Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले २०७३ सालमा ढल्केवार–खिम्ती लाइन जोडिएदेखि नै जोड्न बाँकि रहेको काठमाडौँदेखि ढल्केवर सम्मको बिजुलीको प्रसारण लुप ( सर्कल) जोड्न सफल भएको छ । नेपाल विद्युत प्राधिकरणमा कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी भर्खरै सम्हालेका हितेन्द्रदेव शाक्यको प्रत्यक्ष निर्देशन र निगरानीमा यो काम सम्पन्न भएको हो । ‘ग्रिडका दक्ष इन्जिनियरको टोलीले खिम्ती सबस्टेशनमा १३२ केभी लाइनको कनेक्सन र भित्रका कनेक्सन परिवर्तन गरी सो लुप जोड्न सफल भएका छन्,’ शाक्यले भने, ‘पटक–पटक स्विचिङ गर्दा मुख्य गरेर औद्योगिक ग्राहकलाई धेरै मर्का पथ्र्यो ।’ उनले अब उक्त समस्या समाधान भई आइतबार दिउँसोबाट सो लुप चालु रहेको जानकारी दिए । ‘सुरुका छलफलपछि ग्रिडका…
काठमाडौं: लगातार घट्न थालेको सुनको मूल्यमा आइतबार सामान्य बढोत्तरी भएको छ। ३ सय रुपैयाँले बढेर आइतबार सुनको कारोबार मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। अन्तर्राष्ट्रिय बजारमै बढेकाले सुनको भाउ सामान्य वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार ४ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा भएको थियो। गत बुधबार प्रतितोला ९५ हजार १ सय रूपैयाँ प्रतितोला पुगेको सुन विस्तारै घटेको थियो। चाँदीको मूल्य भने आइतबार स्थिर छ। गत शुक्रबार ५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो। आइतबार सोही मूल्यमा स्थिर छ। गत बुधबार १…
काठमाडौँ: नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई चितवनमा कार्यकर्ताबाट भएको दुर्व्यवहारबारे प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको वक्तव्यप्रति प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले असन्तुष्टि जनाएका छन्। शनिबार राप्ति नगरपालिकामा नेकपाको कार्यक्रममा पाण्डे बोलिरहँदा कार्यकर्ताले ‘पार्टी एकता, जबज र प्रधानमन्त्री ओलीको समर्थनमा’ नारावाजी गरेका थिए। उक्त घटना सुनियोजित भएको भन्दै नेकपा नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति र ट्वीटमार्फत् विरोध गर्दै घटनाको छानविन गर्न माग गरेका थिए। प्रवक्ता श्रेष्ठले पाण्डेमाथि सुनियोजित दुर्व्यवहार भएको र उक्त घटना अति निन्दनीय र भर्त्सनायोग्य भनेका थिए। प्रवक्ता श्रेष्ठको सोही वक्तव्यपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले ट्वीटमा…
काठमाडौँ: राजधानीको रानीपोखरी दक्षिण र टुँडिखेल उत्तरमा रहेको रत्नपार्क अबदेखि ‘शंखधर उद्यान’ नामाकरण गरिएको छ । यसअघि रत्नपार्क भनिएको ठाउँमा निर्मित राष्ट्रिय विभूति शंखधर साख्वाको नवनिर्मित सालिक अनामरण गर्दै सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र मेयर विद्यासुन्दर शाक्य । काठमाडौं महानगरपालिकाले राष्ट्रिय विभूति शंखधर साख्वाको पूर्णकदको सालिक निर्माण गरेसँगै नयाँ नामाकरण गरिएको हो । उक्त स्थानमा यसअघि राजा महेन्द्रकी पत्नी रानी रत्नको नाममा ‘रत्नपार्क’ राखिएको थियो । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र मेयर विद्यासुन्दर शाक्यले शनिबार शंखधर उद्यानमा निर्मित सालिकको अनामरण गरेका हुन् । उद्यान परिसरमै निर्मित मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको समेत सालिक अनामरण गरिएको छ । सरकारले नेपाल…
काठमाडौँ: कतारले नेपालबाट कामदार लैजानका लागि निश्चित म्यानपावर कम्पनीलाई मात्रै छनोट नगरेको जनाएको छ । नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य मुलुकमा पर्ने कतारमा कामदार पठाउन १६ वटा म्यानपावर कम्पनीको सूची तयार गरी ‘सिन्डिकेट’ खडा गर्न खोजिएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको थियो । ‘इजाजत प्राप्त जुनसुकै म्यानपावर कम्पनीले कामदार पठाउन पाउनेछन्,’ नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अल हैलले भने, ‘कतारले कहिल्यै पनि नेपालबाट कामदार पठाउन निश्चित म्यानपावर कम्पनीलाई तोक्दैन । हामी प्रतिस्पर्धी बजारमा विश्वास राख्छौं ।’ दुई साताअघि कतारले १६ वटा म्यानपावर कम्पनीलाई छनोट गरेको भन्दै सूची बाहिरिएको थियो । त्यसलाई राजदूत हैलले निराधार र हल्ला मात्रै भएको स्पष्ट पारे ।…
