Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

सिन्धुपाल्चोक: वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित घटनास्थलको अवलोकन गर्नुभएको छ । मुख्यमन्त्री पौडेलसहित सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा विकास समिति सरेश नेपाललगायतको टोली पहिरोस्थल पुगी घटनास्थलको अवलोकन गरेको हो । सो अवसरमा प्रदेशबाट पहिरो प्रभावितका लागि राहत तथा अत्यावश्यक सामग्री वितरण गरिएको छ । त्यहाँ क्षति भएका र अन्य गरी १७२ घरधुरीलाई अहिले अस्थायीरूपमा नजिकै सुरक्षित स्थानमा सार्नुपर्ने देखिएको र तत्काल यो कार्य गरिने वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिनुभयो । त्यस्तै दीर्घकालीनरूपमा स्थानीय, प्रदेश र…

Read More

काठमाडौँ: नेपाल धितोपत्र बोर्डले चार अर्ब ४५ करोड रुपैयाँ बढीको साधारण सेयर निष्काशनका लागि पाइपलाइनमा रहेको बताएको छ। बोर्डले बीमा, लघुवित्त र जलविद्युत र अन्य गरी हालसम्म ४ अर्ब ४५ करोड रुपैयाँ बढीको प्राथमिक सार्वजनिक निष्काशनको लागि आवेदन परेको बताएको हो। बोर्डका सहायक कार्यकारी निर्देशक रुपेश केसीले बोर्डमा प्राप्त भएका आवेदनमा अध्ययन भइराखेकाले सम्भवतः चालु आर्थिक वर्षभित्रमै अधिकांश कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन गर्न पाउने बताए। यस्तै अहिले पनि करिब १ अर्बबराबरको आईपीओ स्वीकृत भइसकेको उनले बताए। जसमध्ये रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड रुपैयाँबराबरको र समाज लघुवित्त वित्तीय संस्थाको ८६ लाख रुपैयाँबराबरको साधारण सेयर निष्काशन हुँदै…

Read More

काठमाडौँ: काठमाडौंको मनमैजुुमा छुुरा प्रहार गरी हत्या गर्ने मुख्य अभियुुक्तलाई प्रहरीले पक्राउ गरेको छ। नुुवाकोट घर भई हाल काठमाडौंको तार्केश्वर बस्ने २४ वर्षीय लक्ष्मण रिमाल तामाङको शुुक्रबार साँझ हत्या भएको थियो। उनको हत्यामा संलग्न रही फरार रहेका दोलखाका आङदोर्जे शेर्पाला प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो। घटनास्थलबाट शुुक्रबार नै प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो। उनीहरुको बयानका आधारमा आङदोजले लक्ष्मणलाई छुरा प्रहार गरेको पत्ता लागेको थियो। प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो। तर, छुरा प्रहार गर्ने दोर्जे भने फरार रहेका थिए। प्रहरी अपराध महाशाखाबाट खटिएको एसपी ईश्वर कार्कीको टोलीले दोर्जेलाई शनिबार बिहान पक्राउ गरेको हो।…

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका शिक्षण अस्पताललाई एकतिहाइ श्यया आइसोलेसनका लागि छुट्याउन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरि कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमित राख्नका लागि अस्पतालले छुट्टै भवन वा कक्ष तोकी स्वीकृत सङ्ख्याको एकतिहाई हुन आउने श्यया सङ्ख्या छुट्याइ उपचारको व्यवस्था तत्कालन मिलाउन अनुरोध गरिएको जानकारी दिनुभयो । हिजो (शुक्रबार) पनि सबै निजी अस्पताललाई सङ्क्रमित राख्नका लागि २० प्रतिशत श्यया छुट्याउन अनुरोध गरेको थियो । सभा, सेमिनार गर्न बन्द यसैगरी मन्त्रालयले सभा, सेमिनार, आवासीय कार्यक्रम, गोष्ठी नगर्न अनुरोध गरेको छ । प्रवक्ता डा गौतमले अर्को सूचना नभएसम्म र मन्त्रालयको पूर्व स्वीकृत नलिइ कुनै…

Read More

काठमाडौँ: शनिबार नेपालमा कोरोना भाइरसका थप चार सय ६८ जना संक्रमित भेटिएका छन्। ११ हजार २७ जनामा गरिएको पिसीआर परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। अब नेपालमा कोरोना संक्रमित संख्या २६ हजार १९ पुगेको छ। देशभर पाँच सय २३ जना होम आइसोलेसनमा बसेको उनले जानकारी दिए। एक सय २४ जना विगत २४ घण्टामा निको भएर घर फर्किएका छन्। शनिबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ । ज्यान गुमाउनेमध्ये ८० जना…

