Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

तनहुँ: पहिरोबाट ज्यान गुमाएका तनहुँको व्यास नगरपालिका–११ ओडारेका एक परिवारलाई राहतस्वरुप एक लाख प्रदान गरिएको छ । तनहुँका संघीय सांसद कृष्णकुमार श्रेष्ठले एक लाख सहयोग गरेका हुन् । गत असार २९ गतेको पहिरोबाट ज्यान गुमाएका पदम चेपाङका परिवारलाई सांसद श्रेष्ठले सहयोग रकम प्रदान गरेका हुन् । उक्त रकम सांसद श्रेष्ठले आज मृतकका श्रीमती फूलमाया चेपाङलाई हस्तान्तरण गरे । जनतालाई दुःख परेको बेला आफू सधैँ जनताको साथमै रहेको बताउँदै सांसद श्रेष्ठले राहत रकमले पीडामा मलम लगाउन सहयोग पुग्ने बताए । नेपाल चेपाङ संघ तनहुँका अध्यक्षसमेत रहेका पदमको शव असार ३० गते भेटिएको थियो । यसैगरी सांसद श्रेष्ठले ओडारेका ३६ घर…

Read More

काठमाडौं: नेपालमा आइतबार थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४४० रहेको छ । जसमध्ये प्रदेश १ मा १८६ जना, प्रदेश २ मा १ हजार ८ सय७३जना, बागमती प्रदेशका ४४४ जना, गण्डकी प्रदेशमा २९४ जना, प्रदेश ५का ३५८ जना, कर्णाली प्रदेशमा ३६६जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय १८जना रहेका छन्। आज कहाँ कति थपिए ? डा गौतमका अनुसार कोशी…

Read More

काठमाडौं: प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको प्रहरी प्रवक्ता डिआइजी निरजबहादुर शाहीले जानकारी दिए । प्रवक्ता शाहीले भने, ‘प्रहरी अस्पतालमा गरिएको परीक्षणमा ४ जनामा संक्रमण देखिएपछि पुनः पुष्टिका लागि स्वाव संकलन गरेर टेकु पठाइएको छ । यसबाहेक कन्ट्याक ट्रेसिङका आधारमा अन्य प्रहरीको पनि स्वाव संकलन गरेर परीक्षणका लागि पठाइएको छ।’

Read More

प्योङयाङ: दक्षिण कोरियाबाट आएका एक व्यक्तिमा कोरोना हुन सक्ने भन्दै उत्तर कोरियाले सीमा क्षेत्रको एक शहरमा आपतकालीन अवस्था घोषणा गरेको छ। अवैध तरिकाबाट सीमा पार गरेका व्यक्ति संक्रमित हुन सक्ने भन्दै नेता किम जोङ उनले केसोङ सहरमा लकडाउन तथा आपतकालीन अवस्थाको घोषणा गरेको उत्तर कोरियाको सरकारी समाचार संस्थालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। क्रुर भाइरस देशमा छिरेको हुनसक्ने भन्दै किमले आपतकालीन रूपमा पार्टी पोलिटब्युरोको बैठकसमेत डाकेका छन्। ती व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भए उनी उत्तर कोरियाको पहिलो आधिकारिक संक्रमित हुनेछन्। तीन वर्ष अघि उत्तरबाट दक्षिण कोरिया भागेका उनी यही जुलाई १९ मा सीमानजिकको केसोङ शहरमा भेटिएका थिए। उनमा कोरोनाभाइरससँग मिल्दोजुल्दो…

Read More

काठमाडौं- सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको फैसला पुनरावलोकन हुने भएको छ । कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको निष्कर्षसहित महान्यायाधिवक्ताको कार्यालयले उनी रिहा भएकै दिन पुनरावलोकन निवेदन दर्ता गराएको थियो । न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश सुनाएको हो । आफ्नै श्रीमती हत्या गरेका कोइरालालाई जिल्ला र पुनरावेदन अदालतले जन्मकैदको फैसला सुनाएको भएपनि प्रधानन्यायधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलाशले सजाय घठाउने फैसला गरेको थियो । प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले असार १५ गते कोइरालाको सजाय घटाउँदै ८ वर्ष…

