Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: बिना दर्ता संचालित क्रसर र बालुवा प्रशोधन उद्योग तत्काल बन्द गर्न सरकारले निर्देशन दिएको छ । मङ्गलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उर्जामन्त्री बर्षमान पुन ‘अनन्त’, उद्योगमन्त्री लेखराज भट्ट, बनमन्त्री शक्ति बस्नेत र मन्त्रालयका सचिवहरुको बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्ले केही समयअघि ढुंगा, गिट्टी, वालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–०७७ स्वीकृत गरेको थियो । सो मापदण्डमा एक वर्षभित्र क्रसर उद्योगले मापदण्ड पुरा नगरेमा बन्द गर्नुपर्ने उल्लेख गरिएको थियो । राजनितीक पहुँचका आधारमा कतिपय ठाउँमा दर्ता बिना नै क्रसर उद्योग चलिरहेका छन् । गृह मन्त्रालयमा बसेको बैठकले अनुमती लिएर चलेका क्रसर र वासिङ अनुगमन गरेर दर्ता, आईईई भए…
काठमाडौँ: तपस्वीको भेषमा बसेर बलात्कार हत्या र हिंसाको दुष्चक्र चलाएको आरोप लागेका रामबहादुर बमजनलाई अदालतमा उपस्थित हुन आउन भन्दै प्रहरीले उनको स्थायी घर र वडाकार्यालयमा सूचना टाँस गरेको छ। रौतहटकी गंगामाया तामाङलाई बलात्कार गरेको अभियोगमा मुद्दा परेपछि बमजनविरूद्ध सर्लाही जिल्ला अदालतले वारेन्ट जारी गरेको थियो। अदालतको त्यही आदेश कार्यान्वयनका लागि निजगढ नगरपालिका-१२ मा पर्ने रतनपुरीस्थित बमजनको जन्मघर र वडा कार्यालयमा ३५ दिनभित्र अदालतमा उपस्थित हुन आउने म्याद सूचना टाँसिएको इलाका प्रहरी कार्यालय जितपुरका इन्स्पेक्टर विकास थपलियाले बताए। ‘हामीले पक्राउ गर्न खोज्दा उनी भेटिएनन् त्यसैले ३५ दिनभित्र अदालतमा उपस्थित हुन आउनु भन्दै जन्मघर र वडा कार्यालयमा म्याद…
काठमाडौं: काठमाडौं नजिकै धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको छ । दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
काठमाडौँ: पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालयका बहुमत सदस्यबीच छलफल हुनुअघि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । दाहालले मंगलबार दिउँसो ४ बजे पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालयका सदस्यलाई छलफलका लागि बोलाएका छन् । त्यसअघि ओलीले भेट्न बोलाएपछि दाहाल बालुवाटार पुगेका थिए । ओलीसँगको भेट सकिएपछि दाहाल धुम्बाराही पुगेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । यद्यपि दुई अध्यक्षबीचको छलफलमा के भयो भन्ने जानकारी आइनसकेको छैन । प्रवक्ता नारायणकाजी श्रेष्ठले धुम्बाराहीमा सचिवालयका सदस्यबीच अनौपचारिक छलफल हुने बताए । श्रेष्ठका अनुसार छलफलका लागि सचिवालयका सबै सदस्यलाई खबर गरिएको छ । कात्तिक २१ मा पार्टी…
काठमाडौँ: पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय २० कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार संक्रमित पुष्टि हुनेमा ६ सय ३ महिला र ८ सय १७ पुरुष रहेका छन् । काठमाडौंमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा १ सय ९३ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर मंगलबार संक्रमित पुष्टि हुनेमा २ हजार ७ सय ३६ रहेका छन् ।
काठमाडौँ: गएको २४ घण्टामा देशभर थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २२ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरणअनुसार १२ हजार ९६० जनाको पीसीआर भएकोमा २ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमा १ हजार ५९ महिला र १ हजार ६७७ पुरुष रहेका छन् । यस्तै बितको २४ घण्टामा थप ८५३ जना निको भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ भने निको हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ । यससँगै अब देशभर सक्रिय…
बझाङ: ग्लोबल आइएमई बैंक लिमिटेडको नयाँ शाखा बझाङको जय पृथ्वी नगरपालिका वडा नं. १० मा सञ्चालनमा आएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६२ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
काठमाडौँ: सरकारले कोरोना सम्बन्धी भ्याक्सिन समयमै आपूर्ति गर्न सचिवस्तरको समिति गठन गरेको छ। अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सचिव रहेको तीन सदस्यीय समिति गठन भएको हो। यो समितिले कोरोनाविरूद्ध खोपबारे अध्ययन गरी नेपाल ल्याउने प्रक्रियाबारे पनि तयारी गर्नेछ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए। ‘यो समितिलाई कोरोनाको भ्याक्सिन कहाँ बनेको छ खोज्ने र छिटो माध्यमबाट कसरी नेपाल ल्याउन सकिन्छ भन्ने प्रक्रियासमेत मिलाउने गरी जिम्मेवारी दिइएको छ,’ ती मन्त्रीले भने। खोप समयमै ल्याउन स्रोत व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने पनि सरकारको भनाइ छ। मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीको चैतसम्मको आधा तलब कोरोना कोषमा जम्मा…
काठमाडौँ: भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुई दिने भ्रमणका लागि नेपाल आउने भएका छन्। भारतीय समाचार पत्र हिन्दुस्तान टाइम्सले स्रोतलाई उद्धृत गर्दै नोभेम्बर २६ गते श्रींगला काठमाडौं आउने उल्लेख गरेको छ। भारतीय सेना अध्यक्ष मनोजमुकुन्द नरवणे नेपाल भ्रमणबाट फर्किएको केही दिनपछि नयाँदिल्लीले राजनीतिक तहको वार्ताका लागि विदेश सचिवलाई नेपाल पठाउने निर्णय गरेको हो। भ्रमणका क्रममा श्रींगलाले समकक्षी भरतराज पौडेलसँग औपचारिक वार्ता गर्ने छन् भने परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली भेट गर्ने तय भएको समाचारमा उल्लेख छ। उनी विभिन्न विषयमा छलफल गर्न काठमाडौं आउन लागेका छन्। उनको भ्रमणका क्रममा दुई देशको सीमासम्बन्धी संयुक्त समितिको…
काठमाडौँ: मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ४ सयले घटेको छ। सोमबार सुन ९८ हजार २ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अघिल्लो दिनको भन्दा तोलामा ७० रुपैयाँले कम हो। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
