Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

दमौली, ३ मङ्सिर (रासस) : तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । पोखराबाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नंको हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । माइक्रो सडकदेखि अन्दाजी ६०० मिटर तल खसेको छ ।

Read More

काठमाडौँ: सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले स्थायी सरकारका लागि धेरै नेता कार्यकर्ताले आफ्नो जिम्मेवारी त्याग्न तयार रहेको बताएका छन्। सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै मन्त्री गुरुङले पार्टीभित्रको विवादले प्रतिक्रान्ति निम्त्याउने चेतावनी समेत दिएका छन्। ‘कोभिड–१९ का कारण राष्ट्रको सामू चौतर्फी संकट भएको बेला प्रतिपक्षले समेत राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएर विरोध नगरेको अवस्थामा पार्टीभित्र प्रतिपक्षको भूमिकाबाट नेपालको समृद्धि, पार्टी एकताको नीति, सिद्धान्त, विचार र विधान विपरित पार्टी विभाजन गर्ने, क्रान्ति होइन्, प्रतिक्रान्ति निम्त्याउने प्रस्तावलाई स्थगित गरौं’ मन्त्री गुरुङले भनेका छन् ‘सत्ता र शक्तिको लागि हो भने स्थायी सरकारका लागि मूल नेतृत्व परिवर्तनबाहेक म लगायत धेरै…

Read More

काठमाडौँ: २७ वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। विवरणअनुसार यी बैंकहरुले साउन, भदौ र असोजसम्म १४ अर्ब ७५ करोड ८० लाख रुपैयाँ खुद नाफा (कर छुट्याएपछि) कमाएका छन्। जवकि गत वर्षको यसै अवधिमा १५ अर्ब ५५ करोड ५४ लाख कमाएका थिए। अधिकांश बैंकको नाफा घट्दा समग्र नाफामा ५. १२ प्रतिशतले कमी आएको हो। २७ बैंकमध्ये १८ वटाको नाफा घटेको छ। बाँकी ९ बैंकले भने नाफा बढाउन सफल भएका छन्। अपरिस्कृत वित्तीय विवरणअनुसार ग्लोबल आइएमई, एनआइसी एसिया, प्राइम कमर्सियल, प्रभु, मेगा, बंगलादेश, एनएमबि, सिटिजन्स र कुमारी बैंकले नाफा बढाएका छन्।…

Read More

एजेन्सी: फेसबुकले अमेरिकाकी नव–निर्वाचित कमला ह्यारिसबारे विभिन्न जातीवादी र महिला विरोधी आपत्तिजनक सामग्री, मीम्स र कमेन्ट हटाइदिएको छ । बीबीसीले फेसबुकलाई यसबारे जानकारी दिएपछि यस्तो गरिएको हो । बीबीसीले फेसबुकलाई यस्ता तीन समूहबारे जानकारी दिएको थियो जसले लगातार घृणायुक्त सामग्री पोस्ट गर्ने गर्छन् । फेसबुकका अनुसार उसले आफ्नो मञ्चबाट घृणा फैलाउने ९० प्रतिशत सामग्रीलाई ऊजुरी गर्नुअघि नै हटाएको छ । यद्यपि, कमला ह्यारिसबारे घृणायुक्त सामग्री हटाएपछि फेसबुकले यी सामग्री पोस्ट गर्ने समूहविरुद्ध आफूहरुले कुनै कारवाही नगर्ने बताएको छ । मिडियाको निगरानी गर्ने एक संस्था मिडिया म्याटर्सका अध्यक्ष एन्जेलो केरुसोनले यसबारे भने, ‘मिडियाको उजुरीपछि सामग्री हटाउनुले यो दर्साउँछ कि फेसबुकको नियम…

Read More

काठमाडौँ: सर्वपक्षीय जिल्ला सङ्घर्ष समितिको आयोजनामा सर्लाही सदरमुकाम मलङ्गवास्थित गोरखकाली नेपाल–भारत मुख्य सीमा नाका खोल्नुपर्ने माग राख्दै शान्तिपूर्वक धर्ना कार्यक्रम गरिएको छ । सरकारले कोरोना भाइरसको बहाना बनाएर विगत आठ महिनादेखि जारी राखेको सीमा नाका बन्दको विरोधमा धर्ना कार्यक्रम गरिएको जिल्ला सङ्घर्ष समिति सर्लाहीले जनाएको छ । सोमबार जिल्ला समन्वय समितिको आयोजनामा बसेको सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा नाका लामो समयदेखि बन्द रहेका कारण दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा परेको भन्दै सीमा नाका खुलाउन आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले मलङ्गवा गोरखकाली सोनवरसा (भारततर्फ)…

