Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
नेपालगञ्ज: बाँके जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि यही साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका सिल गरेको छ समुदायस्तरमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी स्वाब सङ्कलन र परीक्षणको दायरा बढाउन नगर क्षेत्रको अति जोखिमयुक्त क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताउनुभयो । प्रजिअ कुरुम्वाङ्गको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले नेपालगञ्जको गणेशमान चोक, चारबाहिनी क्षेत्र, बाँके गाउँ, रिङ्गरोग, नहरपुरवा हुँदै बसपार्क र पुष्पलाल चोकसम्मको क्षेत्र सिल गरी उक्त क्षेत्रमा नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरिएको छ । सिल गरिएको क्षेत्रमा एम्बुलेन्स, दमकल र शववाहन बाहेक सबै…
काठमाडौँ: कोरोनाको सङ्क्रमण दिनदिनै बढ्दै गएको छ । कोरोनाको उपचारका लागि तोकिएका अस्पतालमा श्यया पाउनसमेत मुस्किल भइसकेको छ । सङ्क्रमणको मात्रा अझै कति बढ्ने हो, त्यसको कुनै ठेगान छैन । सरकारले आफ्नोतर्फबाट सकेसम्म सङ्क्रमण पैmलन नपाओस् भनेर केही सावधानीका उपाय भने अपनाएको छ । नागरिकले नै स्वास्थ्य मापदण्ड पूरा नगर्दा तथा व्यक्तिगत दूरी कायम नराख्दा सङ्क्रमणको जोखिम बढेर गएको छ । भीडभाड नगर्न, मास्क प्रयोग गर्न तथा काम नभएका व्यक्तिलाई घर बाहिर ननिस्कन आग्रह गरिए पनि नागरिकले बढी मात्रामा हेलचेक्रयाइँ गरिरहेका छन् । यसले जोखिम बढाएको छ । सङ्क्रमणको मात्रा बढ्दै जाने, अस्पतालमा श्ययासमेत नपाउने अवस्थालाई…
ललितपुर: कोरोना भाइरसको जोखिम बढ्दै गएका कारण यस वर्ष श्रीकृष्ण जन्माष्टमीमा पनि पाटनको कृष्णमन्दिर नखुल्ने भएको छ । ललितपुर महानगरपालिका र मंगलटोल मंगलबजारले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मन्दिर बन्द रहने जानकारी दिएका हुन् । प्रत्येक वर्ष भव्य रुपमा मनाइने श्रीकृष्ण जन्माष्टमी यस वर्ष साउन २७ गते मंगलबार परेको छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘श्रीकृष्ण जन्माष्टमीको पावन दिनमा सम्पूर्ण भक्तजनहरुलाई आफ्नै घरमा भगवान् श्रीकृष्णको पूजा अर्चना गरी परम्परालाई निरन्तरता दिन हुन अनुरोध गर्दछौं ।’ कोरोनाका कारण अधिकांश मन्दिर बन्द छन् ।
काठमाडौं: पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हो । यससँगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ । उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३१३ जना निको भइसकेका छन् । तथ्यांकमा काेराेना – नेपाल पीसीआर- ४३४२८९ आरडीटी- ३१२४०२ आइसोलेसनमा– ६२०६ संक्रमित– २२५९२ निको भएको– १६३१३ मृत्यु– ७३ क्वारेन्टिनमा– १०७९२ अपडेटः २०७७ साउन २४ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कहाँ कति थपिए संक्रमित ? काठमाडौं उपत्यकामा मात्र ६२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं…
काठमाडौँ: कोभिड–१९ महामारीका कारण मुलुकको हवाई यातायात क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वार्षिक आम्दानी ४३ प्रतिशतले घटेको छ । हवाई उडानको आयमा निर्भर हुने प्राधिकरणको कोभिड– १९ को प्रभावले मुख्य आम्दानी न्यून हुन गई कतिपय कार्यक्रमलाई अगाडि बढाउन नसकिएको प्राधिकरणलले जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार आर्थिक वर्ष २०७६÷७७ मा प्राधिकरणको करिब रु चार अर्ब ५० करोड अर्थात् ४३ प्रतिशतले आम्दानी घटेको छ । वायुसेवाको आम्दानी करिब रु छ अर्बले घटेको जनाइएको छ । प्राधिकरणले नियमित आम्दानीका रुपमा पिएससी, ल्याण्डिङ, पार्किङ, नेभिगेसन, रेन्ट आदिमा आम्दानी गर्छ । त्यस्तै विमानस्थल विकास शुल्कबापतको आम्दानी जोडिन्छ…