Read More

काठमाडौं: काठमाडौं महानगरपालिका-१४ ले कोभिड-१९ को सङ्कमण फैलिन नदिन वडालाई सिल गरेको छ । वडा कार्यालयले आफू र त्यस वरपर क्षेत्रमा सङ्कमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न वडाले आफ्नो क्षेत्रभित्र सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेष्टुरेण्ट, थोक पसललगायत बन्द गर्न निर्देशन दिएको छ । वडा कार्यालयले हाल सञ्चालन गर्दै आएका दैनिक प्रशासनिक कार्य आगामी भदौ १० गतेपछि अवस्था हेरी पुनःसञ्चालन गर्न सकिने जनाएको छ । भीडभाड कम गर्न बैंक तथा वित्तीय क्षेत्रका केही कार्यालयलाई बन्द तथा केही शाखालाई आंशिक सञ्चालन गर्न निर्देशन दिइएको छ । अत्यावश्यकीय सेवाभित्र पर्ने वस्तु आपूर्ति गर्न बिहान ५ देखि ९ बजेसम्म सेवाप्रदायक संस्थालाई समय…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना तथा बधाई दिएका छन् । सो शुभकामनाप्रति भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री ओलीलाई धन्यावाद दिएको छ । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसरमा बधाई दिएका भन्दै धन्यवाद ज्ञापन गरेको हो । भारतले हालसालै राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यता प्राप्त गरेकामा पनि प्रधानमन्त्री ओलीले बधाई दिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । दुई प्रधानमन्त्रीले नेपाल-भारतको साझा सँस्कृतिको सम्झना गरेको उल्लेख गर्दै मन्त्रालयले कोरोना महामारीको प्रभाव कम गर्न दुई देशले गरिरहेका प्रयासहरुको सन्दर्भमा एकजुट भएर लड्ने प्रतिवद्धता व्यक्त गरेको बताएको छ…

Read More

काभ्रे: कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलन सक्ने जनाउँदै काभ्रेपलाञ्चोकका स्थानीय तहले धमाधम सीमा क्षेत्रमा सिल गर्न थालेका छन् । नगरभित्र जनप्रतिनिधिलगायतमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि मण्डनदेउपुर तथा भुम्लु गाउँपालिकाले आफ्नो क्षेत्र प्रवेश प्रमुख नाका–सीमामा आवतजावत रोक लगाएका हुन् । अत्यावश्यकबाहेक सार्वजनिक, निजी सवारी साधन तथा मानिससमेत आवतजावत नगर्न सीमामा रोक लगाइएको नगरप्रमुख टोकबहादुर तामाङले बताए । ‘होटल–पसल बन्द गरी मानिसको भीडभाड, जमघटमा रोक लगाएका छौँ,’ उनले भने। उनका अनुसार सङ्क्रमित वडा नं १२ का वडाध्यक्षको ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेकालाई शीघ्र पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) परीक्षण गर्न सार्वजनिक अपिल गरिएको छ । नगरले सूचनाको उल्लङ्घन गरे सङ्क्रामक रोग ऐन–२०२० बमोजिम सजाय र…

Read More

चौतारा: सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी पहिरामा परी मर्नेको सङ्ख्या १३ पुगेको छ । शुक्रबार बिहान गएको पहिरामा ११ शव भेटिएको र आज बिहान थप दुई शव भेटिएपछि मृतकको सङ्ख्या १३ पुगेको हो । अझै २६ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा ३६ वर्षीया टिकमाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जीते झाँक्री, ८ वर्षीय मिलन दोङ, पाँच वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय सानुकान्छी दोङ, पाँच वर्षीय प्रीति दोङ, पाँच महिनाकी कान्छी दोङ, ३४ वर्षीय धनमाया तामाङ दोङ र चार महिनाको रेमी दोङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी…

Read More

काठमाडौंं: मुलुकभरमा ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङअनुसार राष्ट्रिय ग्रिडमार्फत सबैभन्दा बढी प्रदेश २ का घरपरिवारमा विद्युत्को पहुँच पुगेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा छ । प्रदेश २ मा राष्ट्रिय प्रसारण प्रणालीमार्फत ९९.०५ घरपरिवारमा विद्युत् पुगेको छ । प्राधिकरणले कर्णाली प्रदेशमा ३४.७४ प्रतिशत विद्युतीकरण गरेको छ । सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत राष्ट्रिय ग्रिड पुग्न नसकेमा ठाउँमा सौर्य,लघुजलविद्युत (माइक्रोहाइड्रो) लगायतमार्फत पनि विद्युतीकरण गर्दै आएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको तथ्याङअनुसार, अहिले ९० प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ । ‘आव २०७२÷०७३मा ६२.१६ प्रतिशत घरपरिवारमा मात्रै विद्युतीकरण भएको थियो,…

Read More