Read More

काठमाडौं: पूर्वी चितवन १३२÷३३÷११ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो । निर्माण सम्पन्न भएपछि मकवानपुरको हेटौडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सबस्टेसन भित्र छिराएर बाहिर निकाली सफलतापूर्वक चार्ज गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । हेटौडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई त्यस क्षेत्रमा आपूर्ति गर्न पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो । ‘सबस्टेसन राखिएका १३२÷३३ केभी, ३० एमभीएका दुईवटा पावर ट्रान्सफर्मरमध्ये एउटा नो लोडमा चार्ज गरिएको छ, अब…

Read More

काठमाडौं: नेपाली बजारमा सुनको मूल्यले प्रतिदिन नयाँ कीर्तिमानी कायम गरिरहेको छ । साउन ११ गते आइतबार सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । आइतबारका लागि सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको भाउ प्रतितोला ९६ हजार ३ सय, तेजाबी ९८ हजार ८६० तथा चाँदीको भाउ प्रतितोला एक हजार १५५ रुपैयाँ तोकेको छ । गत शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ५०० सय रुपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिसँगै यहाँ पनि भाउले दिनहुँ नयाँ ‘रेकर्ड’ बनाएको हो । नेपालमा अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउ अनुसार मूल्य निर्धारण…

Read More

काठमाडौं:राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुको पाटन अस्पतालमा कोरोना परीक्षण गरिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ अन्तर्गत संयुक्त छनोट खेल्ने टोलीका खेलाडी, अफिसियलसहित ७० जनाको कोरोना परीक्षण गरिने जनाएको हो । आज पाटन अस्पतालमा खेलाडीका पीसीआर विधिबाट कोरोना परीक्षण गर्नेबारे छलफल गर्न लागिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए । नोबेल कोरोना भाइरस (कोभिड१९) को जोखिम कायमै रहँदा अभ्यासमा फर्कनु पर्ने हुँदा फिफाको प्रोटोकल अनुसार प्रशिक्षण गर्न एन्फाले सरकारसँग अनुमति लिइसकेको छ । सरकारको अनुमतिपछि एन्फाले खेलाडीहरुको पीसीआर विधिबा६ कोरोना परीक्षण गराएर अभ्यासमा फर्काउने लागेको…

Read More

सर्लाही: सर्लाहीको ईश्वरपुर नगरपालिका-१४ मा बाख्रा चराउन गएका १३ र १० वर्षका दुई बालिका मृत भेटिएका छन्। उनीहरू माछा पालनका लागि स्थानीय प्रकाश महतोले खन्दै गरेको पोखरीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मृतक १३ वर्षे बालिका अन्जली कुमारी महतो हुन् भने १० वर्षे बालिका आरती कुमारी महतो हुन्। शनिबार बाख्रा चराउन गएका उनीहरू साँझसम्म घर नफर्किएपछि खोजी गर्दै जाँदा आफन्तहरूले उनीहरूलाई डुबिरहेको अवस्थामा फेला पारेका थिए। प्रहरीका अनुसार पोखरको छेउमा उनीहरूले लगाएको कपडा र चप्पल फेला परेको छ। हाल घटनाको अनुसन्धान भइरहेको जिल्लाका प्रहरी प्रवक्ता डिएसपी मदन कुँवरले जानकारी दिए।

Read More

काठमाडौं: पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकनमाथि आज सुनुवाइ हुँदै छ । यो मुद्दा न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको बेन्चमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले पूर्वडीआईजी कोइरालाको मुद्दाको सजाय कटौती गरेपछि यो विषय विवादित बनेको छ । पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर, जबरा र केसीले कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेपछि यसको चौतर्फी विवाद भइरहेको छ । सर्वोच्चको फैसलाअनुसार साउन ८ मा कोइराला रिहा भइसकेका छन् ।

Read More