Read More

काठमाडौँ: कोभिड– १९ का कारण बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने भएका छन् । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारी गर्दै अवस्था मूल्यांकन गरेर स्थानीय सरकारले नै निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । संक्रमणको जोखिम बढ्दै गएपछि ५ चैत ०७६ मा कोभिड– १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले देशभरका सबै प्रकारका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो । गत १२ साउनको मन्त्रिपरिषद् बैठकले विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यढाँचा जारी गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिएको थियो । सोहीअनुसार विद्यालय सञ्चालन वा बन्द गर्ने कार्यलाई व्यवस्थित र…

Read More

काठमाडौँ: नेकपाभित्र विवाद बढिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । नेकपाका अर्का अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेको बाहिरिएको केही घण्टामै ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् । नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि दर्जनौ प्रश्न उनको आलोचना गर्दै छु्ट्टै प्रस्ताव ल्याएपछि नेकपाभित्रको विवादले थप उग्र रुप लिएको छ । विवादले पार्टी गम्भीर मोडमा पुगेको सन्दर्भमा राष्ट्रपतिले चासो देखाउँदै छलफल तीव्र पारेकी हुन् । स्रोतका अनुसार मंगलबार अबेरसम्म राष्ट्रपति र प्रधानमन्त्रीबीच नेकपा विवादका विषयमा छलफल भएको छ । ओलीसँगको छलफलअघि प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले पार्टी नफुटाउन र दुबै अध्यक्ष मिलेर…

Read More

काठमाडौँ: काठमाडौंको कपन बालुवाखानी चोकस्थित नारायण बहादुर बस्नेतको घरमा सोमबार राति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बस्नेतको चारतले घरको पहिलो तलामा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भएका कृष्ण बहादुर तामाङको कोठामा विद्युत सर्ट भई आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो। घटनामा मृतककी ३५ वर्षीय बहिनी बिपना तामाङ र उनका ११ महिनाका छोरा दावा तामाङ जलेर घाइते भएका छन्। उनीहरूको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बिपना तामाङको शरिरको विभिन्न भागमा ३० प्रतिशत जलेको छ भने दावा तामाङको शरिरको विभिन्न भागमा १२ प्रतिशत जलेको छ।…

Read More

काठमाडौँ: आज (२ मंसिर) देखि काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना खुवाउन सरकारले निषेध गरेको छ। कोरोना महामारीका कारण रोजगारी गुमाएका विपन्न नागरिकलाई विभिन्न संघ संस्थाले खुलामञ्चमा दिनहुँ निःशुल्क खाना वितरण गर्दै आएका थिए। खुला ठाउँमा खाना खुवाउँदा असुरक्षित हुने र त्यसबाट कोरोना संक्रमणको जोखिम झन् बढ्ने भएकाले यस्तो निर्णय गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। काठमाडौं महानगरपालिका र निःशुल्क खाना खुवाउने संघ संस्थाका प्रतिनिधिबीच खुला र सार्वजनिक स्थानमा अब खाना नखुवाउने सहमति नै भएको छ। त्यही सहमति अनुसार आज (मंगलबार)देखि खुलामञ्चमा खाना वितरणको कार्यक्रम बन्द गर्न लागिएको हो। कोरोना संक्रमणको कारण रोजगारी गुमाएका बिपन्न नागरिकलाई रोजगारी दिनु…

Read More

काठमाडौँ: नेवार समुदायका कतिपयले मंगलबार भाइटीका लगाउँदै छन्। आज नेवारी समुदायले किजा पूजा पनि गर्दैछन्। किजा पूजा र कतिपय नेवार समुदायले आजै भाइटीका लगाउने भएकाले सरकारले आज (मंगलबार) देशैभरी सार्वजनिक बिदासमेत दिएको छ। मन्त्रिपरिषद्को कात्तिक २४ गते बसेको बैठकले किजा पूजाको अवसरमा मंसिर २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाइँन्छ। तर, यस वर्ष तिथि गटबढको कारण कतिपय नेवार समुदायले आज पनि भाइटीका लगाउन लागेका हुन्। यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो। सोमबार म्ह (आत्म) पूजा गरेका नेवार…

Read More