काठमाडौँ: वित्तीय प्रणालीमा अधिक तरलताको कारण केही महिनायता घट्दो क्रममा रहेको कर्जाको ब्याजदर अझै घट्ने भएको छ । असारको तुलनामा असोज मसान्तमा वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) झन्डै एक प्रतिशत विन्दुले घटेकाले सोही अनुपातमा कर्जाको ब्याजदरमा पनि कमी आउने देखिएको हो । सबै बैंकको ब्याजदर करिब १ प्रतिशतकै हाराहारीमा घट्छ भन्ने होइन । हरेक बैंकको आधार दरमा आएको परिवर्तनअनुसार कर्जाको ब्याजदर घट्नुपर्छ । यसकारण आधार दर धेरै घटेको बैंकमा कर्जाको दर पनि धेरै र कम घटेको बैंकमा थोरै अनुपातमा ब्याजदर घटाउनुपर्ने नीतिगत व्यवस्था छ । राष्ट्र बैंकको निर्देशनअनुसार आधार दरमा आएको परिवर्तनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक तीन/तीन महिनामा कर्जा (नयाँ पुराना सबै) को…
पर्वत, ७ मङ्सिर (रासस) : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण तीव्रगतिमा अघि बढेको छ । गएको चैतको दोस्रो सातादेखि रोकिएको निर्माणकार्य असोजको दोस्रो सातादेखि शुरु भएको थियो । पर्वत खण्डको निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्शन कम्पनीले निर्माणलाई तीव्रता दिएको छ । गएको भदौ महिनामा निर्माणकार्यको म्याद सकिएको भए पनि निर्माण व्यवसायीहरुलाई कोभिडका कारण थप छ महिना स्वतः म्याद थपिएपछि निर्माण पनि तीव्रगतिमा अघि बढेको हो । पर्वत खण्डमा अहिलेसम्म ६० प्रतिशतभन्दा बढी काम सकिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले निर्माणको गति तीव्र छ । “यही अनुसार काम भएमा…
काठमाडौँ: एशियाली विकास बैंक (एडीबी)ले नेपालका दुई प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि करिब रु १७ अर्ब ७४ करोड ८९ लाख ४५ हजार (१५० मिलियन अमेरिकी डलर) बराबरको ऋण प्रदान गर्ने भएको छ। बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र निर्माण सम्पन्न हुने चरणमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि उक्त ऋण दिन लागेको हो। नेपालको प्रमुख आर्थिक गतिविधिको स्रोतका रुपमा रहेको पर्यटन क्षेत्रलाई बढावा दिने लक्ष्यका साथ सरकारको आग्रहमा उक्त ऋण प्राप्त हुन लागेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाल सञ्चालनमा रहेका विमानस्थलमध्ये प्रमुख हो। सो विमानस्थल अन्तर्राष्ट्रिय तथा घरेलु यात्रुका लागिसमेत प्रमुख केन्द्रका रुपमा रहेको छ। यस्तै भैरहवामा निर्माणाधीन गौतमबुद्ध…
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफूँ सधैँ पार्टी एकताको पक्षमा रहेको बताएका छन्। शनिबार दाङको तुलसीपुमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष गौतमले पार्टीभित्र देखिएको कलह समधानका लागि आफूले निरन्तर रुपमा प्रयास गरिरहेको बताए। आफू सधैँ गुटको विपक्षमा रहेको भन्दै कुनै पनि हलतमा पार्टी फुट्न नदिने उनको भनाइ थियो। उनले अहिलेको विवादका कारण पार्टी नफुट्ने दावी समेत गरे। ‘मैले पार्टी एकतालाई जोड दिएको छु, म कुनै पनि गुटमा छैन’, उनले भने, ‘अहिले देखिएको विवादकै कारण पार्टी फुट्दैन, फुट्नु हुँदैन।’ पार्टी एकताका क्रममा देखिएका केही विषयलाई त्यतिबेलै समाधान नगर्दा अहिलेको समस्या आएको उनको भनाइ छ। उपाध्यक्ष गौतमले पार्टीमा दुई…
काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चितवनमा नेता सुरेन्द्र पाण्डे सुनियोजित रुपमा दुर्व्यवहार गरिएको बताएका छन्। शनिबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै वरिष्ठ नेता खनालले नेता पाण्डेमाथि भएको दुर्व्यवहारको निन्दा एवं भत्र्सना गर्दै सम्लग्न व्यक्तिलाई कडाभन्दा कडा कारवाहीको माग गरेका छन्। ‘कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ। यस्तो गैह्र जिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु’, खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्शविपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी…
