Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकारले कोरोना संक्रमणको जोखिम बढेसँगै होटल तथा रेष्टुराँ सञ्चालनका लागि नयाँ नियम लागू गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अब होटल तथा रेष्टुराँ बिहान ८ बजेदेखि राति ८ बजेसम्म मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले उक्त समयपछि होम डेलिभरी सेवा मात्रै उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिए । त्यसका साथै सरकारले राष्ट्रिय राजमार्गमा भएका होटल तथा रेष्टुराँले भिडभाड नहुने व्यवस्था मिलाइ आलोपालो गरी सेवा दिनुपर्ने निर्णय गरेको छ ।

Read More

काठमाडौँ: सरकारले सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राख्न नपाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सार्वजनिक यातायातमा क्षमताभन्दा बढी राख्न नपाउने र यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने निर्णय पनि गरेको छ। यदि मास्क नलगाए १० रूपैयाँ जरीवाना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन्। त्यसैगरी गाडीलाई नियमित सेनिटाइज गर्नुपर्ने, मास्क नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाई यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने निर्णय गरेको गुरूङले जानकारी दिए।

Read More

काठमाडौँ: किलर माउन्टेनको रूपमा परिचित विश्वको दशौं अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा वैशाख ३ गते पत्रकार पूर्णिमा श्रेष्ठलगायत ६ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको पथप्रदर्शक पेम्बा शेर्पाले बेनीमा आयोजित स्वागत कार्यक्रममा जानकारी दिए। पत्रकार श्रेष्ठसहित दावा याङजुम शेर्पा, पासाङल्हामु शेर्पा, माया शेर्पा, शर्मिला सेङताङ र डावुटी शेर्पासहित छ महिलाले एकैदिन सफल आरोहण गरेका थिए। यसअघि अन्नपूर्ण हिमालमा नेपाली महिला आरोहीले सफल आरोहण गर्न सकेका थिएनन्। अन्नपूर्ण बेसक्यामबाट छ दिनको यात्रासँगै अगस्त…

Read More

काठमाडौं । कोभिड संक्रमण बढेसँगै उपत्यका ट्राफिक महाशाखाले मापसे चेकजाँचको नीतिमा परिवर्तन गरेको छ । सामान्यतया सवारी चालकलाई चेकिङस्थलमा रोकेर ब्रेथलाइजरमा मुखमा हाली ‘हा-हा’गराउने क्रम कोभिडका कारण स्थगित गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । उनका अनुसार अब शंका लागेका सवारी चालकलाई नियन्त्रणमा लिई भौतिक दुरी सहित मापसे गरे, नगरेको पहिचान गरिने छ । खासगरी मोटरसाइकल चालकहरु मापसे गरेको अवस्थामा भाग्ने गर्दछन् । त्यस्तो अवस्थामा ट्राफिकले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गर्ने एसएसपी भट्टराईले बताए । सरकारले जारी गरेको कोभिड सम्बन्धी स्वास्थ्य मापदण्ड अनुसार ट्राफिक प्रहरीले आफ्नो काम गर्ने उनले बताए ।

Read More

काठमाडौं । विदेशबाट नेपाल आउँदा अनिवार्य १० दिने होम क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । विदेशबाट आएकाहरूले पीसीआर परीक्षण गराई नतिजा नआएसम्म बाहिर हिँडडुल समेत नगर्न निर्देशन दिइएको छ । ‘विदेशबाट नेपाल आउँदा र निकट सम्पर्कमा कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भएता पनि कम्तीमा १० दिन होम क्वारेन्टिन अनिवार्य बस्नुपर्नेछ’ मन्त्री गुरूङले भने, ‘पीसीआर परीक्षणका लागि स्वाब दिएपछि नतिजा नआएसम्म बाहिर हिँडडुल नगर्ने।’

Read More

काठमाडौँ: सरकारले मंगलबारदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउने भएको छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए । उनका अनुसार उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही वैशाख ७ देखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउने छन् । पहिलो खोप अभियानअन्तर्गत विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिइएको थियो । विभागले गत माघ १४ देखि १६ तथा माघ २७ देखि २९…

Read More

काठमाडौं: नेपालमा पूर्वाधार , उत्पादनशिल लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको पूँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फण्डको स्थापना भएको छ । अर्थ मन्त्रालय र गैरआवासीय नेपाली संघद्वारा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार एनआरएन नेपाल डेभलमेन्ट फण्डमा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ शेयर लगानी हुनेछ । २०७५ सालमा सम्पन्न लगानी सम्मेलनमा नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच भएको समझदारी बमोजिम गैरआवासीय नेपाली संघले स्थापना गर्ने उक्त कम्पनीमा नेपाल सरकारको पाँच प्रतिशत लगानी हुने भएको हो । पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल सबै हिसाबले लगानीमैत्री भएको भन्दै लगानीदूतको भूमिका…

Read More

काठमाडौँ: कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो। श्रेष्ठले आफूसहित परिवारका सदस्यहरूमा संक्रमण देखिएको फेसबुकमार्फत् जानकारी गराएका छन्। ‘मलगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ,’ उनले भनेका छन्। साथै उनले कोरोना लागेपछि सास्ती हुने उल्लेख गरेका छन्।

Read More

काठमाडौँ: जनता समाज पार्टी (जसपा) ले आज सोमबार लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका सो पार्टीका चार सांसदलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको छ। जसपाको लुम्बिनी प्रदेश कमिटीले उनीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको हो। ‘मन्त्री बनेका चार सांसद पार्टीको निर्देशनविपरित सरकारमा गएको हुँदा प्रदेश कमिटीले उहाँहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको छ,’ लुम्बिनी प्रदेशमा जसपाका संसदीय दलका नेता सहसराम यादवले नेपालखबरसँग भने, ‘फिर्ता नआएमा पार्टीले कारबाही अगाडि बढाउँछ।’ सोमबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाले संयुक्तरुपमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको केहि घण्टाभित्रै उनीहरु पोखरेलकै नेतृत्वमा मन्त्री बनेका हुन्। जसपाका सांसदहरु विजय यादव, सन्तोष पाण्डे, कल्पना…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले कोरोनाको दोस्रो लहरको बढ्दो जोखिमलाई न्यूनीकरण गर्दै पूर्ण स्वास्थ्य सतर्कता सहित सेवा प्रदान गर्न बैंक वित्तीय संस्थालाइ निर्देशन दिएको छ। केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गर्दै विगतमा कोरोना जोखिम न्यूनीकरणका उपायहरु अबलम्बनका लागि गरिएका व्यवस्थाहरुको पुर्ण पालना गर्दै सेवालाई निरन्तरता दिन भनेको हो । कोभिड १९ को संक्रमण दोस्रो लहर नेपालमा समेत तीब्र रुपमा फैलँदै गएपछि संक्रमणको जोखिमलाई न्यूनीकरण गर्दै आवश्यक स्वास्थ्य सतर्कतासहित बैंक तथा वित्तीय संस्थाको व्यावसायिक निरन्तरताको समेत सुनिश्चितता गर्न भनेको हो । राष्ट्र बैंकका अनुसार नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रबाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ती…

Read More