Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने भएको छ । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा र नतिजा प्रकाशनको आन्तरिक तयारी मिलाइएको जानकारी विश्वविद्यालयले दिएको छ । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा प्रणाली अन्तर्गत गत वैशाख १६ बाट हुने गरी तय भएको परीक्षाका विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा लिन लागिएको जानकारी दिए । विश्वविद्यालयले व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा मङ्सिर…

Read More

काठमाडौँ: मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइपलाइन विस्तार तथा मर्मत गरी तयारी अवस्थामा राखिएको छ । नयाँ पाइपलाइन र पुरानै वितरण प्रणालीबाट तत्कालका लागि मेलम्चीको पानी वितरण गरिनेछ । पहिलो चरणको पाइपलाइनको काम अन्तिम चरणमा छ । मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई उपत्यकाका विभिन्न स्थानमा वितरणको व्यवस्थापन तयारी अवस्थामा छ । मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना निर्देशनालयले एक हजार १० किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्नेमा ९८० किमी सम्पन्न गरेको छ । बाँकी काम सम्पन्न हुने चरणमा रहेको निर्देशनालयका उपनिर्देशक एवं प्रवक्ता उज्ज्वल प्रजापतीले जानकारी दिए । थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५.५ किमी सम्पन्न भइसकेको छ । थोक वितरण…

Read More

काठमाडौँ: सरकारले कोभिड–१९ का कारणले विदेशबाट फर्किएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मङ्सिर १३ गतेभित्र कोभिड–१९का कारणले फर्किएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मङ्सिर १३ गतेभित्र विवरण पठाउन निर्देशन दिनुभएको हो । पत्रमा कोभिड–१९ को कारणबाट भारतलगायत अन्य मुलुकबाट रोजगारी गुमाएका र अध्ययन गरी फर्किएका शिक्षित तथा दक्ष बेरोजगार र १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार व्यक्तिको…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोपको जवाफ सार्वजनिक रुपमा दिनुपर्ने बताएका छन्। प्रचण्डले शुक्रबार बसेको पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध बिभिन्न आरोप लगाएका छन्। थापाले ती आरोप केवल सत्तारुढ दलसँग मात्र सम्बन्धित नभएको सार्वजनिक विषयहरु भएको हुँदा अब ती विषय सो पार्टीको आन्तरिक मामिला मात्र बन्न नसक्ने बताएका छन्। यस प्रकरणमा उठेका र उठाइएका सार्वजनिक र राष्ट्रिय सरोकारका विषयहरुलाई फगत पार्टीभित्रको आन्तरिक शक्ति संघर्षबीच उठेको मनमुटावको तितो अभिव्यक्तिको रुपमा लिने भुल कम्तिमा प्रतिपक्षले गर्नेछैन,’ सांसद थापाले सामाजिक सञ्जालमार्फत् तीन–पृष्ठ लामो वक्तव्य सार्वजनिक गर्दै भनेका छन्,…

Read More

काठमाडौँ: प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि पार्टीमा देखिएका समस्याबारे आफ्नो छुट्टै प्रस्ताव पेस गर्ने भएका छन्। आज बुधबार बसेको पार्टी सचिवालय बैठकमा उनले सो जानकारी गराएका हुन्। उनको सो प्रस्तावसहितका विषयमा छलफल गर्ने गरी पार्टीको केन्द्रीय सचिवालयको बैठक मंसिर १३ गते बस्ने भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९–पृष्ठ लामो प्रतिवेदन पेस गरेका थिए। सो प्रतिवेदनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पार्टी तथा सरकार राम्रोसँग नचलाएको, एकलौटी गरेको लगायतका आरोप लगाइएको छ।

Read More

काठमाडौँ: बितेको २४ घण्टामा देशभर १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि  भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १ हजार ३८ जना रहेका छन् । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८२२, भक्तपुरका ४८ र ललितपुरका १६८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७३१ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५३८ जना डिस्चार्ज भएका छन् भने हालसम्म कुल निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै संक्रमितको कुल संख्या भने…

Read More

काठमाडौँ, ३ मङ्सिर (रासस):  धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । तिहारको बिदा पछि आज खुलेको बजारमा नेप्सेसहित कारोवार रकममा समेत सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २३.३२ बिन्दुले उकालो लागेर एक हजार ७४१.८१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ०.८० ले ओरालो लागेर ३३८.०९ मा ओर्लेको छ । कूल १९४ कम्पनीको एक करोड १६ लाख ७४ हजार ८७५ कित्ता शेयर रु चार अर्ब ७९ करोड १० लाख ४१ हजार ६४९ बराबरको कारोवार भएको छ । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनिया राजदूत चिहोउ यान्छीबीच भेटवार्ता भएको छ । मंगलबार साँझ भएको भेटवार्ता नेकपाको पछिल्लो राजनीतिक विवादमा केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ । भेट नेकपा सचिवालय वैठकमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पेश गरेको एकल प्रस्ताव र त्यसपछि उत्पन्न विवाद लगायत विषयमा केन्द्रित भएको बुझिएको छ । नेकपा विवाद उत्कर्षमा पुगेपछि राजदूत यान्छीले राजनीतिक भेटवार्ता तिव्र पारेकी छिन् । उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेट गरेकी छिन् । नेकपा सचिवालयका बहुमत सदस्यले आजका लागि बैठक बोलाएका छन् भने ओली पक्ष उक्त बैठक टार्ने कसरत गरिरहेको छ । नौ सदस्यीय…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो १ बजे नेकपा सचिवालय बैठक पनि बोलाइएको छ । सोही समयमै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार आजको बैठक नियमित भनिए पनि अध्यादेशका सम्बन्धमा छलफल हुन सक्नेछ । कतिपय नेताहरुले दल विभाजन सम्बन्धी अध्यादेश फेरि पनि ल्याउन सक्ने आकलन गरेका छन् । तर यसको पुष्टि भने हुन सकेको छैन ।

Read More

महोत्तरी, ३ मङ्सिर (रासस) : दीपावली पर्व सकेर मैथिलले अब लोकआस्थाको पर्व छठ व्रत विधि शुरु गर्दैछन् । कात्तिक शुक्ल द्वितीयाका दिन ‘भरद्वितीया’ (भैयादुज, भातृद्वितीया पनि भनिने भाइटीका) दीपावली (यमपञ्चक) सम्पन्न भएसँगै मैथिल (मिथिलाका बासिन्दा) आज बुधबारदेखि श्रद्धा र निष्ठापूर्वक मनाइने पर्व छठ व्रत शुरु गर्न लागेका हुन् । व्रत विधिअनुसार आज पहिलो दिन बर्तालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्नेछन् । कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ सम्पन्न गरिने छठपर्व यसपालि आज बुधबार शुरु हुँदैछ । सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो अर्थात् चौथी तिथिका दिन बर्तालुले हातगोडाका नङ काटेर पवित्र स्नान गर्दै चोखोनितो खाएर व्रत सङ्कल्प…

Read More