुसँग पछिल्ला सरकारका निर्णय र त्यसमा भैरहेको प्रगतिका बारेमा छलफल गरेका हुन् । ‘समयमै जनतालाई निःशुल्क खोप…

Read More

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ । पछिल्लो २४ घण्टामा थप १२७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३२ हजार ८७२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवद्र्धनका लागि नेपाल राष्ट्र बैंकले योजनाबद्ध प्रयास गरिरहेको बताएका छन् । सिङ्गापुर फिन्टेक महोत्सव–२०२०’ लाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दे उनले ‘डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकासमा राष्ट्र बैंक प्रतिबद्ध’ रहेको बताए । संयुक्त राष्ट्रसङ्घीय पूँजी विकास कोष र सिङ्गापुर मनिटरी अथोरिटीले यही मङ्सिर २२ गतेदेखि उक्त महोत्सवको आयोजना गरेको हो । कृषि र खाद्य प्रणालीमा डिजिटल बैंकिङले पु¥याउन सक्ने सहयोग’ विषयमा मन्तव्य राख्दै गभर्नर अधिकारीले भने, “वित्तीय क्षेत्रको नेतृत्वदायी निकाय हुनुका नाताले नेपालमा डिजिटल अर्थतन्त्रको विकासका लागि राष्ट्र बैंकको अत्यन्तै ठूलो भूमिका रहेको तथ्यलाई…

Read More

काठमाडौँ: डीआईजी विश्वराज पोख्रेल एआईजीमा बढुवा भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पोख्रेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। पोख्रेलको प्रहरी प्रधान कार्यालयमा पदस्थापन भएको छ। बढुवा समितिले गत साता पोख्रेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। सरकारले मंसिर ३ गते एक एआईजीको दरबन्दी थप गरेको थियो। २०४९ चैत २९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका पोख्रेल डीआईजी बढुवा हुँदा पनि यसैगरी एक मात्रै कोटामा परेका थिए। एआईजीमा बढुवा भएसँगै पोख्रेल भावि आईजीपी बन्ने लकभग पाक्का भएको छ। अरु तीन एआईजी आईजीपीसँगै अवकास हुँदा हालका शीर्ष ४ डीआईजी पनि सँगै अवकास हुनेछन्। संसदको राज्य व्यवस्था समितिले बुधबार मात्रै एआईजीको दरबन्दी…

Read More