काठमाडौँ: पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमित दैनिक बढिरहे पनि भीडभाडमा भने कमी आएको छैन । गत चैत ११ देखि देश पूरै लकडाउन गरी १२० दिनपछि खुलेसँगै सङ्क्रमण दैनिक रुपमा बढिरहेको छ । मानिसको भीडभाड र जमघट गरी बस्ने बानी पुरानै शैलीमा फर्किएको देखिन्छ । यसरी बस्दा सामान्य सावधानी अपनाएको पाइँदैन । कतिले त सामान्य मास्क पनि नलगाई पसेका देखिन्छन् । जसले गर्दा उनीहरु मात्रै होइन परिवार र छरछिमेक पनि उत्तिकै जोखिममा रहेको रहेको अनुमान गाउन सकिन्छ । स्वास्थ्य मन्त्रालयको विवरणअनुसार काठमाडौँको न्युरोड, असन, इन्द्रचोकमा नयाँ बिरामी थपिने क्रम जारी छ तर नागरिक त्यस क्षेत्रमा कुनै…
काठमाडौं: काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्रमा आठ जनालाई कोरोना संक्रमण पुष्टी भएपछी अहिले उक्त क्षेत्र सिल गरिएको छ । काठमाडौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डंगोलका अनुसार गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको हो। संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु छन् । डंगोलका अनुसार त्यहाँ अघिल्लो बिहीबार एक प्रहरीमा सुरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना देखिएको थियो । उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँच जनामा कोरोना पुष्टि भएको थियो । वडा अध्यक्ष डंगोलले भने, ‘अहिलेलाई सिल…
काठमाडौँ: सरकारले विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्धार गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज परस्थितिमा विश्वका ५८ देशबाट हालसम्म ४५ हजार ६६२ जनाको उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार २५ र सबैभन्दा कम इरान, आर्मिनिया र चेक गणतन्त्रबाट दुई–दुईजना छन् । त्यसैगरी साउदी अरेबियाबाट ६ हजार ५८२, मलेसियाबाट ६ हजार ४६४, कुवेतबाट ६ हजार ३२० र कतारबाट चार हजार ७१८ जनाको उद्धार भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार हालसम्म प्रदेश नं १ का नौ हजार ४१८, प्रदेश नं २ का सात…
काठमाडौँ: गृहमन्त्री रामबहादुर थापासहित उहाँका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ सङक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजीकको सम्पर्कमा परेपछि बिहीबार स्वाब लिएर परीक्षण गरिएकामा उहाँको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो । यही साउन १४ गते प्रधानमन्त्री केपी शर्मा ओली सहभागी एउटा कार्यक्रममा गृहमन्त्री थापासहित प्रदेशमन्त्री यादव सहभागी हुनुभएको थियो । त्यसको पाँच दिनपछि मन्त्री यादवलाई कोभिड–१९ पुष्टि भएपछि उहाँको ‘क्लोज कन्ट्याक’मा रहनुभएका गृहमन्त्रीसहित सहभागी टोलीको परीक्षण भएको थियो । परीक्षणमा गृहमन्त्री थापा, उहाँका सुरक्षा सल्लाहकार डा इन्द्रजीत राई, र राजनीतिक सल्लाहकार सूर्य…
काठमाडौँ: नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता प्रेम लामा भनिने ३३ वर्षीय प्रशान्तकुमार मोक्तानलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । रोशी गाउँपालिका–५ शिसाखानी छाप निवासी मोक्तानलाई भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाका अनुसार मोक्तानलाई मुलुकी अपराध, २०७४ को परिच्छेद–५ सार्वजनिक हीत, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुरअन्तर्गत दफा ११८ अभद्र ब्यवहार गर्न नहुने कसुर शीर्षकमा मुद्धा दर्ता भई शुक्रबार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट सात दिनको म्याद थप गरिएको जानकारी दिए । यसअघि, गत जेठ १४ गते सो समूहका नेता लेखराज गजमेर धुलिखेलबाटै गिरफ्तार भएका थिए । त्यतिबेला गजमेरलाई…
