Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 21
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » कोरोना कहर: उड्डयन प्राधिकरणको ४३ प्रतिशत आम्दानी घट्यो

    कोरोना कहर: उड्डयन प्राधिकरणको ४३ प्रतिशत आम्दानी घट्यो

    पहिलोक्लिकपहिलोक्लिकAugust 8, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: कोभिड–१९ महामारीका कारण मुलुकको हवाई यातायात क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वार्षिक आम्दानी ४३ प्रतिशतले घटेको छ ।

    हवाई उडानको आयमा निर्भर हुने प्राधिकरणको कोभिड– १९ को प्रभावले मुख्य आम्दानी न्यून हुन गई कतिपय कार्यक्रमलाई अगाडि बढाउन नसकिएको प्राधिकरणलले जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार आर्थिक वर्ष २०७६÷७७ मा प्राधिकरणको करिब रु चार अर्ब ५० करोड अर्थात् ४३ प्रतिशतले आम्दानी घटेको छ । वायुसेवाको आम्दानी करिब रु छ अर्बले घटेको जनाइएको छ ।

    प्राधिकरणले नियमित आम्दानीका रुपमा पिएससी, ल्याण्डिङ, पार्किङ, नेभिगेसन, रेन्ट आदिमा आम्दानी गर्छ । त्यस्तै विमानस्थल विकास शुल्कबापतको आम्दानी जोडिन्छ । आम्दानी घटेकै कारण प्राधिकरणले चालू आव २०७७÷७८ का लागि रु ४१ अर्ब ११ करोड तीन लाख बजेट विनियोजन गरेको छ । अघिल्लो आव २०७६÷७७ का लागि रु ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार बजेट विनियोजन गरिएको थियो ।

     

    यसपटक कोभिड–१९ का कारण विमानस्थलको आय घटेकाले प्राधिकरणले चालू आवका लागि अघिल्लो वर्षको तुलनामा केही कम बजेट विनियोजन गरिएको जनाएको छ ।

     

    प्राधिकरणका महानिर्देशक राजन पोखरेलले यसपटकको बजेटमा नयाँ कार्यक्रम नभई निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताउनुभयो । प्राधिकरणले संस्थागत सुधार, विमानस्थल विकास तथा स्तरोन्नति, सञ्चार उपकरण, सुरक्षा उपकरण तथा मौसमी उपकरण जडान, अन्तरराष्ट्रिय विमानस्थल विस्तार र जनशक्तिलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ ।

    सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेका सन्दर्भमा प्राधिकरणको आम्दानीसमेत उल्लेख्य अभिवृद्धि हुने अपेक्षा गरेको थियो । कोरोनाको महामारीका कारण नेपालमा झण्डै पाँच महिनादेखि अन्तरराष्ट्रिय तथा आन्तरिक उडान भएन । पछिल्लोपटक बन्दाबन्दी खुलेर भदौ १ देखि दुवैतर्फका व्यावसायिक उडान गर्ने तयारी गरिए पनि कोरोना सङ्क्रमण दिनहुँ बढिरहेकाले अझै उडान निश्चित भएको छैन । यद्यपि, सरकारले घोषणा गरेको उडान मिति भने सरेको छैन । वायुसेवा कम्पनीले सङ्क्रमणरहित सुरक्षित उडानको पूर्वतयारी गरिसकेका छन् ।

    बन्दाबन्दीका कारण विकास योजनाको काममा समेत नकारात्मक प्रभाव परेको प्राधिकरणले जनाएको छ । निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर बजेट ल्याइएको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले एशिया प्रशान्त क्षेत्रमा सन् २०२० मा अन्तरराष्ट्रिय उडानमा ३८ देखि ७० प्रतिशतसम्म र आन्तरिक उडानमा २८ देखि ५० प्रतिशतसम्म हवाई यात्रु घट्नसक्ने प्रक्षेपण गरेको छ ।

     

    अन्तरराष्ट्रिय हवाई यात्रु घटे

    विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले मुलुकको हवाई उड्डयन क्षेत्रलाई नराम्ररी असर पा¥यो । त्यसको प्रत्यक्ष प्रभावस्वरुप अन्तरराष्ट्रिय हवाई आगमन घटेको छ । प्राधिकरणका अनुसार अघिल्लो वर्षको तुलनामा अन्तरराष्ट्रिय हवाई आवागमन ४.६ प्रतिशतले घटेको छ । सन् २०१८ मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडानतर्फ कूल ४३ लाख ४२ हजार ४६८ यात्रु आवागमन भएकामा सन् २०१९ मा यो सङ्ख्या ४१ लाख ३८ हजार ४६३ रहेको छ ।

    आन्तरिक उडानमा भने हवाई यात्रुको सङ्ख्या १६ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । आन्तरिक उडानतर्फ सन् २०१८ मा २८ लाख ४७ हजार ७५२ यात्रु आवागमन भएकामा सन् २०१९ मा यो सङ्ख्या १६ दशमलव १६ प्रतिशतले वृद्धि भई ३१ लाख ८८ हजार ४७९ यात्रु आवागमन पुगेको प्राधिकरणको वार्षिक प्रगति विवरणमा उल्लेख छ ।

    लामो समय लकडाउन गर्ने नेपालजस्ता मुलुकका हकमा हवाई यात्रु आवागमन नराम्रोसँग प्रभावित हुने प्राधिकरणको प्रक्षेपण छ । नेपालमा सन् २०२० को पहिलो छ महिनामा गत वर्षको तुलनामा अन्तरराष्ट्रियतर्फ ६१ प्रतिशत र आन्तरिकतर्फ ५५ प्रतिशत हवाई यात्रु घटेको देखिन्छ । सन् २०२० को अवधिमा यो ८० प्रतिशतसम्म पुग्ने प्राधिकरणको अनुमान छ ।

    नेपालले विभिन्न ४० मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गरेको छ । नेपालले पछिल्लोपटक अष्ट्रेलिया र युएईसँग हवाई सम्झौतामा हस्ताक्षर गरेको थियो । अन्तरराष्ट्रिय उडानतर्फ तीन नेपाली वायुसेवा र २७ वटा विदेशी वायुसेवा गरी ३० वायुसेवा प्रदायक कम्पनीले १५ मुलुकका ३२ वटा गन्तब्यमा उडान सञ्चालन गरिरहेका छन् । नेपालमा नियमित हवाई सेवामा अन्तरराष्ट्रिय उडानतर्फ तीन वायुसेवा, आन्तरिक उडानतर्फ नौ वटा वायुसेवा र १० वटा हेलिकप्टर कम्पनी सञ्चालनमा छन् ।

    मुलुकभर विमानस्थलको कूल सङ्ख्या ५४ रहेको छ जसमा ३५ विमानस्थलको धावनमार्ग पक्की रहेको छ । यसमध्ये ३२ वटा विमानस्थल सञ्चालनमा रहेका छन् भने २२ वटा विमानस्थल सञ्चालनमा छैनन् । अहिले मुलुकमा एकमात्र अन्तरराष्ट्रिय विमानस्थलका रुपमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल रहेको छ । थप दुई अन्तरराष्ट्रिय विमानस्थल भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल छन् । गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत रहेको छ । त्यस्तै पोखरा विमानस्थलको भौतिक प्रगति ६१ प्रतिशत रहेको छ ।

    Facebook Comments Box

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.